के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
तिब्बतमा चिनियाँ जनमुक्ति सेनाको आगमन र त्यहाँ गरिएका प्रजातान्त्रिक सुधारका कार्यहरूलाई गुप्तचर मल्लिकले संशोधनवादी रुसका शब्द सापटी लिएर ‘संसारको जेलखाना’ भनेका छन् । जनमुक्ति सेनाका सुधार गतिविधिलाई उनी हिटलरका क्रुरताभन्दा पनि नृशंसरूपमा प्रस्तुत गरेका छन् । जनमुक्ति सेनाले तिब्बती जनतामाथि अनावश्यक करको बोझ बोकाएको मल्लिकको आरोप छ । वास्तवमा जनतासँग सित्तैमा सियो र धागो पनि नलिनु भन्ने कठोर अनुशासनको पालन मुक्ति सेनाले तिब्बतमा पनि लागू गरेको थियो । कम्युनिस्ट शासनको बद्ख्वाइँ गर्न मल्लिकले कुनै मौका छोडेका छैनन् । तर, इतिहासले चीनलाई सही सावित गरेको छ । तिब्बती जनजीवन आम भारतीय जीवनस्तरभन्दा धेरै माथि उठिसकेको छ । आज जलविद्युत सिँचाइ र कृषि परियोजनाले तिब्बत हराभरा भइसकेको छ । तिब्बतीहरू मूलतः दास थिए । आज उनीहरू जमिनका मालिक बनेका छन् । शिक्षा र स्वास्थ्यमा उनीहरूको पहुँच अतीतको कुनै पनि ‘स्वर्णयुग’ मा भन्दा उच्च छ । यता बेलायत, भारत र अमेरिकाको भाउँतोमा लागेर निर्वासित भएका उतिबेलाका तिब्बती शरणार्थीहरू आज घरका न घाटका बनेका छन् । उनीहरूलाई भारतले खुफिया कार्यहरूमा प्रयोग गरिरहेको छ । दलाई लामा १९५९ मा तिब्बती खानदानीहरूको अपहरणमा परी भारत आएका थिए । उनी आफ्नो विचार बोल्न स्वतन्त्र छैनन् । उनलाई त्यतिबेला पनि बेलायत, अमेरिका र भारतको सैन्य र आर्थिक सहयोग थियो, आज पनि सहयोग छ । चिनियाँ प्रम चाउ एन–लाइ दिल्ली भ्रमणमा जाँदा दलाई लामालाई विदेशीहरूले प्रयोगमात्र गर्ने बताएका थिए र तिब्बत फर्किन प्रस्ताव राखेका थिए । उनको भविष्यवाणी आज सत्य सावित भएको छ । दलाई लामाको नाममा विश्वभर छरिएका सङ्घसंस्थाहरू आज पश्चिमाहरू चलखेल गर्ने मैदान बनेका छन् । उनी आफै फगत पश्चिमा र भारतीय खेलको गोटीमा परिणत भएका छन् ।
गुप्तचर मल्लिकले नेहरू सरकारलाई चीनले आक्रमण गर्दैन, त्यसैले सीमामा धमाधम चौकीहरू बनाउँदा हुन्छ भनी हरियो बत्ती देखाए । तर उनले भनेजस्तो भएन, चीनले तीव्र प्रक्रिया जनायो । १९६२ को सीमा युद्धमा भारत नराम्ररी पराजित भयो । यसको सबैभन्दा ठूलो आघात महत्वाकाङ्क्षी मल्लिकको अहम्मा परेको उनको मोटो र गन्थन भरिएको पुस्तकबाट छर्लङ्ग हुन्छ । उनले चीनविरुद्ध खोक्नु खोकेका छन् । काश्मीर प्रिन्सेज विमान दुर्घटनाको जाँचबुझको क्रममा चिनियाँ प्रम चाउ एन–लाइले उनीमाथि लगाएको विदेशी एजेन्टको आरोपले उनको रिस चुलिएको थियो । चीनविरुद्ध तथानाम लेखेर उनले आफ्नो कुण्ठा पोख्न खोजेको देखिन्छ । उनको रिसपोखाइ पढ्दै जाँदा चिनियाँ प्रमको आशङ्काले थप बल पाउँछ । पुस्तकको एक स्थानमा मल्लिकले संसारका प्रमुख गुप्तचर निकायका अधिकारीहरूसँग आफ्नो राम्रै उठबस भएको सगर्व उल्लेख गरेका छन् ।
अब भारत सरकार र भारतीय जनतालाई मल्लिकको गुरु वचनबारे चर्चा गरौँ । उनी भन्छन् – तिब्बतको मुक्ति भारतको सुरक्षासँग जोडिएको छ, तिब्बत स्वतन्त्र नहुँदासम्म भारत र पूरै दक्षिण एसियालाई चीनको खतरा रहिरहनेछ । त्यसैले उनी तिब्बती स्वतन्त्रता आन्दोलनमा सघाउन सम्पूर्ण ‘न्यायप्रिय’ देशलाई आह्वान गर्छन् । यसमा उनी नेपाल, भुटान र सिक्किमजस्ता साना देशलाई गन्दैनन् । आफ्ना महान् गुरु पण्डित नेहरूका शब्द सापटी लिँदै उनी भन्छन् – चीन सदा एक आक्रामक देश रहिआएको छ । उनी भारतका प्रत्येक भावी सरकारलाई चिनियाँ मुस्कानमा नफस्न सतर्क बनाउँछन् । माओको मुस्कानमा फस्दा भारतले ‘धोका’ पाएको उनको ठहर छ । नेहरूको भनाइअनुरूप चीनसँगको भारतको युद्ध शताब्दीऔँ लामो जान सक्ने मल्लिकको आकलन छ । यसमा जनताले भारत सरकारको साथ दिनुपर्ने उनको आह्वान छ । तिब्बतको भविष्य कस्तो होला ? मल्लिकको ठम्याइ छ, तिब्बत जसरी भारत सयौँ वर्षसम्म बेलायतीहरूको अधीनमा रह्यो त्यस्तै रहन सक्छ । तर, लडाइँ बन्द गर्नुहुँदैन, एक दिन तिब्बत स्वतन्त्र हुनेछ भनी उनी भारतले अनेक दुष्कर्ममा फसाएका तिब्बती शरणार्थीहरूलाई ढाडस दिन्छन् । उनी भारत सरकार र कर्मचारीतन्त्रलाई तिब्बतीहरूलाई आफ्नो ‘कथा’ सम्झाइरहनुपर्ने जिम्मेवारी सुम्पिन्छन् । (भारतीय मूलधारे प्रचारतन्त्र यस अर्थमा जिउँदोजाग्दो ‘मल्लिक’ हो ¤)
गुप्तचर मल्लिकले नेहरू सरकारलाई चीनले आक्रमण गर्दैन, त्यसैले सीमामा धमाधम चौकीहरू बनाउँदा हुन्छ भनी हरियो बत्ती देखाए । तर उनले भनेजस्तो भएन, चीनले तीव्र प्रक्रिया जनायो । १९६२ को सीमा युद्धमा भारत नराम्ररी पराजित भयो । यसको सबैभन्दा ठूलो आघात महत्वाकाङ्क्षी मल्लिकको अहम्मा परेको उनको मोटो र गन्थन भरिएको पुस्तकबाट छर्लङ्ग हुन्छ । उनले चीनविरुद्ध खोक्नु खोकेका छन् । काश्मीर प्रिन्सेज विमान दुर्घटनाको जाँचबुझको क्रममा चिनियाँ प्रम चाउ एन–लाइले उनीमाथि लगाएको विदेशी एजेन्टको आरोपले उनको रिस चुलिएको थियो । चीनविरुद्ध तथानाम लेखेर उनले आफ्नो कुण्ठा पोख्न खोजेको देखिन्छ । उनको रिसपोखाइ पढ्दै जाँदा चिनियाँ प्रमको आशङ्काले थप बल पाउँछ । पुस्तकको एक स्थानमा मल्लिकले संसारका प्रमुख गुप्तचर निकायका अधिकारीहरूसँग आफ्नो राम्रै उठबस भएको सगर्व उल्लेख गरेका छन् । पुस्तकमा मल्लिकले कतिसम्म झूटा कुरा फलाकेका छन् भने उनका हरेक अपव्याख्याको जवाफ दिने हो भने अलग्गै पुस्तक तयार हुनसक्छ । उनको गुरु वचनमा केही सैद्धान्तिक प्रश्न उठाउन सकिन्छ । तिब्बत ‘स्वतन्त्र’ भयो भने त्यो भारतविरुद्ध जाने छैन भनी उनी कसरी ठोकुवा गर्न सक्छन् ? कुनै बेला तिब्बती शासकहरू पूर्वी चीनसम्म कब्जा अभियानमा गएका थिए ¤ फेरि भारत ‘स्वतन्त्र’ भएपछि तिब्बतले बेलायतद्वारा हडपिएको भूभाग फिर्ता मागेको थियो । उत्तरमा भारतले तिब्बतमा बेलायतकालीन नीति नै चालू राख्ने बताएको थियो । यसको अर्थ, के भारत ‘स्वाधीन’ तिब्बतलाई पनि नेपाल, भुटान र सिक्किमजस्तै मल्लिकको शब्दमा ‘अर्ध–स्वतन्त्र’ राख्ने कल्पनामा छ ? हरेक देशको सुरक्षाका निम्ति सिद्धान्त मिल्ने छिमेकी हुनुपर्छ भन्ने हो भने ‘बफर क्षेत्र’ हरूले संसारको मानचित्र पुरानै अवस्थामा फर्किनेछ । सीमा रेखाको युरोपेली सिद्धान्त फेल खानेछ । नेपाल, भुटान, बङ्गलादेश वा पाकिस्तानमा कम्युनिस्ट क्रान्ति हुन्छन् भने के भारतले ती प्रत्येक देशमा ‘बफर क्षेत्र’ निर्माण गर्नेछ ? चीनबाट दक्षिण एसियालाई खतरा छ भन्ने मल्लिकको ठम्याइ विगत आधा शताब्दीको उसको इतिहासले असत्य सावित गरेको छ । (त्यसो त अफिम युद्धपछि नै चीन उत्पीडित थियो र सामरिक हिसाबले हालसम्म ऊ रक्षात्मक नै छ ।) क्रान्तिपछि चीनले कुनै पनि देशमाथि आक्रमण गरेको छैन । बरु भारतले अनेक अन्यायपूर्ण युद्धको स्वाद चाखिसकेको छ । उसले पाकिस्तानबाट बङ्गलादेशलाई टुक्राइदियो, गोवा र सिक्किम निल्यो । काश्मीर निल्दै छ । संसारको इतिहासले सावित गरेको छ, क्रुर तानाशाहलाई जनताले लामो समय सहन सक्दैनन् । चीनको इतिहास पनि यसको साक्षी हो । त्यसैले तिब्बतमा चीन क्रुर हुन्थ्यो भने उसको बिल्लिबाँठ धेरै अघि लागिसकेको हुने थियो । आजसम्म त्यस्तो कुनै सङ्केत देखिएको छैन । चीन आक्रामक देश रहिआएको छ भनी मल्लिकले नेहरूलाई उद्धृत गरेका छन् । नेहरू आफै बेलायती सोचमा दीक्षित हुनाले उनले सो विचार बेलायती शासकहरूबाट आपुताली लिएका हुन् । बेलायती इतिहासमा यस्तो वाक्य उच्चारण गर्ने धेरै शासक, राजनेता र जनरलहरू भेटिन्छन् । मत्स्य न्यायलाई नै राजनीति ठान्नेहरूको निम्ति यो नयाँ विचार होइन । यिनै दुष्प्रचारमा साम्राज्यवादी अमेरिका र उसका विद्वानहरू झन्झन् उचालिएका छन् । फुकुयामाको चीनसम्बन्धी पछिल्लो ‘बहुचर्चित’ लेख यसै उद्देश्यले रचिएको हो । नेपाली छापाहरूले समेत यस लेखको प्रचार गरेको प्रसङ्ग त्यति पुरानो होइन ।

गुप्तचर मल्लिकले आफ्नो पुस्तकमा तिब्बत धार्मिक शासनअन्तर्गत सभ्य, प्रजातान्त्रिक र स्वाधीन देश थियो भनी प्रमाणित गर्न सयौँ पृष्ठ खर्चेका छन् । यो ‘परम ज्ञान’ बेलायती उपनिवेशवादीहरूले २० औँ शताब्दीमा जन्माएका र हुर्काएका थिए । त्यसअघि तिब्बत चीनको अभिन्न अङ्ग रहिआएको थियो । इतिहासका अनेक तीतामीठा मोड पार गर्दै अन्ततः तिब्बतलाई मूल भूमिमा फर्काउन चीन सक्षम भयो । भित्री र बाहिरी मङ्गोलियाको नाममा चीनको मङ्गोलिया क्षेत्र टुक्रिएजस्तो बेलायतीहरूले भित्री र बाहिरी तिब्बतको नाममा तिब्बतलाई टुक्राउन खोजेका थिए । उनीहरू विफल भए । यो सफलता चिनियाँ जनमुक्ति सेनाको सफलता थियो र कम्युनिस्ट नेतृत्वको कूटनीतिक देन थियो । हिजो तिब्बतमा खानदानी र सुखसयलपूर्ण जीवनयापन गरेका र भारतको सुरक्षाको नाममा तिब्बतमा अनेक तानाबाना बुन्ने, कमजोर तिब्बतीहरूलाई धम्क्याउने र त्यहाँको प्रकृति दोहन गर्न म्याकमाहोन रेखाजस्ता अनेक अवैध रेखा खिच्ने षड्यन्त्रकारीहरू इतिहासको अँध्यारो खण्डहरमा घचेटिए । उक्त विरासत पछ्याउन उद्यत शोषणकारी ‘सभ्य’ समाजमा ‘तिब्बती स्वाधीनता’ को फलाको गर्नेहरूको कमी छैन । उपनिवेशवादी रिचर्डसन, चाल्र्स बेल, टुच्ची र आफ्नो विचार नभएका १४ औँ दलाई लामाका पुस्तकहरूबाट विचारहरू सापटी लिएर मल्लिकले सयौँ वर्षका निम्ति भारतको चीन नीति बनाउन टुपी कसेर कोसिस गरेकै हुन् । तैपनि, तिब्बतको इतिहास लेखनमा उनको कुनै योगदान छैन । सबै सूत्र पहिल्यै रचिएका थिए । जताततैबाट विचार र प्रसङ्गको टिप्पनटाप्पनले उनको पुस्तक बाक्लो हुन गएको छ । पुस्तकको मूल सार पश्चिमा हो । मल्लिकको आफ्नो कुनै मौलिक विचार छैन । पुस्तकले चीन–भारत सीमा विवादको समाधानमा ठोस योगदान दिँदैन । १९६२ को चीन–भारत युद्धको विषयमा उनले ब्रिगेडियर डाल्भी र कौलका संस्मरणहरूलाई आत्म–बचाऊमा लेखिएका पुस्तक भनी किनारा लगाएका छन् । नेभिल म्याक्सवेलको पुस्तक ‘भारतको चीन युद्ध’ को मूल कथनमा उनले कति पनि चोट पु¥याउन सकेका छैनन् । अर्थात् पण्डित नेहरूको चीन–भारत सीमासम्बन्धी ‘हाम्रो हो भनेपछि हाम्रै हुनुपर्छ’ भन्ने ढिपी र आक्रामक गरम नीति ९ँयचधबचम उयष्अिथ० कै कारण १९६२ को युद्ध भएको थियो भन्ने अवधारणा उनले भत्काउन सकेका छैनन् । खालि गुप्तचर निकायको कुनै दोष थिएन भनी उनले तत्कालीन सरकार वा सेनातिर औँला सोझ्याएका छन् ।
सरकारतिर औँला सोझ्याउँदा पण्डित नेहरूमाथि दोष जाने हुनाले मल्लिकका औँला कामेका छन् । आफूले सैन्य गुप्तचरीको जिम्मा लिएको हुनाले सेनातिर औँला सोझ्याउँदा आफैमाथि पथ्र्यो, त्यसैले त्यहाँ पनि उनका औँला कामेका छन् । केही सीप नचलेपछि बेलायतकालीन अक्षम कर्मचारीतन्त्रलाई दोष दिँदै उनले पन्छिने र चोखिने चोर बाटो बनाएका छन् । (मल्लिकले जुन कर्मचारीतन्त्रलाई दोष लगाएका थिए, त्यो अद्यापि उस्तै छ ¤) कनीकनी साम्राज्यवादी, बडाराष्ट्र अहङ्कारवादी र दक्षिणपन्थी नाराहरू भट्याउँदै र ‘अनुपम’ तिब्बतको प्रतिरक्षामा ‘कम्युनिस्ट’ चीनलाई क्रुर देखाउँदै मल्लिकले पुस्तक टुङ्ग्याएका छन् । उनले ‘माओ त्सेतुङ कहिले मर्लान्’ भनी पुस्तकको पुछारमा निर्लज्ज दिनगन्तीसमेत गरेका छन् । त्यतिबेला अर्थात् माओको मृत्युपछि ‘तिब्बती स्वाधीनता’ का लागि भारतले युद्ध नै गर्नुपरे पनि हच्किनु हुँदैन भन्ने उनको दृढ अडान छ । यस उद्देश्यमा विश्वका ‘जुनसुकै’ देशसँग मिल्नुपर्ने र भारतको सैन्य र खुफिया खर्च बढाउनुपर्ने उनको राय छ । बढ्दो सैन्य खर्चलाई अन्यथा लिनुहुँदैन भनी मल्लिक भारतीय जनलाई अर्ती दिन्छन् । अर्थात्, ‘तिब्बती स्वाधीनता’ को ‘सुरक्षा’ का निम्ति भारतीय जनतामाथि ‘आर्थिक र सामरिक असुरक्षा’ थोपर्न पछि नहट्नु र ‘अन्तिम युद्ध’ सम्म डटिरहनु नै भारतको चीन नीति हुनुपर्ने मल्लिकको पुस्तकको सार र सन्देश हो । ‘तिब्बतको सशस्त्र मुक्ति’ सबै समस्याको एकमात्र समाधान हो भनी चीनप्रति तिब्बती र भारतीय जनताको मनमा विषवृक्ष रोप्नु र चीनविरुद्ध युद्ध गर्नु यस पुस्तकको बनिबनाउ तर स्पष्ट र घोषित लक्ष्य हो । यस पुस्तकको मर्मलाई भारतीय शासक, कर्मचारी, सेना र गुप्तचर निकायले मर्न दिएका छैनन् भने भारत चीनविरुद्ध प्रतिदिन अविराम युद्धको अवस्थामा छ । शान्तिपूर्ण संवाद वा समाधानलाई कहीँ कतै स्थान छैन ।
पुनः एकचोटि जोड दिऊँ – तिब्बतलाई ‘सुसंस्कृत’, ‘प्रजातान्त्रिक’ र ‘स्वाधीन’ ‘देश’ भनी प्रचार गरिएन भने चीनलाई ‘आक्रामक’, ‘विस्तारवादी’ र ‘साम्राज्यवादी’ देखाउन पनि सकिन्न । साथै, नेहरू सरकारका १९६२ अघिका चीनविरोधी विस्तारवादी कर्तुतहरू लुकाउन सकिन्न । भारतीय शोषित जनतामा चीनप्रति घृणा फैलाउन सकिन्न । सबैभन्दा महत्वपूर्ण, चिनियाँ किसानहरूले त्यहाँका सामन्त र जमिनदारहरूविरुद्ध प्राप्त गरेको विजय वा चिनियाँ क्रान्तिमाथि पर्दा हाल्न सकिन्न । त्यसैले पश्चिमा साम्राज्यवादी शक्तिहरूले तयार पारेको ‘चीनको तिब्बत कब्जा’ बारे भ्रामक कथालाई गुप्तचर मल्लिकले सविस्तार भट्याएका छन् । यस अर्थमा मल्लिक ‘नेहरू दर्शन’ का विश्वासिला वारिस हुन् र ‘चिनियाँ धोका’ त्यस दर्शनको भरपर्दो प्रचार सामग्री हो ।
सन्दर्भ स्रोत :
१. द चाइनिज बिट्रेयल, बीएन मल्लिक ।
२. अ हिस्ट्री अफ तिब्बत, चेन छिङयिङ ।
३. तिब्बतका भूदासहरू उठ्दा, अन्ना लुइस स्ट्रङ ।
–समाप्त
Leave a Reply