तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १३ मङ्सिर । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा १०३ औँ अक्टोबर समाजवादी क्रान्तिको अवसरमा शनिबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले कम्युनिस्ट दावी गरेका एमाले र माओवादीले पुँजीवादी निर्वाचनमा पैसा र सामान बाँडेर, भोजभतेर खुवाएर बहुमत ल्याई सरकारमा गएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यी दुवै पार्टीको सरकार नेका र पञ्चायतको जस्तै छ । यसकारण यी दुवै पार्टी नेपालको कम्युनिस्ट आन्दोलनमा हरियो घाँसभित्र लुकेको सर्प वा रातो झन्डा खसाल्न रातो झन्डा उचाल्ने कम्युनिस्टविरोधी हुन् ।”
लेनिनको नेतृत्वमा भएको अक्टोबर समाजवादी क्रान्तिले उत्पादनका मुख्य–मुख्य साधन र सेवा सामाजिकीकरण गरी शोषकको अन्त्य गरेको उहाँले बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “एमाले–माओवादीहरू आठ लाख पार्टी सदस्य भएको दावी गर्छन् तर यिनका नेता र सदस्यहरू रूसको मेन्सेविक पार्टीको बाटोमा छन् । अक्टोबर समाजवादी क्रान्तिले पुँजीवादको पतन र समाजवादको अपरिहार्यतालाई पुष्टि ग¥यो । मजदुर वर्गले माक्र्सवादी दर्शनअनुरूप राजनीतिक चेतना प्राप्त गरेपछि क्रान्तिलाई बल पुग्नेछ ।”
“भक्तपुरको परम्परागत सीपमा आधारित हस्तकलाका उद्योग सुरू गर्न किसानहरूको जग्गा सस्तोमा अधिग्रहण गरी भक्तपुर साना उद्योग स्थापना गरिएको हो । अहिले यहाँ ध्वनि, धुवाँ, रसायन प्रदूषण फैलाउने टेक्सटाइल, डाइङ, रङरोगन, प्लास्टिक उद्योगहरू स्थापना गराई ‘गाईमारी बाघ पोस्ने’ काम भइरहेको छ । आ.व. २०७३÷७४ को बजेटमा काठमाडौँ उपत्यकाका औद्योगिक क्षेत्रहरू उपत्यका बाहिर स्थानान्तरण गर्ने प्रतिबद्धता पूरा नगरेको हुँदा तीनवटै जिल्लाका पीडित जनता आन्दोलनमा छन्”, उहाँले भन्नुभयो ।
सचिव सुवालले सार्वजनिक जग्गा, पोखरीलगायत सम्पदा म्हास्ने काम भइरहेको चर्चा गर्दै यी काममा सरकारका मुख्य मुख्य अधिकारी नै संलग्न भएको समाचार प्रकाशित भइरहेको छ भन्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश सदस्य सृजना सैँजूले पुँजीवादको उत्थान, विकास र पतनको नियम नै माक्र्सवाद भएको बताउनुभयो ।
माक्र्स र एँगेल्सले लेख्नुभएको कम्युनिस्ट घोषणापत्रकै शिक्षा लिई लेनिनको नेतृत्वमा अक्टोबर समाजवादी क्रान्ति सफल भएको चर्चा गर्दै उहाँले क्रान्ति पछाडि रूसमा समाजवादी व्यवस्था स्थापना भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘उत्पादनका साधन र स्रोत सामाजिकीकरण हुने, शिक्षा र स्वास्थ्य निःशुल्क हुने, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त हुने, जमिन जोत्नेको हुने, ज्येष्ठ नागरिकहरूको लागि आदर निकेतनको व्यवस्था हुने व्यवस्था नै समाजवादी अर्थ व्यवस्था हो ।”
उहाँले पुँजीवादको पतन र समाजवादको स्थापना अपरिहार्य भएको बताउनुभयो ।
नेपालमा समाजवादी व्यवस्था स्थापना गर्न नेमकिपाले कामदार वर्गलाई राजनीतिकरूपले सचेत र सङ्गठित गर्ने काम गरिरहेको छ भन्नुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूले अक्टोबर क्रान्तिको महत्वबारे प्रकाश पार्दै उक्त क्रान्तिले विश्वमा शोषित–पीडित जनतामा मुक्तिको नयाँ लहर फैलिएको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष गोविन्द दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा हरिराम सुवाल, नारायणभक्त न्हेमाफुकी र गङ्गाराम ज्याख्वले पनि बोल्नुभएको थियो ।
Leave a Reply