भर्खरै :

रेडक्रस भक्तपुरका सभापति थापाको यस्तो चर्तिकला

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका सभापति मनोजकुमार थापा तीन कार्यकाल (१२ वर्ष) देखि जिल्ला शाखाका सभापति छन् । उनले २०७२ सालको विनासकारी भूकम्पपश्चात् राहत तथा प्रतिकार्यका लागि नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयबाट स्वयम्सेवक परिचालनको निम्ति प्राप्त राहत रकममा आर्थिक अनियमितता गरेका छन् । भूकम्पपश्चात् सञ्चालन गरिएको खानेपानी तथा स्वच्छता कार्यक्रम भूकम्प प्रतिकार्य कार्यक्रमहरूमा समेत आर्थिक अनियमितता भएको छ । जीविकोपार्जनको लागि सञ्चालित तालिमहरूमा कर्मचारी तथा स्वयम्सेवकहरूसँग मासिक रकम बुझिलिने गरेका छन् । रक्तसञ्चार केन्द्र भक्तपुरमा सामग्री खरिद गर्दा सप्लायर्ससँग कमिसन लिने गरेका छन् । हाल जिल्ला शाखा केन्द्रीय कार्यालयको सहयोगमा सञ्चालित कार्यक्रमहरूमा स्वयम्सेवक परिचालन गरिएबापत दिनुपर्ने रकम ८ दिनमा मात्र रकम दिने गरिएको हुँदा आर्थिक अपचलन तथा पदको दुरुपयोग गरी कर्मचारीहरूलाई धम्क्याउने गरिएको छ ।
भूकम्पपश्चात् स्वयम्सेवकहरूलाई अमेरिका, क्यानडा पठाउने भनी बिचौलियामार्फत आर्थिक लेनदेन गरी विदेश पठाएका छन् । विपद् प्रभावितहरूलाई प्रदान गर्न केन्द्रीय कार्यालयबाट प्राप्त राहत सामग्रीहरू आफ्नो घरमा लगी आफूखुसी राजनीतिक लाभ लिनको लागि वितरण गर्ने गरिएको पाइएको छ । केन्द्रीय कार्यालयबाट प्राप्त परियोजनाहरू र उनी सभापति भएदेखि जिल्ला शाखामा आन्तरिक अडिट गर्ने कार्य गरिएको छैन । यस सम्बन्धमा विगतका दिनहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा उनको नाउँमा उजुरी गरिएको थियो । उक्त उजुरीको आधारमा सम्बन्धित निकायबाट सचेत गराउँदा–गराउँदै पनि पदीय दुरुपयोग आर्थिक अनियमितताजस्ता कार्यहरू निरन्तर भएकाले जनगुनासो व्यापकरूपमा भएको हुँदा आवश्यक छानबिन गरी दोषीमाथि कारबाही होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *