नेपाली चिया उद्योगहरू बन्द हुँदा पनि रास्वपा सरकार किन मौन ?
- असार १, २०८३
सत्तारुढ दलका नेता, मन्त्री र सांसदहरूले देशमा धेरै विकास भएको ध्वाङ फुके । बाटोघाटोको विस्तार र झोलुङ्गे पुल बनेको आधार मानेर सरकारले विकास उचाइमा पुगेको बतायो । रेल गुडाउने, पानीजहाज ल्याउने, सडक पिच गर्ने बखान गरेर सरकारले गर्वको कुरा गर्ने होइन । सडक पिच गर्दा या अन्य कुनै योजना ल्याइँदा आधाभन्दा बढी रकम बीचमै चुहिन्छ या कमिसनमै खर्च हुन्छ । सत्तारूढ दलका नेता, मन्त्री र सांसदहरू विकासकै भजन गाएर कमिसन खान पल्किरहेका छन्, कमिसनमा डुबेका छन् । बाटो बनाउने काम कुन सरकारले गरेको छैन ? बाटो बनाउनु राम्रो हो । बाटो बनाएकै आधारमा सरकारले सबथोक गरिरहेको छ भन्नु अन्य कमजोरी छोप्नु हो ।
विकासमा भइरहेको चुहावट या अनियमितता रोक्नेतर्फ सरकारले वास्ता गरेको छैन । बाटो बनाएको देखाएर त्यही बाटो निर्माणमै सत्तारूढ दलका सांसदहरूले के कति कुम्ल्याइरहेका छन् भन्नेतर्फ सरकारको ध्यान गएकै छैन । सत्तारूढ दलका कति नेता, मन्त्री र सांसदहरूले अर्को निर्वाचनमा पैसाको खोलो बगाएर जनता हातमा लिने र पदको दुरूपयोग गरी अकुत सम्पत्ति कुम्ल्याइरहेका छन् । बाटो निर्माणमा मात्र होइन हरेक योजनामा सत्तारूढ दलका सांसद र कार्यकर्ताहरू कमिसनमा फसिरहेका छन् । के विकास कार्य नेता, सांसद तथा कार्यकर्ताले कमिसन खान गरिने हो ? विकास कार्य निःस्वार्थपूर्वक र इमानदारीपूर्वक गरिनुपर्छ ।
प्रम ओलीले आफ्नो पालामा भ्रष्टाचार घटेको बताएर आफ्नै दलका नेता, मन्त्रीहरूले गरिरहेको भ्रष्टाचार ढाक्ने प्रयास गरे । पहिले नभएका, नघटेका भ्रष्टाचारसम्बन्धी काण्डहरू यो पटक सार्वजनिक भएका छन् । विभिन्न सञ्चारमाध्यम र नागरिकले सोको जानकारी नदिएका भए सत्तासीन दलका नेता र मन्त्रीहरूले करोडौँ, अरबौँको रकम पचाउँथे । तीन–चार पुस्तासम्मको लागि पैसा कमाउँथे । बाहिर नआएका या सार्वजनिक नभएका यस्ता कमिसन, अनियमितता र अवैध घटनाहरूको बयान गरेर साध्य नै छैन ।
देशमा भ्रष्टाचार व्याप्त छ । कालाबजारी र कमिसन जताततै भइरहेको छ । हत्या–हिंसाको श्रृङ्खला रोकिएको छैन । बेपत्ता पार्ने, अपहरण गर्ने, सोझासीधा नेपाली पुत्रीहरू बेश्यालय पु¥याइने काम रोकिएको छैन । सरकारी कार्यालयमा घुस खाने काम छोडेको छैन । घुसबिना एक सिन्को भाचिँदैन । यतातर्फ सरकारको ध्यान खोइ ? नेकपाभित्रको विवादको एउटा कारण भ्रष्टाचार नै हो, सरकारले व्यापारीहरूको पक्षपोषण ग¥यो भन्ने नै हो । मालपोत र भूमिसुधार कार्यालयका माथिल्ला तहका कर्मचारीहरूले घुस खाएर ठूलठूला भवन ठड्याएका छन् । आफ्नो तलबले ती कर्मचारीहरूले भवनमात्र होइन ठाउँ–ठाउँमा जग्गा किनेका छन् । प्रमले भ्रष्टाचार गर्न दिन्न भने पनि खुलमखुला भ्रष्टाचार गरिरहेका छन् ।
Leave a Reply