भर्खरै :

तिब्बती इतिहास बङ्ग्याइमा भारतीय गुप्तचर प्रमुख !!–१

जवाहरलाल नेहरूकालीन भारतीय गुप्तचर प्रमुख बीएन मल्लिकको सन् १९७१ मा प्रकाशित पुस्तक ‘द चाइनिज बिट्रेयल’ वा ‘चिनियाँ धोका’ लाई १९६२ को चीन–भारत युद्धबारे लेखिएका पुस्तकहरूको लहरमा ‘उक्त विषयमा अन्तिम भनाइ’ बताइएको छ । एक भारतीय उच्च अधिकारीको अनुभवअनुसार यी ‘अन्तिम भनाइ’ भारतीय प्रशासकहरूले ‘सुरु’ मै पढिदिन्छन् । पुँजीवादी होडबाजीबीच कर्मचारीहरूले अघिल्ला पुस्तकहरू पढ्ने फुर्सद निकाल्दैनन् अथवा त्यसो गर्नु ‘बुद्धिमानी’ वा ‘राष्ट्रवादी’ ठहरिन्न । फलस्वरूप युद्धको आधा शताब्दी नाघ्दा पनि भारतीय शासक वा कर्मचारीतन्त्रले सीमा समस्या समाधानमा गम्भीरता देखाएका छैनन् । बरु चीन र तिब्बतसम्बन्धी गुप्तचर मल्लिकको विचार नै भारतीय ‘मूलधार’ मा झाङ्गिएको देखिन्छ । समस्या बल्झाइरहने कुन गुरुमन्त्र छोडेका थिए मल्लिकले ? यस आलेखमा यही प्रश्नको उत्तर खोतल्ने जमर्को गरिएको छ ।

जवाहरलाल नेहरु


१९६२ को चीन–भारत युद्धको बीउ धेरै अघि रोपिएको थियो । म्याकमाहोन रेखा युद्धको पछिल्लो सिलसिलामात्र थियो । त्यसअघि (२० औँ शताब्दीको आरम्भमा) लर्ड कर्जनले पठाएको सैन्य ब्रिगेडले अङ्ग्रेजहरूको लागि तिब्बतको ढोका खोलेको थियो । त्योभन्दा अगाडि अफिम युद्धबीच कमजोर बनेको चीनलाई पश्चिमबाट पेल्ने बेलायती षड्यन्त्रहरू सुरु भएका थिए । खासमा घटनाक्रम १९ औँ शताब्दीबाट प्रारम्भ भयो । १९ औँ शताब्दीमा लर्ड म्याकालेको गुरु योजनाअनुसार भारतमा अङ्ग्रेजी शिक्षाको प्रसार सुरु भयो । मुसलमान शासकहरूले हिन्दू पाठशाला र मुस्लिम मदरसामा दिँदै आएको खर्चपानी अङ्ग्रेजहरूले बन्द गरिदिए । थालनीमा हिन्दू राजारजौटा, जमिनदार वा खानदानीहरूले अङ्ग्रेजी शिक्षा लिए । अङ्ग्रेजी शिक्षाले उनीहरूलाई मुसलमान नवाबहरूभन्दा माथि अङ्ग्रेजहरूको नजिक पु¥याइदियो । बिस्तारै मुसलमानहरू पनि त्यतै अग्रसर भए । १९६२ मा चीन–भारत युद्धको नेतृत्व गर्ने भारतीय शासकहरू म्याकालेका मानसपुत्र थिए । म्याकालेले उबेला आफ्नो योजना बेलायती संसद्मा पेश गरेका थिए । उनको योजना स्पष्ट थियो – ‘करोडौँको जनसङ्ख्या भएको भारतलाई केही हजार अङ्ग्रेजहरूले शासन गर्न सक्दैनन् । त्यसकारण अङ्ग्रेज शासक र भारतीय रैतीबीच बिचौलिया वा मध्यस्थकर्ता जे भनौँ एउटा सुविधाभोगी वर्ग तयार पार्नुपर्छ । यो मध्यम वर्ग भारतीय वर्णको भए पनि यसको सोच वा दृष्टिकोण अङ्ग्रेज हुनुपर्छ ।’ भारतका प्रथम प्रधानमन्त्री नेहरू म्याकालेले कल्पना गरेजस्तै निस्किए । उनी लगाउन त धोतीकुर्ता र गान्धी टोपी लगाउँथे, तर त्यसभित्र चल्ने उनको मस्तिष्क धेरै कुरामा बेलायतीहरूसँग मिल्थ्यो । प्रम नेहरूका घनिष्ट सेवक गुप्तचर विभाग प्रमुख मल्लिकले तिब्बतको भूत, वर्तमान र भविष्यबारे ‘चिनियाँ धोका’ मा जे लेखेका छन् त्यो पढेपछि माथिको विचार पुष्टि हुन्छ ।
मल्लिकले तिब्बत चीनभन्दा पृथक इतिहास र संस्कृति बोकेको ‘स्वाधीन’ मुलुक थियो भनी प्रमाणित गर्न सम्भव सबै उपाय लगाएका छन् ।
तिब्बती इतिहास र संस्कृतिको चर्चामा मल्लिक चटके देखिएका छन् । पुस्तकमा उनको सबैभन्दा ठूलो ‘कमजोरी’ वा ‘जोरी’ ‘चीन हान जातिको देश हो’ भन्ने कथन हो । यसरी सोच्ने हो भने १९४७ पछिका शासकहरूको दृष्टिबाट हेर्दा भारतलाई बाहुन, क्षेत्री र बनियाँहरूको देश भन्नुपर्ने हुन्छ । खासमा भारत र चीन दुवै बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक देश हुन् । आफ्नो सांस्कृतिक श्रेष्ठतामा गर्व गर्ने मल्लिकले चिनियाँ संस्कृतिलाई पनि सम्मान गर्नुपर्ने हो । अरूको कदर गर्न नजान्ने संस्कृति ‘श्रेष्ठ’ हुँदैन । त्यसकारण, मल्लिकको ‘गर्व’ घमन्ड बन्न पुगेको छ । पुस्तकमा मल्लिक यत्रतत्र घमण्डीरूपमा प्रस्तुत भएका छन् जस्तो नेपालको प्रसङ्गमा भारतीय शासकहरू बारम्बार देखिने गर्छन् ।

लर्ड कर्जन


मल्लिक भन्छन् – ‘तिब्बतको संस्कृति चीनसँग भन्दा भारतसँग नजिक छ । तिब्बती संस्कृति बुद्ध धर्मको आध्यात्मिक सन्तान हो, त्यसैले भारतको सन्तान हो ।’ तिब्बतमा स्रङचन गम्पोका सन्ततीको शासनकालमा भारतसँग भएका सांस्कृतिक आदानप्रदानलाई मल्लिकले यसको बलियो जग ठह¥याएका छन् । साथै, चीनसँग तिब्बतको भाषा, लिपि र रहनसहन पटक्कै नमिल्ने उनको जिकिर छ । यसै आधारमा मल्लिकले आफ्नो देशतिर हेर्नुपथ्र्यो । त्यसरी हेर्दा भारतीय संस्कृतिमा बाह्य प्रभावको वर्णन गरी साध्य छैन । भारतको राष्ट्र भाषा हिन्दी विदेशी भाषाहरूबिना विकलांग हुन्छ । सांस्कृतिक ‘पहिचान’ को आधारमा तिब्बतलाई अलग देश मान्ने हो भने भारतलाई कति टुक्रामा टुक्राउनुपर्छ मल्लिकले नै गन्न सक्लान् ¤ वास्तवमा तिब्बती संस्कृतिले धेरै ठाउँबाट धेरै कुरा लिएको छ । तिब्बतमा चीन र नेपालबाट बौद्ध धर्म गएको थियो । तैपनि एउटै तथ्यले तिब्बतको चीनसँगको सम्बन्ध प्रगाढ तुल्याइदिन्छ । तिब्बतका धर्मगुरुहरूको नियुक्तिमा चीनले प्रत्यक्ष भूमिका खेल्थ्यो । कतिसम्म भने, दलाई लामाको नियुक्तिलाई चीनको केन्द्र सरकारले सदर गर्नुपथ्र्यो । १३ औँ दलाई लामाको पद केन्द्र सरकारले पटकपटक खारेज गरेको थियो । हाल भारतको अरूणाञ्चलमा निर्वासित दलाई लामालाई तिब्बती मन्त्रीपरिषद् कसङ्गको अनुरोधमा १९४० मा गणतन्त्र चीनका प्रतिनिधिले १४ औँ दलाई लामाको रूपमा अनुमोदन गरेका थिए । दलाई लामा, पन्चेन लामालगायत तिब्बतका उच्च धर्मगुरुले केन्द्र सरकारलाई औपचारिक रिपोर्टहरू पठाइरहन्थे । बेलाबेला उनीहरूलाई केन्द्र सरकारले अनेक मानपदवी र अधिकारहरू दिने गथ्र्यो ।
मल्लिक लेख्छन् – तिब्बत इतिहासदेखि नै एक स्वाधीन मुलुक थियो । यस्तो देखाउन मल्लिकले चीनलाई जबर्जस्ती ‘हान जातिको देश’ बनाएका छन् । उनले ठाउँठाउँमा ‘हानहरूले यसो गरे, हानहरूले उसो गरे’ लेखेका छन् । स्रङचन गम्पोको पालामा चीनको ताङ वंशसँग तिब्बती शासकहरूको सम्बन्ध जोडिएको थियो । १३ औँ शताब्दीमा मङ्गोल शासक कुब्ला खाँले चीनको एकीकरण गरेका थिए । यसलाई मल्लिकले ‘विदेशीहरू’ ले गरेको एकीकरण भनेका छन् र चीनमा युआन वंशको पतनसँगै तिब्बत चीनबाट ‘स्वाधीन’ भएको अर्थ लगाएका छन् । चीनलाई बहुजातीय देशको रूपमा स्वीकारेको भए उनी यो भ्रामक, विभाजनकारी र कुटिल धुलो छर्न सक्दैनथे । त्यसैले चीनलाई एक जातिको देश भनी उनले जानाजान झूटो बोलेका छन् । चीन मूलतः हान, मन्चु, मङ्गोल, हुइ, तिब्बती आदि जातिले बनेको मुलुक हो । चिनियाँ संस्कृति अङ्गालेर युआन वंश सुरु गरेका मङ्गोलहरूलाई ‘विदेशी’ भन्ने हो भने भारतका मुसलमान शासकहरूलाई पनि विदेशी भन्नुपर्ने हुन्छ । भारतीय शासक वर्गको दक्षिणपन्थी तप्का भारतीय मुसलमानहरूलाई विदेशी मान्छ । यहाँ मल्लिक दक्षिणपन्थी देखिन पुग्छन् । आश्चर्य, भारतमा आएर त्यहीँको संस्कृतिसँग घुलमिल भई बसेका मुसलमानहरूलाई विदेशी देख्ने मल्लिकले भारत लुटेर जाने बेलायतीहरूलाई भने पूर्णतः विश्वास गरेका प्रसङ्ग पुस्तकमा सर्वत्र पाउन सकिन्छ । उदाहरण, तिब्बती इतिहासको विषयमा तिब्बतस्थित तत्कालीन बेलायती प्रतिनिधि रिचर्डसनका विचारलाई मल्लिकले पुस्तकमा वेदवाणीजस्तै शिरोधार्य गरेका छन् र ‘सप्रसङ्ग’ व्याख्या गरेका छन् । (यही व्याख्याका कारण मात्र ‘चिनियाँ धोका’ मोटो पुस्तक बन्न पुगेको हो ¤) १९६२ को युद्धलगत्तै भारतीय शासकको एक तप्काले गुप्तचर विभागले हेर्ने सैन्य गुप्तचरीको काम एक बेलायती सैन्य अफिसरलाई जिम्मा लगाउने सोचेको थियो । त्यसैगरी आफ्नो नेतृत्वमा भारतीय गुप्तचर निकाय आईबीले सटिक गुप्तचरी गरेको पुष्टि गर्न मल्लिकले पूर्वअङ्ग्रेज गभर्नर लर्ड माउन्टबेटनलाई आफूले सरकारलाई बुझाएका रिपोर्टहरू देखाउँछन् । माउन्टबेटनले उनको पक्षमा ‘बोलिदिन्छन्’ ।
बेलायतीहरू भारतमा आउनुभन्दा अगाडिदेखि नै तिब्बत चिनियाँ परिवारको सदस्य ठानिन्थ्यो । मङ्गोल, तिब्बती, हानलगायत चिनियाँ जातिहरू परम्परागत र धार्मिकरूपमा नङमासु थिए । विदेशी आक्रमणहरू हुँदा चिनियाँ सेना तिब्बतको सुरक्षार्थ तिब्बत आउने गथ्र्यो । १७७१ मा तिब्बतको रक्षार्थ आएको चिनियाँ सेनामा मन्चु, हान, मङ्गोल, हुइ, दाउर, इवेन्की र ओरोकेन जातिका सैनिकहरू थिए । तिब्बती भारदारहरूबीचको मतभेदको फाइदा उठाएर गोर्खाली सेनाले तिब्बतमा लुटपाट मच्चाएको थियो । चिनियाँ सेना काठमाडाँै नजिक पुगेपछि नेपालले पराजय स्वीका¥यो । अफिम युद्धभन्दा अगाडि भारदारी षड्यन्त्रहरूले तिब्बत अशान्त भइरह्यो । त्यसबीच अङ्ग्रेज उक्साईमा नेपालले तिब्बतमाथि आक्रमण ग¥यो र एक असमान सन्धि थोप¥यो । अफिम युद्धपछि चीन कमजोर बन्यो र तिब्बत बेलायती र रुसी साम्राज्यको रणमैदान बन्यो ।

लर्ड म्याकाले


अङ्ग्रेजहरूसँग तिब्बतले सिधा व्यापारिक सम्बन्ध राख्न बारम्बार आनाकानी गरिरहेको थियो । यसबीच बेलायतशासित भारतले नेपालमाथि आक्रमण ग¥यो । उसले नेपाल–सिक्किम विवाद मिलाउने निहुँमा सिक्किमको एक खण्ड भूभाग हडप्यो । उसले सिक्किमसँग दार्जिलिङ लिजमा लियो र कालिङपोङमा खुट्टा जमायो । अफिम युद्धपछि चीन, बेलायत, रुस, फ्रान्सजस्ता अनेक उपनिवेशवादी देशहरूका असमान सन्धिसम्झौताले जेलियो । ती देशले यात्री र मिसनरीहरूको भेषमा तिब्बतमा गुप्तचरहरू पठाउन थाले । भारतीय तीर्थालु र व्यापारीको भेषमा पठाइने बेलायती गुप्तचरहरूले तिब्बती भूगोल र संस्कृतिको अध्ययन गर्न थाले । मङ्गोल र तिब्बतीहरूबीचको धार्मिक सम्बन्धको उपयोग गर्दै रुस पनि यस होडबाजीमा लाग्यो । बेलायतीहरूलाई निगरानी गर्न तिब्बतले रिनाजोङ नामक स्थानमा सीमा चौकीहरू बनायो । बेलायतले चीनको केन्द्र सरकारलाई ती चौकी हटाउन दबाब दियो । उसले रिनाजोङ सिक्किमको सीमाभन्दा धेरै उत्तरमा पर्ने दुष्प्रचार ग¥यो । (आज भारतले लिम्पियाधुराको विषयमा यस्तै नीति लिएको छ ¤) यही निहुँमा १८८८ मा बेलायतले सिक्किमको बाटो हुँदै तिब्बतमाथि हमला ग¥यो । चीनको केन्द्र सरकार त्यसबेला कमजोर थियो । विवाद मिलाउन चीनले दोभाषेको रूपमा एक अङ्ग्रेजलाई तिब्बत पठायो । दोभाषेले अङ्ग्रेजहरूलाई भित्री कुरा बताएर तिब्बतमाथि असमान सन्धि थोपर्न सघायो । त्यस सन्धिले बेलायतीहरूलाई तिब्बतमा व्यापारिक फाइदा दियो र रिनाजोङ सिक्किमको बन्न पुग्यो ।
१८९० को चीन–जापान युद्धमा चीनको पराजयपछि बेलायतीहरूले फेरि तिब्बतमाथि हमलाको तयारी गर्न थाले । यही तयारीले आकार लिँदै गर्दा १८९९ मा भारतमा नयाँ अङ्ग्रेज गभर्नर लर्ड कर्जन आए । उनले कर्नेल फ्रान्सिस यङहजबेन्डलाई चिनियाँ अम्बा (गभर्नर) सँग सन्धिवार्ता गर्न १९०३ मा तिब्बत पठाए । कर्नेलको सुरक्षाको नाममा जनरल म्याकडोनल्डको नेतृत्वमा एक ब्रिगेड सेना तिब्बत गयो । बाटोमा उसले १४ सत्न्दा बढी तिब्बतीहरूको हत्या ग¥यो । आधुनिक हतियारले सज्जित अङ्ग्रेज पक्षमा मात्र १५ जना हताहत भए । ग्याङजे पुगेर कर्नेलले तिब्बत फत्ते गर्न सकिने ठान्यो र ल्हासामाथि आक्रमण गर्न बेलायती मन्त्रीपरिषद्को अनुमति माग्यो । उसले म्याकडोनाल्डलाई सैन्य तयारी बढाउन भन्यो । यसबीच तिब्बती प्रतिकार चर्कियो र युद्धले भयानक रूप लियो । अङ्ग्रेज सेनाले बौद्ध विहारका पर्खालहरूमाथि गोलाबारी गरे । प्रथम र द्वितीय दलाई लामा बसेको गुम्बामा उनीहरूले लुटपाट गरे र आत्मसमर्पण गरिसकेका बौद्ध भिक्षुहरूलाई मारकाट गरे । व्यापारिक र शान्ति वार्ताको लागि आएको यङहजबेन्ड आफ्नो सक्कली रूपमा उत्रेको थियो । उसले वार्ताको कुरा पन्छ्याएर ल्हासा कब्जा गर्ने मन बनाइसकेको थियो । भारतीय भाइसरोय लर्ड कर्जनले सुरुमा तिब्बतलाई ‘बफर क्षेत्र’ बनाउने सोचेका थिए । तर पछि उनले तिब्बतलाई बेलायतको उत्तरी कब्जा अभियानको ‘आधार इलाका’ बनाउने मन बनाए । कर्जनको सोचअनुसार तिब्बत कब्जा गरेपछि सिचुआन कब्जा गर्न सकिन्थ्यो र पूर्वी चीनलाई बेलायतको प्रभावमा राख्न सकिन्थ्यो । यस्तो गर्दा तिब्बतको उत्तरमा पर्ने छियाङताङ पठार रुस र बेलायतको भविष्यको सिमाना बन्थ्यो र यसले रुस–फ्रान्स सम्बन्ध कमजोर बनाउँथ्यो । त्यसबेला युरोपमा बेलायतलाई जर्मनीसँग जुध्न फ्रान्स र रुसको सहयोग चाहिएको थियो । त्यसैले बेलायती मन्त्रीपरिषदले कर्जन र यङहजबेन्डको तिब्बत हत्याउने आग्रह सुनेन । तर रुस जापानसँग पराजित भएपछि १९०४ को सेप्टेम्बरसम्ममा पछाडि फर्किने सर्तमा यङहजबेन्डलाई ल्हासा कब्जा गर्ने अनुमति दियो । त्यही महिना नेपाली प्रतिनिधि र चिनियाँ अम्बाको उपस्थितिमा पोताला दरबारमा अङ्ग्रेज–तिब्बत सन्धि भयो । सन्धिको मस्यौदा बेलायती कर्नेलले गरेको थियो । सन्धिअनुसार तिब्बतले युद्धको क्षतिपूर्ति तिर्नुपथ्र्यो र तिब्बतले बेलायती अनुमतिबेगर तिब्बतमा रेल, सडक, बिजुली र खानी आदिका योजना अन्य देशलाई दिन वा जग्गा बेच्न मिल्दैनथ्यो । चिनियाँ अम्बाले तिब्बती अधिकारीलाई सन्धिमा हस्ताक्षर गर्न दबाब दिए ।

यङहजबेन्डको आक्रमणका कारण मंगोलिया भागेका १३ औँ दलाई लामालाई चीन सरकारले बर्खास्त ग¥यो र तिब्बतमा झाङ यिनताङ नामका व्यक्ति उपअम्बा बने । उनले तिब्बतमा सामाजिक, आर्थिक र प्रशासनिक सुधार गरे । मञ्चु शासनभरि उनी एकमात्र हान जातिका अम्बा थिए । उनले साधारण तिब्बतीहरूलाई बेलायती जालसाजीबारे जानकारी गराउन नयाँ सुधारहरूको कति महत्व छ भनी सम्झाए । १३ औँ दलाई लामाले रुसले बेलायतविरुद्ध लड्न सघाउने ठानेका थिए । तर, रुस जापानसँग हारेको धेरै भएको थिएन । तिब्बतमा सुधारहरू भएको र मुखियातन्त्रलाई प्रशासनमा फेरेको देखेर उनी चिन्तित बने । उनी चिनियाँ राजदरबार गए र पुनःबहालीको लागि बिन्ती बिसाए । उनले दलाई लामाको पद त पाए तर सम्राटसामु रिपोर्ट गर्ने अधिकार अम्बामार्फत प्रयोग गर्नुपर्दा उनी बेखुस भए ।

पुनः गुप्तचर मल्लिकतिर फर्कौँ । उनी घोषणा गर्छन् – १९१२–५० को अवधिमा तिब्बतले आफ्नो ‘पूर्ण स्वाधीनता’ को ‘अभ्यास’ गरेको थियो । मल्लिकले तिब्बती ‘स्वाधीनता’ को जग भन्दै १९०४ को असमान अङ्ग्रेज–तिब्बत सन्धितिर औँल्याएका छन् । र, यसमा चीनको पनि समर्थन थियो भन्ने उनको तर्क छ । चीन आन्तरिक किचलो र विदेशी थिचोमिचोले हैरान थियो । त्यसैले अफिम युद्धपछि ऊ तिब्बतको सुरक्षाका निम्ति आउन सकेन । बेलायतीहरूले यसको फाइदा उठाएको ठानेका थिए । तर, सन्धिमा हस्ताक्षर नगरेर चीनले सन्धिमा विमति जनाएको थियो । तिब्बत चीनको अङ्ग थियो । त्यसैले फर्किने बेला कर्नेल यङहजबेन्डले चिनियाँ अम्बालाई सन्धिमा हस्ताक्षर गर्न प्रलोभन देखायो । सन्धि फासफुस भएपछि बेलायतले अर्को सन्धि गर्नुपर्ने ठान्यो । यसपालि सन्धिपत्रमा लर्ड कर्जनले ‘आधिपत्य’ शब्द घुसाए । चीनले तिब्बतमाथि ‘आधिपत्य’ गर्ने कुरा चिनियाँ प्रतिनिधिहरूलाई अमान्य भयो । चीन र तिब्बतका शासकहरूबीचको खटपटको फाइदा उठाएर बेलायतले ९ औँ पन्चेन लामालाई बेलायती राजकुमारसँग भेटाउने बहानामा भारत बोलाएर फकाउन खोज्यो । बेलायतले यङहजबेन्डको आक्रमणताका ल्हासाबाट भागेर मङ्गोलिया पुगेका १३ औँ दलाई लामाको स्थानमा उनलाई नयाँ दलाई लामा बनाउने लोभ देखायो । चीनले पन्चेनलाई राजकुमारसामु घुँडा नटेक्न भन्यो । पन्चेन बेलायतसामु चिप्लेनन् । यसरी १९०६ मा तिब्बतको विषयमा चीन र बेलायतबीच सन्धिवार्ता भयो । सन्धिमा बेलायतले तिब्बत कब्जा नगर्ने र त्यहाँको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने तथा चीनले अरूलाई त्यसो गर्न नदिने लेखिएको थियो । सन्धिको पछिल्तिर १९०४ को सन्धिपत्र खापिएको थियो । यस घटनाबाट मल्लिकले भनेजस्तो १९०४ को सन्धिले तिब्बतको स्वतन्त्रताको जग बसालेको नभई उल्टो तिब्बतमा चीनको सार्वभौमिकता पुष्टि गर्छ । १९०७ को रुस र बेलायतबीच भएको सन्धिले समेत तिब्बतको विषयमा चीन सरकारमार्फत सम्बन्ध राख्नुपर्ने निक्र्योल गरेको थियो । त्यस सन्धिमा भने बेलायतले ‘चिनियाँ आधिपत्य’ भन्ने शब्दावली घुसाउन सफल भयो । यसको अर्थ तिब्बतमा बेलायती गिद्दे दृष्टि जारी थियो ।
यङहजबेन्डको आक्रमणका कारण मंगोलिया भागेका १३ औँ दलाई लामालाई चीन सरकारले बर्खास्त ग¥यो र तिब्बतमा झाङ यिनताङ नामका व्यक्ति उपअम्बा बने । उनले तिब्बतमा सामाजिक, आर्थिक र प्रशासनिक सुधार गरे । मञ्चु शासनभरि उनी एकमात्र हान जातिका अम्बा थिए । उनले साधारण तिब्बतीहरूलाई बेलायती जालसाजीबारे जानकारी गराउन नयाँ सुधारहरूको कति महत्व छ भनी सम्झाए । १३ औँ दलाई लामाले रुसले बेलायतविरुद्ध लड्न सघाउने ठानेका थिए । तर, रुस जापानसँग हारेको धेरै भएको थिएन । तिब्बतमा सुधारहरू भएको र मुखियातन्त्रलाई प्रशासनमा फेरेको देखेर उनी चिन्तित बने । उनी चिनियाँ राजदरबार गए र पुनःबहालीको लागि बिन्ती बिसाए । उनले दलाई लामाको पद त पाए तर सम्राटसामु रिपोर्ट गर्ने अधिकार अम्बामार्फत प्रयोग गर्नुपर्दा उनी बेखुस भए । पेकिङमा सिक्किमी राजकुमार र एक तिब्बती व्यापारीसँगै बेलायती राजदूतले दलाई लामालाई भेटे । त्यसपछि बेलायतप्रतिको लामाको विचार उल्टियो । उनले बेलायतीहरूसँग सम्बन्ध सुधारे र चिनियाँ राजमाताको निधनपछि उनी १९०९ मा तिब्बत पुगे । तिब्बत पुगेर उनले बेलायतपरस्त ३ जना खानदानीहरूलाई उच्च पदमा नियुक्त गरे । चीनमा राजतन्त्र नष्ट हुँदै थियो । यस्तैमा सिचुआनको सेना तिब्बत पस्यो । दलाई लामा पुनः भागे । यसपालि उनी भारतको दार्जिलिङ गए । बेलायतले उनलाई भव्य स्वागत ग¥यो जस्तो १९५९ मा नेहरू सरकारले १४ औँ दलाई लामालाई गरेको थियो । केन्द्र सरकारले १३ औँ लामालाई फेरि दलाई लामाबाट बर्खास्त ग¥यो । उनले दार्जिलिङमा नयाँ कसङ्ग सरकार बनाए । तिब्बतमा हस्तक्षेप नगर्ने १९०६ को सन्धिको सर्त बेलायतले फेरि उल्लङ्घन ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *