विकास निर्माणलाई अघि बढाउँदा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने
- असार ७, २०८३
राजनैतिक पार्टी र नेताहरूबारे चर्चा हुँदा बारम्बार ‘नेता ठूलो हो’ वा ‘पार्टी ठूलो हो’ भन्ने छलफलको विषय बन्दै आएको छ । बेलायत र संयुक्त राज्य अमेरिकाको इतिहासबारे हुने छलफलमा केही प्रधानमन्त्री र राष्ट्रपतिहरूको नाम बारम्बार उच्चारण हुनेबारे धेरैजना अवगत हुनुपर्छ ।
पार्टी नै नभई कसरी नेता हुने होला ? यसकारण, कतिपय पार्टी नै प्रारम्भिक विषय वा बिउ हो भन्ने मत प्रकट गर्छन् । त्यसविपरीत अर्काे पक्षले प्रश्न प्रस्तुत गर्छ – पार्टी बनाउन पहिले प्रस्ताव राख्ने कुनै व्यक्ति त होलान् र त्यो पहिलो बैठकमा २–४ जना सहभागीहरू पनि होलान् ¤ जसलाई ‘संस्थापक’ को रूपमा समाजले चिन्ने गर्छ ।
दोस्रो कुरा हो, जसरी कुनै वैज्ञानिकले कुनै एउटा नयाँ वस्तुको आविष्कार गरेपछि त्यस सिद्धान्त वा वस्तुमा उसको नाम गाँसिएजस्तै बेलायतमा राजनैतिक इतिहासमा महत्वपूर्ण विषयहरूबारे निर्णय गर्दा कुन प्रधानमन्त्री वा कुन पार्टीको सरकारको बेला, कुन नेताको पालामा भएको भनी चर्चा भएको हुन्छ । कुनै ठूलठूला आन्दोलनहरूको सफलता र असफलतामा पनि कुनै नेता वा नेतृत्वको नाम जोडिएकै हुन्छ । लाखौँ आन्दोलनकारीको नाम उल्लेख हुने गर्दैन ।
तेस्रो, सिद्धान्तको बारेमा माक्र्स र एङ्गेल्सकै नामबाट माक्र्सवाद तथा लेनिन एवम् स्तालिनको नामबाट लेनिनवाद प्रचलित छ ।
चौथो, कसैले रुसी अक्टोबर क्रान्तिको नेतृत्व कसले ग¥यो भनी प्रश्न गरेमा स्वाभाविकरूपमा उत्तर आउँछ, लेनिन र स्तालिन भनी । यसकारण, पार्टी डुङ्गा र जहाज हो भने नेतृत्व गर्ने व्यक्ति नाविक हुन्छ ।
हिजो भारतीय स्वतन्त्रता आन्दोलनमा महात्मा गान्धीको नाम आउँथ्यो भने भारतीय राष्ट्रिय काङ्ग्रेसको सरकारको नेतृत्व नेहरूले गरेका थिए । नेताहरूको अभावमा वा गान्धीको कुरा नमान्दा स्वतन्त्रता सँगसँगै भारत एक – एक गरेर तीन टुक्रामा विभाजित भयो । आजसम्म भारतीय गणतन्त्र अमेरिकी साम्राज्यवाद र बेलायती उपनिवदेशवादको चिन्तनबाट मुक्त छैन । भारतीय जनता पार्टीको दक्षिणपन्थी सरकार अमेरिकी साम्राज्यवाद र बेलायती उपनिवेशवादको पिछलग्गू साबित हुँदै छ । ट्रम्पको बेला मोदीको निर्देशक नै ट्रम्प थिए, यो कुरा भारतीय जनतालाई मात्र होइन संसारका सबै सजग जनतालाई थाहा थियो । ट्रम्प कसका शिष्य थिए ? उनकै भाषामा उनको सिरानमा हिटलरकै पुस्तक हुन्थ्यो र हरेक दिन उनी त्यसको पाठ याद गर्थे ।
नेपालको वर्तमान सन्दर्भमा प्रचण्ड, खनाल र माधव नेपाल आदि एमालेको कुनै व्यक्तिलाई नेता मानिएन । संवैधानिक र कानुनीरूपले ओली नै नेता छन् किनभने बहुमत दलकै नेता प्रधानमन्त्री हुन्छन् । यसकारण, ओली नै पार्टी नेता हुन् र प्रधानमन्त्री पनि उनी नै हुन् । प्रश्न उठ्छ– पार्टी अध्यक्ष दुई जना छन्, ओली र प्रचण्ड । संसारको कुनै राजनैतिक बन्दोवस्तमा यस्तो झगडाको बिउ रोपिएको देखिन्न । नेपालमा यो झगडाको बिउ रोप्ने काम भारतले गरेको हो । भारतले बीपी कोइराला र सुवर्ण शमशेरलाई आधा आधा अवधि प्रधानमन्त्री बनाउने समझदारी बनाएर सबभन्दा पहिले पुँजीवादी प्रजातन्त्रको दुर्दशा देखाएको थियो । आज त्यही शक्तिले एमाले र माओवादीलाई निर्वाचनपछि पार्टी एकता गराई ‘नेपालको कम्युनिस्ट आन्दोलन’ मा ‘कुलङ्गारहरूको नाटक’ मञ्चन गरायो । तर, भारतीय पक्षले आफ्नो एउटा पर्चामार्फत चीनले प्रचण्डलाई एकता गर्न दिएको हल्ला गर्दै छ ।
राप्रपा र अन्य दलहरूमा पनि बरोबर पार्टीको एकता र नेतृत्व किचलो देखिन्छ किनभने ती दलहरूसँग न नेता छन् न त पार्टीको कुनै चाँजोपाँजो नै छ ।
प्रमुख प्रतिपक्षी दल नेकाको नेतृत्व सत्तापक्षसँग भागबण्डामै चैनको स्वास फेर्दै थियो भने अहिले बाहिरी शक्ति र भित्री दक्षिणपन्थीहरूको घच्घच्याइको कारण बिउँझेको नक्कल गर्दै छ । त्यहाँ पनि नेता खोइ ? गृहमन्त्री हुँदा होस् वा सभामुख हुँदा असफल भएको व्यक्तिले कसरी पार्टीको नेतृत्व गर्लान् ? हुटिट्याउँको खुट्टैदेखि चाल पाइन्छ भनेजस्तै हो ¤ शेरबहादुर देउवाबारे कुरा गर्दा बारम्बार प्रधानमन्त्री हुँदा पनि नेतृत्वको कौशल देखाउन नसकेको सबैले अनुभव गरेकै हो । यसकारण, जसमा योग्य नेतृत्व हुँदैन त्यो पार्टी हुँदैन, जसको अनुशासित पार्टी हुँदैन त्यसको नेता पनि हुँदैन ।
तेस्रो, सिद्धान्तको बारेमा माक्र्स र एङ्गेल्सकै नामबाट माक्र्सवाद तथा लेनिन एवम् स्तालिनको नामबाट लेनिनवाद प्रचलित छ ।
(yo haraf malai chitta bujhena, lenin marisake pachi satalin ko krurata badheko cha, yeslai stalin ko nam jodhera leninbad bhanna suhaudaina)