नेपाली चिया उद्योगहरू बन्द हुँदा पनि रास्वपा सरकार किन मौन ?
- असार १, २०८३
गत वर्ष एसईई दिन तम्तयार विद्यार्थीले एसईई दिन पाएनन् । दुर्गमका कतिपय विद्यार्थी टाढा परेको परीक्षा केन्द्रमा पुगी परीक्षा दिन निकै दुःख कष्ट गरेर सदरमुकाम झरेका थिए । कतिपय विद्यार्थी महँगो होटल भाडा तिरी बसेका थिए । कतिपय विद्यार्थी आफ्नो गन्तव्यमा पुग्न हिँड्दै थिए । तर, अचानक सबै विद्यार्थी र तिनका अभिभावक बिलखबन्दमा पर्ने गरी सरकारले एउटा निर्णय ग¥यो – एसईई परीक्षा स्थगनको । कारण थियो विश्वभर तिव्रगतिमा फैलँदै गएको महामारी अर्थात कोभिड–१९ । अघिल्लो दिनदेखि परीक्षा थियो तर चैत ११ गतेदेखि देशभर बन्दाबन्दी (लकडाउन) घोषणा भएको थियो । त्यतिबेला वातावरण पनि निकै त्रासमय थियो यद्यपि सङ्क्रमित सङ्ख्या १–२ जनामात्रै थियो । त्यस समय त्यो निर्णय कति व्यावहारिक थियो, छलफलकै विषय हो । त्यसपछि सरकारले आवश्यक तयारी केही नथाल्दा वा नगर्दा देशमा कोभिड–१९ सङ्क्रमण भयावह बन्यो । लाखौँ सङ्क्रमित भए, दुई हजारभन्दा बढीको मृत्यु भइसकेको छ । विस्तारवादी भारतले पनि नेपालमा कोरोना फैलाउने उद्देश्यले भारतमा काम गर्ने मजदुर तथा युवालाई जबरजस्ती देश फिर्ता पठायो वा जान बाध्य पा¥यो । सीमामा कडिकडाउ हुँदा भारतीय सुरक्षाकर्मीहरूले नै नेपालीहरूसँग १२–१६ हजारसम्म लिएर नेपाल पस्ने चोर बाटो देखाइदिएको भुक्तभोगीहरूले बताएकै हुन् ।
एसईई स्थगित भएपछि जेहेनदार र राम्रा विद्यार्थी रूँदै घर फर्केको दृश्य अहिलेझैँ लाग्छ । परीक्षा नै नदिई स्कूलले पठाएको नतिजाको आधारमा आफ्नो लगनशीलताको नापो गरिएको धेरै विद्यार्थीले चित्त बुझाएका थिएनन् भने पढाइलाई महत्व नदिने विद्यार्थीलाई महामारी फलिफापसिद्ध भयो । विद्यार्थीले ११ कक्षाको पठनपाठन स्कूलमा गएर गर्न सकेनन्, अनलाइनबाटै भयो । अनलाइन कक्षा कतिको प्रभावकारी रह्यो, छलफलकै विषय छ । तर, सरकार, शिक्षामन्त्रीले यस्ता विषयमा फिटिक्कै ध्यान दिएनन् ।
भनिन्छ, घर बलियो बनाउन जग बलियो बनाउनुपर्छ, अहिलेका विद्यार्थी भोलिका देशका भविष्य निर्माता पनि हुन् । तर, सरकारमा बस्नेहरूलाई भोलिको देश चाहिएको छैन, आजको देशलाई निचोर्न पाए पुग्छ । अबको २–३ महिनामा अर्को एसईई परीक्षा हुन्छ । तर, सरकारले अहिलेसम्म त्यसबारे कुनै चासो देखाएको छैन । हिजोको एसईई पुस्ता अन्योलमा परेजस्तै अबका विद्यार्थी पनि अन्योलमै छन् । पढाइ राम्रो नभई परीक्षा कसरी दिने भन्ने चिन्ताले विद्यार्थीलाई थप निराशातिर धकेल्दै छ । अबको ३ महिनालाई भए पनि सरकारले योजना बनाउन आवश्यक छ । अन्यथा, विद्यार्थीहरूमा निराशा सँगसँगै आपराधिक भावना पनि बढ्दै जाने सम्भावना छ ।
कक्षा ११ र १२ को परीक्षा सकिएको केही समय भयो । ‘होम सेन्टर’ पारी परीक्षा त लिइयो तर परीक्षाको कापी जाँच गर्ने शिक्षकलाई कतिपय विद्यार्थीका जवाफले हैरान वा अचम्भित बनायो । कक्षा १२ मा पढ्ने एकजना विद्यार्थीले उत्तर पुस्तिकामा प्रश्न नम्बर १,२,३,४,५,६,७ र ८ को जवाफ एकमुष्ठरूपमा यसरी लेखेको पाइयो, “प्रिय शिक्षक, मलाई भ्हबm मा पास गराउनु होला ! यदि मलाई पास गराउनुभएन भने मलाई हजुरको द्यष्पभरक्अययतथ को नम्बर थाहा छ । मेरो साथीले तष्उभभच चलाउँछ । विचार गर्नुहोला ¤ धन्यवाद ¤¤ अब सोचौँ, देशको भविष्य के होला!?
Leave a Reply