नेपाली चिया उद्योगहरू बन्द हुँदा पनि रास्वपा सरकार किन मौन ?
- असार १, २०८३
प्रमुख प्रतिपक्ष दल नेका गतिलो भएन भन्ने प्रश्न अहिले उठेको होइन । भ्रष्टाचार, अनियमितता र भागबन्डा पुँजीवादी व्यवस्थाको चरित्र भएको हुँदा सरकारले गल्ती गरिरहे पनि नेकाले ध्यानाकर्षण नगरेको भन्ने राजनीतिक विश्लेषकहरूको भनाइ गलत होइन । नेकपाको सरकारले जस्तो गल्ती गरे पनि तमासे भएर बसेको कारण नेकाको व्यापक विरोध भयो । उक्त विरोध सेलाउन नेकाले सोमबार देशभर विरोध प्रदर्शन गर्ने कार्यक्रम राख्यो । खासमा नेकाले प्रतिपक्षको धर्म निर्वाह गरेको देखिँदैन । यो नेकाको कमजोरी हो ।
नेका पुँजीवादी पार्टी हो । यसले पुँजीपति वर्गको प्रतिनिधित्व गर्छ, गरिरहेको छ । नेका अहिले पनि भागबन्डामा लागेको छ । नेकपाको सरकार पुँजीपति वर्गकै चरित्रअनुसार अघि बढेको हुँदा नेका सरकारको विरोध गर्न आवश्यक ठान्दैन । अमेरिकी आर्थिक सहयोग पाउने नाउँमा एमसीसी सम्झौता गर्न सुरुमा नेका नै अघि सरेको हो । यो एमसीसी सम्झौता पारित गर्न नेकाले वर्तमान सरकारलाई दबाब दिइरहेको छ ।
गण्डक, कोशी, टनकपुर सम्झौता नेकाकै कारण भएको थियो । अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत नेपाल–भारत सीमामा बाँध तथा तटबन्ध बनाउने काम नेकाकै पालामा बढी भएको थियो । पुस्तौँदेखि जोत्दै आएको जग्गामा किसानको मोही हक कायम नगरी द्वैधस्वामित्व अन्त्य गरेर किसानहरूलाई दुःख दिने काम नेकाले नै गरेको थियो । यसको समर्थन पूर्व एमालेले गरेको थियो । कमैयाप्रथा कमैयाहरूलाई जग्गाको स्वामित्वबाट हटाउने षड्यन्त्र थियो । त्यो पनि नेकाले नै ग¥यो र एमालेले समर्थन ग¥यो । राष्ट्रिय दलको नापो तीन प्रतिशत मत प्राप्त गर्ने आधार बनाइयो । यस काममा पनि नेका र एमालेको एकमत रह्यो । यसले नेका र एमालेको नाउँ फरक भए पनि, पार्टी विधानमा उद्देश्य फरक फरक भए पनि व्यवहार एउटैजस्तो देखियो ।
वर्तमान सरकारको विरोध नेकाले लोकपत्यारको लागि मात्र गरिरहेको छ । नेकाले प्रमुख प्रतिपक्ष दलको भूमिका निर्वाह गरेन भन्ने जनताको दबाबले मात्र फाटफुट विरोध गरेको देखिन्छ । नेमकिपाले विगतमा पूर्वएमालेलाई भाइ–काङ्ग्रेस त्यसै भनेको होइन । एमालेको कार्य मूल्याङ्कन गरेर, एमालेको व्यवहार देखेरै नेमकिपाले भाइ–काङ्ग्रेस भनेको हो । यो घटनाक्रमले पुस्टि गरिसकेको छ । जसरी नेकपाभित्र शक्ति र सत्ताको होडबाजि भइरहेको छ , पदको निम्ति आरोप–प्रत्यारोप लाग्दै छ त्यसरी नै नेकाभित्र पनि देखिएको छ । नेकाका नेता रामचन्द्र पौडेलको असन्तुष्टि पदकै निम्ति हो । रामचन्द्र पौडेल सभापति बन्न चाहन्थे, सभापति नबने पनि उपसभापति बन्न चाहन्थे । त्यही पदको लागि नेकाको अधिवेशनको पूर्व–सन्ध्यामा पदको होडबाजि भइरहेको हो ।
Leave a Reply