नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
धरान
महानगर घोषणा गर्ने र गराउनेमा शासक दलका नेताहरूको होड चल्नुको कारण सरकारबाट पाउने अरब रुपैयाँको अनुदान हो । १४–१५ किलोमिटरका चारैतिरको गाउँहरू समेत मिलाएर नगर र महानगरपालिका घोषणा गराउनु वा निश्चित जनसंख्या पु¥याउनु गा¥हो काम भएन । तर नगर र गाउँका नागरिकहरूलाई नागरिक भावनाबाट सचेत पार्नु सबभन्दा महत्वपूर्ण विषय हो । महानगर र नगरपालिकाका मेयर र उपमेयरहरूले नगरलाई सिंगार्ने नाउँमा विदेशी वस्तुहरू जडान गरेर करोडौं रकम नियम पु¥याएर खर्च गर्नु र ठूल्ठूला रकम लगाई ठूल्ठूलै निर्माण कार्यको योजना बनाई ठेक्का दिनु र भएको रकमलाई हुने र नहुने ख्याल नराखी आफ्नो खल्तीबाट दिनुपर्ने होइन भनी हजारौं–हजार रकम भत्तामा खर्च गर्ने योजना आदि सबै ‘फुपूको श्राद्ध’ र अति समानतावादको बीऊ आफ्नै खुट्टामा बञ्चरो हान्नुजतिकै हुनेछ ।
आकार र जनसंख्या जसरी आफै महानगरपालिका हुने गर्दैन, त्यस्तै अपराध धेरै हुनु, व्यापार–व्यवसायको ठूल्ठूलो भ्रष्टाचार हुनु, दंगा–फसाद, हत्या–हिंसा हुनाले त्योे ठाउँ महानगर हुने गर्दैन । एक समय नमिता–सुमिता काण्डको हाराहारीमा जसरी पोखरा ‘सुन्दर’ सहर रहेन, त्यस्तै भरतपुर र धरान पछि ‘राम्रो’ र ‘शान्त’ सहरमा गनिएको थिएन । मधेस आन्दोलनपछि तराईका कति नगर हत्या, हिंसा र अपहरणले गर्दा ती नगरहरू जनताको आँखामा राम्रो मानिएन । आज वीरगञ्ज नगरका संवेदनशील जनताले पछुतो मान्दैछन् ।
‘धूलो, धुँवा, भत्किएका साँघुरो सडक, अस्तव्यस्त सडक, ट्राफिक जाम, अपर्याप्त खानेपानी, अव्यवस्थित ढल, मास ट्रान्स्पोर्टसन, फोहर–दुर्गन्ध’ भएसम्म त्यो महानगरपालिका मेयर र उपमेयरले नगर र देशका जनताको मनैदेखि आदर र गौरवप्राप्त गर्न सक्नेछैनन् । नागरिकहरूलाई सुसूचित गर्ने र सहभागिता वा आवश्यक ध्यान पु¥याउनु जरुरी छ ।
‘मेट्रो रेल, मोनो रेल, फ्लाइओभर, चिल्ला चौडा सडक, मास ट्रान्स्र्पोटेसन, मेगा सिटी, स्मार्ट सिटी, हराभरा सहर, निःशुल्क वाइफाई, खानेपानी, ढलको उचित व्यवस्थापन, रोजगारीको सिर्जनालगायत’ का कुरा घोषणापत्रमा उल्लेख गर्दा नेपालमा घुमिरहेका विदेशी ठगहरूको पञ्जामा हाम्रा मेयर र उपमेयरहरू त पर्ने होइनन् ? सिंहदरवार, बालुवाटार र शीलत निवास त ‘फोहरबाट मोहर बनाउने’ ‘अनेक धरहरा’ र ‘स्मारक’ बनाउने विदेशी पूँजीका दलालहरू अब महानगर र उपमहानगरमा पुग्न बेर छैन । यसकारण प्रयोग हुने शब्दहरू नेपाली भाषामा सुन्न पाए जनता छलफलमा उत्रनेछन् ।
‘फ्लाइ ओभर, टनेल, आकाशे पुल निर्माण, मेट्रो ट्रेन र मेट्रो बस सञ्चालन’ आदि आदि तत्काल बनाउने योजना र भरतपुर, पोखरा र विराटनगरमा राजधानी सार्ने योजना र गफसफ त रमाइलै होला, कतिले ती योजना विदेशी दाताहरूको अगाडि सार्ने होला, तर हाम्रा नगरहरू हामीले नै बनाउने भावना र सपना बिस्र्यौं भने हामी नवउपनिवेशवादमा फस्नेछौं । आधुनिक प्रविधि मित्र देशहरूसँग लिनुपर्छ तर सित्तैमा लिने अनि ‘अरुको सम्पत्तिमा मोज गर्ने टोले गुण्डाहरू’ को प्रवृत्ति देशले बोक्नु भविष्यको निम्ति सुखद् हुनेछैन ।
सडकमा हाम्रा मोटर र मोटरसाइकल बिसाउँदा अरुको बाटो छेक्नुहुन्न, हाम्रा संघ–संस्था, विद्यालय, व्यापार र वनभोजमा ठूल्ठूलो स्वरले गीत बजाउँदा वा रमाइलो गर्दा छर–छिमेकी र बटुवाहरूलाई अप्ठेरो नपरोस् भन्नेबारे मेयर, उपमेयर, र निर्वाचित सदस्यहरूको ध्यान जानैपर्छ । हरेक नगरले बाहिरबाट आउने अपराधीहरूबाट अपराध घटाउने घटनामा महानगर, उपमहानगर र नगरपालिकाहरू सचेत हुनैपर्छ ।
–श्रमिक साप्ताहिक
Leave a Reply