भर्खरै :

पण्डित नेहरूको प्रतिरक्षामा मल्लिक- ४ !!

जनरल कौलले आफ्नो आत्मसंस्मरणमा चिनियाँहरूको युद्धकला सिक्नुपर्ने, सैन्य बन्दोबस्ती सुधार्नुपर्ने र युद्धको बेला सम्पूर्ण जनतालाई परिचालन गर्दै तनमनले लड्नुपर्ने उल्लेख गरेका छन् । कौलप्रति थोरै कटाक्ष गर्दै मल्लिकले सोही सुझाव दोहो¥याएका छन् । चिनियाँहरू फर्केपछि नेफामा पुनः सीमाचौकीहरू स्थापना गरिएको र विदेशी (मूलतः पश्चिमा) सहयोगलाई धन्यवाद भन्दै मल्लिकले नयाँ चौकीहरू प्राविधिकरूपमा पनि बलियो बनेको उल्लेख गरेका छन् । गुप्तचरको सुरक्षाको निम्ति बेग्लै सुरक्षाकर्मी गठन गरिएको थियो । यस्ता गुप्तचरहरूले शत्रुको घेराभित्रबाट पनि सूचनाहरू सङ्कलन गर्न सक्थे ।
जनप्रतिकारबारे मल्लिकको बुझाइ निकै संवेदनशील छ । उनी लेख्छन् – ‘शक्तिशाली शत्रुसँगको लडाइँमा स्थानीय जनताको महत्वपूर्ण भूमिका हुने गर्छ । उनीहरूले नै शत्रुको क्रोधको सामना गर्नुपर्छ र देशलाई जोगाउने जिम्मा पनि उनीहरूमाथि नै हुन्छ । जनतालाई तयार नपारी उनीहरूको सहयोग लिन सकिन्छ भन्ने बुझाइ नेफामा गलत सावित भयो । युद्धको बेला त्यहाँका जनता निस्क्रिय रहे । उनीहरूले चिनियाँहरूलाई नसघाए पनि चीनको बाटोमा उनीहरूले भाँजो हालेनन् । उनीहरूबीच सङ्गठन नहुँदा र बेसीबाट उनीहरूलाई कुनै भरथेग आउने आश्वासन नदिइएको हुँदा उनीहरूबाट त्यस्तो अपेक्षा गर्न सकिन्नथ्यो । पण्डित नेहरूले नै सीमा क्षेत्रका बासिन्दालाई वैचारिक र शारीरिक रूपमा तयार गर्नुपर्ने औँल्याएका थिए । यसो गर्दा सेना पछि हटे पनि जनता निस्क्रिय हुने थिएनन् र उनीहरू चीनको प्रतिकारमा उत्रिने थिए । यसले उनीहरूलाई भारतीय भूमिमा टिक्न अप्ठ्यारो पर्ने थियो । विश्वका अन्य भेगमा जस्तै भारतमा पनि यस्तो जनसङ्गठन बनाउन सकिने विश्वास पण्डित नेहरूलाई थियो । मैले नोभेम्बरमा आसाममा गएर जनप्रतिकार समूहहरू बनाउनुपर्ने राय राखेको थिएँ । त्यसकारण नेहरूले सो जिम्मेवारी आईबी प्रमुखको कमजोरी मलाई सुम्पे ।’
नेहरूको विचारलाई लागू गर्न धेरै मिहिनेत गरिएको मल्लिकले बताएका छन् । गुप्तचर, सेना र कर्मचारीले यो कुराको महत्व झट्टै नबुझ्ने उनको अनुभव छ । अमेरिकाविरुद्ध भियतनामीहरूले जनजाति रगतलाई गुरिल्ला सेनासँग मिलाएका थिए । यस्तो जनसङ्गठनसँग युद्धको बेला प्रशासनले पनि सहकार्य गर्न सक्छन् र पछि हट्ने सेनाले पनि मद्दत पाउँछ भनी मल्लिक लेख्छन् । नेहरूकै आदेशमा सीमाका २० लाख भारतीयलाई तालिम दिइएको र लडाइँको बेला उनीहरूले सघाउनेमा मल्लिक विश्वस्त देखिन्छन् । तालिम लिनेमा २० प्रतिशत महिला थिए । तालिमलाई आधारभूत र विशेष गरी दुई तहमा बाँडिएको थियो । विशेष तालिम दिन विभिन्न स्थानमा तालिम केन्द्रको व्यवस्था गरिएको थियो । धेरैलाई विशेषज्ञ तालिम पनि दिइयो । चिनियाँ खतरा आइलागेमा प्रतिकार गर्न सक्नेगरी यस सङ्गठनलाई वैचारिकरूपमा समेत तयार पारिएको थियो । यहाँ ‘वैचारिक रूप’ भन्नाले उनीहरूलाई चीनविरोधी बनाइएको थियो । मल्लिक उदाहरण दिन्छन् – ‘१९६५ को अक्टोबरमा एउटा जनसङ्गठनका ८०० जना स्वयम्सेवीहरूलाई पाकिस्तानलाई सघाउन खोज्ने चीनविरुद्ध परिचालन गरिएको थियो ।

बाङडुङ सम्मेलनमा जान प्रम चाउ एन–लाइ हङकङबाट काश्मीर प्रिन्सेज नामक भारतीय जहाजमा चढ्ने योजना थियो । काम विशेषले उनी त्यसमा चढ्न सकेनन् । त्यो जहाज इन्डोनेसियाको समुद्रमा विस्फोट भयो । त्यस विषयमा अनुसन्धान गर्न हङकङमा बेलायती गुप्तचर निकायसँग आईबीले सहकार्य ग¥यो । अनुसन्धानकै क्रममा मुख्य षड्यन्त्रकारी फरार भए । उनी ताइवान पुगिसकेका थिए । षड्यन्त्रमा सिआईए र च्याङ काइ–सेकको गुप्तचर निकाय संलग्न थियो । चिनियाँ गुप्तचरले अनुसन्धानमा संलग्न मल्लिकलाई शङ्कास्पद व्यक्तिहरूलाई समात्न कर गरे । तर, धेरै मान्छेलाई पक्राउ गर्न भारतीय र बेलायती कानुनले नदिने भन्दै अनुसन्धान बीचमै छोडेर मल्लिक भारत फर्के ।

उनीहरूले एक महिना वनमा बिताएका थिए । उनीहरूले हाँसीहाँसी पहाडी उचाईको सिरेटो र अन्य अभाव झेलेको, हतियार चोरी नगरेको र यसमा सरकारको एक पैसा पनि खर्च नभएको मल्लिक उल्लेख गर्छन् । १९६२ मा निस्क्रिय रहेका नेफाका जनताबाट बनाइएको जनसङ्गठनको प्रभावकारिताबारे राजनीतिक कमिसारले सुरुमा शङ्का गरेका थिए । जम्मुमा यस्तै जनसङ्गठनले पाकिस्तानी घुसपैठीहरूलाई मारेका थिए । उत्तर बङ्गाल र आसाममा जनसङ्गठनले सबै पुल र हवाई अड्डाको सुरक्षा गरेका थिए र घुसपैठीहरूको निगरानी गरेका थिए ।’
सन् १९६२ मा भारतसँग चिनियाँ घेराबीच काम गर्ने सङ्गठन थिएन । यस्तो सङ्गठन बनाउन जनताबीच आफ्नो घनिष्टताकै कारण सम्भव भएको मल्लिकको आत्मप्रशंसा छ । यसमा भारतले धेरै उपलब्धि हासिल गरिसकेको उनको निष्कर्ष छ । यस्तो सङ्गठनलाई आवश्यक सञ्चार, यातायात, आदि सुविधाले सुसज्जित बनाउनुपर्ने उनी सिफारिस गर्छन् । अन्तमा भारतभरि घरेलु गार्ड र नागरिक प्रतिरक्षा सङ्गठनहरू खडा गरिएको थियो । खासगरी उत्तरी भारतमा यस्तो सङ्गठन गरिएको थियो । यसरी भारत आगामी युद्धहरूमा तयारीविहीनताको स्थितिमा नरहने र चिनियाँ चुनौतीलाई भारतले निर्धक्क भई सामना गर्ने मल्लिकको विश्वास छ ।
एउटा रोचक घटनाबाट गुप्तचर मल्लिकले किन चीन र चाउ एन–लाइलाई देखी सहँदैनथे र नेहरूमाथि पूर्ण भक्ति राख्थे भन्ने स्पष्ट हुन्छ ।
बाङडुङ सम्मेलनमा जान प्रम चाउ एन–लाइ हङकङबाट काश्मीर प्रिन्सेज नामक भारतीय जहाजमा चढ्ने योजना थियो । काम विशेषले उनी त्यसमा चढ्न सकेनन् । त्यो जहाज इन्डोनेसियाको समुद्रमा विस्फोट भयो । त्यस विषयमा अनुसन्धान गर्न हङकङमा बेलायती गुप्तचर निकायसँग आईबीले सहकार्य ग¥यो । अनुसन्धानकै क्रममा मुख्य षड्यन्त्रकारी फरार भए । उनी ताइवान पुगिसकेका थिए । षड्यन्त्रमा सिआईए र च्याङ काइ–सेकको गुप्तचर निकाय संलग्न थियो । चिनियाँ गुप्तचरले अनुसन्धानमा संलग्न मल्लिकलाई शङ्कास्पद व्यक्तिहरूलाई समात्न कर गरे । तर, धेरै मान्छेलाई पक्राउ गर्न भारतीय र बेलायती कानुनले नदिने भन्दै अनुसन्धान बीचमै छोडेर मल्लिक भारत फर्के । विदेश भ्रमणमा जाँदै गरेका प्रम नेहरूलाई आफ्नो उपलब्धि सुनाउनु लाभदायी होला भन्ने उनको विचार थियो । नेहरू विदेशमै छँदा चीन सरकारले भारतमा गुप्तचर मल्लिक बेलायती एजेन्ट भएको आरोप लगायो । नेहरूले मल्लिकको पक्ष लिए । भारतले विरोध जनाएपछि चीनले सो आरोप फिर्ता लियो । नेहरू लन्डन जाने कार्यक्रम थियो । काम विशेषले लन्डनमै रहेका मल्लिक उनलाई लिन विमानस्थल गए । गाडीमा नेहरूसँगै इन्दिरा गान्धी पनि थिइन् । मल्लिकले घटनाको पूरा विवरण सुनाए । शक्तिशाली चिनियाँ प्रममाथि विजय हात पारेको भन्दै इन्दिरा गान्धीले मल्लिकलाई बधाई दिइन् । नेहरूले भने – ‘चिनियाँहरू अनौठा छन् । उनीहरू जे कुरामा पनि साम्राज्यवाद देख्छन् । आफ्नो कठपुतली भएर भनेझैँ नगर्नेहरूलाई उनीहरू साम्राज्यवादका एजेन्ट भनिहाल्छन् । बाङडुङ सम्मेलनमा पनि उनीहरूसँग काम गर्न गाह्रो भएको थियो ।’ अनुसन्धानका क्रममा पेकिङ पुगेका अर्का गुप्तचर काओलाई चिनियाँ प्रमले अमेरिकी दबाबका कारण प्रभावकारी अनुसन्धान नगरेको भन्ने कुरामा मनाउन खोजेको मल्लिकले उल्लेख गरेका छन् । आफूमाथि पण्डित नेहरूको पूर्ण विश्वास हुनाले नै आफूले चिनियाँ कोपबाट विजय हासिल गरेको मल्लिकको बुझाइ छ ।
पण्डित नेहरूका नीतिहरू एकदम सटीक र दूरदर्शी थिए भन्नेमा गुप्तचर मल्लिकको विशेष जोड छ । त्यसो त सीमा युद्धबारे लेखिएका अधिकांश पुस्तकहरू नेहरूको निधनपछि लेखिएको हुनाले उनीसँगको निकटताको दुरूपयोग हुन गएको सम्भावनालाई नकार्न सकिन्न । मल्लिक चरम दक्षिणपन्थी थिए भन्नेमा दुई मत छैन । तैपनि मल्लिकले नेहरू र आफ्ना विचारहरूमा तादात्म्य मिलेका कैयन प्रसङ्गहरू उल्लेख गरेका छन् । झण्डै सबै मुख्य मुद्दामा उनले आफूलाई नेहरूका ‘शिष्य’ देखाउने जमर्को गरेका छन् । यहाँनिर उनी नेहरूका ‘गुरु’ पनि थिए भन्ने कुरा भुल्नु हुँदैन । कतिपय आफ्ना विवादास्पद निर्णयलाई उनले नेहरूको पिठ्यूँमा राखेर आफूलाई बचाएका छन् । गरम नीति तर्जुमा गर्नमा गुप्तचर मल्लिकको प्रमुख भूमिका रहेको देखिन्छ । कोङका भञ्ज्याङ घटनामा खुट्टा उचालेको प्रसङ्ग, नाम्का चू नदीको लडाइँमा सबै निर्णय सेनाले नै लिएको थियो भनी दोषजति चलाखीपूर्वक पन्छाएको प्रसङ्ग र सेनालाई अगाडि बढ्न हौस्याउँदै ‘चीनले प्रत्याक्रमण गर्नेछैन’ भन्ने गुरुमन्त्र दिएको विषयमा चूँ नबोलेको प्रसङ्गले यो तथ्य पुष्टि हुन्छ । तेस्रो प्रसङ्गले मल्लिकको पुस्तकलाई खोक्रो तुल्याइदिन्छ । प्रमुख घटनाबारे विस्तृत चर्चा गरेका र घटनाक्रम बिर्सँदा नेहरूलाई पनि ‘झक्झक्याएका’ मल्लिकले आफै उपस्थित भएको १९६१ नोभेम्बर २ मा प्रधानमन्त्री कक्षमा बसेको बैठकबारे किन लेख्न छुटाए ? त्यसै बैठकमा उनले ‘चीनले प्रत्याक्रमण गर्नेछैन’ भन्ने सल्लाह दिएको हेन्डरसन–ब्रुक रिपोर्टको पृष्ठ ८ बाट सावित हुन्छ । यही मन्त्रमा अडिएको र चर्किएको गरम नीति नै १९६२ को सीमा युद्धको प्रमुख कारक थियो । गरम नीतिमा उनको आस्था कतिसम्म छ भने उनी भविष्यमा भारतले अझै बढी सीमाचौकीहरू बनाउनुपर्ने, अन्यथा चीनले चौकी बनाउने विषयमा ढुक्क देखिन्छन् र सोही अनुसार पछिल्लो पुस्तालाई गुरुमन्त्र दिन्छन् । आफ्ना ‘शिष्य’ नेहरूको प्रतिरक्षा प्रकारान्तरले आत्मबचाऊ समेत हुने मल्लिकलाई थाहा थियो । यसर्थ मल्लिकले आफ्नो पुस्तक ‘चिनियाँ धोका’ मा १९६२ को युद्धका प्रमुख दोषी नेहरू र उनको भारदारी समूहको प्रतिरक्षामा सावधानी र चतु¥याइँपूर्वक पसिना बगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *