भर्खरै :

भक्तपुरका किर्तिमानी खेलाडी राजेशले विश्वकपमा पाए रजत

भक्तपुर, २५ मङ्सिर । भक्तपुर पाण्डुबजारका राजेश सुवालले ‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप २०२०’ मा रजत पदक हासिल गरेका छन् ।
विगत १५ वर्षदेखि शारीरिक सुगठनमा सक्रिय सुवालले वल्र्ड पावर लिफ्टिङ फेडेरेसन (लण्डन) तथा एमेच्योर पावर लिफ्टिङ फेडेरेसन इन्डियाको आयोजनामा भएको स्पर्धामा रजत पदक हासिल गरेका हुन् ।
डिसेम्बर ५ देखि ८ सम्म भएको २१ औँ संस्करणको प्रतियोगितामा सिनियरतर्फ १०० केजीमा सुवालले रजत पदक हासिल गरेको आयोजकले जनाएको छ । सुवालले कुल ५ सय ४५ केजी तौल उठाएका थिए ।
प्रतियोगितामा सहभागी सिनियरतर्फ हसन गुरुङ, जुनियरतर्फ आशिष आले मगर, श्रुति कार्कीले गोल्ड मेडल तथा सिनियरतर्फका राजेश सुवालले रजत पदक जितेको एसियन पावर लिफ्टिङ फेडेरेसनका उपाध्यक्ष तथा नेपाली टीमका प्रशिक्षक जीवन गिरीले बताउनुभयो ।
स्पर्धामा तीन खेलाडीले स्वर्ण पदक र एकले रजत गरी कुल चार उपाधि नेपालले हासिल गरेको प्रशिक्षक गिरीले जानकारी दिनुभयो । उहाँले स्वर्ण पदक विजेता गुरुङले ८२.५ केजी, आलेमगरले १ सय १० केजी र श्रुती कार्कीले ५६ केजी तौल उठाएर जीत हासिल गरेको बताउनुभयो ।
प्रतियोगितामा दक्षिण एसियालगायत विभिन्न देशका खेलाडीहरूले सहभागिता जनाएका थिए । प्रतियोगितामा ५ जना खेलाडीसहित २ जना अफिसियल, एसियन पावर लिफ्टिङ फेडेरेसनका प्रशिक्षक जीवन गिरी तथा नेपाल पावर लिफ्टिङ फेडेरेसनका सल्लाहकार केदार स्थापित सहभागी हुनुभएको थियो ।
सुवालले गत वर्ष भक्तपुरमा आयोजना भएको वेन्च प्रेस प्रतियोगितामा १६५ केजी तौल उठाई नेपालको ऐतिहासिक किर्तिमान बनाउनुभएको थियो । सुवालले पोखरामा पावर जिम एन्ड फिटनेस सञ्चालन गर्दै आउनुभएको छ । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *