भर्खरै :

पण्डित नेहरूको प्रतिरक्षामा मल्लिक !! –३

युद्धताका नेहरूको असंलग्न आन्दोलनका अगुवाको छवि धुलिसात भएको सत्यलाई मल्लिकले आफ्नै शैलीमा चुनौती दिएका छन् ।
तत्कालीन अमेरिकी राजदूत गालब्रीथले १९६२ को युद्धताका पण्डित नेहरू र पूरै भारतीय नेतृत्व आत्तिएको र हतास भएको बताएका थिए । यसको खण्डन गर्दै मल्लिकले नेहरू निकै शान्त रहेको, उनले भारतमा प्राचीन सादगीअनुरूप संयम फैलेको देखेको र भारतीय जनताले देशको सुरक्षाप्रति देखाएको एकताभावले उनी खुसी भएको दाबी गर्छन् । नेहरूले बलिका बाख्राहरू नखोजेको बरु भारतको अपमानको सम्पूर्ण जिम्मेवारी आफैले लिएको मल्लिकको स्पष्ट भनाइ छ । उनले मोरारजी देसाई, लालबहादुर शास्त्रीलगायतका नेताहरू संयमित रहेको र राष्ट्रपति राधाकृष्णन् सबैका प्रेरणा बनेको सुन्दर तस्बिर उतारेका छन् । गालब्रीथजस्ता मित्र यस्तो दृश्य नदेख्नुमा मल्लिक दुःख प्रकट गर्छन् ।
गुप्तचर मल्लिकको भङ्गिमा चकित पार्ने खालको छ । गालब्रीथलाई ‘मित्र’ भन्ने मल्लिक उति नै बेला गालब्रीथले दृढ नेहरूलाई दबाबमा पार्न नसकेको भन्दै नेहरूको तारिफमा उत्रिन्छन् । मल्लिकको भनाइमा अमेरिकी राजदूतले सैन्य सहयोगका लागि भारतलाई काश्मीर समस्यामा पाकिस्तानसँग मिल्नुपर्ने दबाब दिएका थिए । तर, बेलायती गुप्तचरका कारण खेल बिथोलिएको राजदूतको दाबी थियो । तत्काल भारतको सहायतामा आउनुभन्दा पनि भारतमाथि सर्तहरू थोपर्नु र ठूलो भूखण्ड पाकिस्तानलाई दिनुपर्ने सर्त राख्ने पश्चिमा रवैयालाई मल्लिकले चीनकै सेवा ठानेका छन् । नेहरूले होस नगुमाएको र उनको त्रसित मानसिकताबाट फाइदा उठाउन खोज्ने विदेशीहरू हच्केको मल्लिकको दाबी छ । तैपनि, नेहरूले पश्चिमा सैन्य सहयोग लिए ¤ यसको जवाफ मल्लिकले नेहरूकै भाषामा दिन्छन्, “सड्ढटको बेला भारतले जसको पनि सैन्य सहयोग लिन सक्छ ।” ‘जसको पनि’ भन्नेमा धेरैजसो पश्चिमाहरू परे । यसबाट भारतको असंलग्न नीतिमा फेरबदल नभएको मल्लिकको ठहर छ । दोस्रो विश्वयुद्धको बेला सोभियत सङ्घले समेत जर्मनीविरुद्ध अमेरिकी सहयोग लिएको थियो, माओले जापानविरुद्ध अमेरिकी सहयोग लिएको उनी उदाहरण दिन्छन् । नेहरूले छोटो समयका लागि पश्चिमा सहयोग लिएको र कहिल्यै अमेरिका र बेलायतलाई शत्रु नमानेकोले यस्तो गर्नु नेहरूले जायज देखेको मल्लिकको बुझाइ छ । (साम्राज्यवादी र उपनिवेशवादीहरूलाई ‘शत्रु’ मान्नुहुनेहरूको महानता हो वा तिनीहरूकै साथी ?)
गठबन्धनबारे नेहरूका विचारबारे मल्लिक लेख्छन्, “सैन्य गठबन्धनबारे नेहरू स्पष्ट थिए । अल्पकालीन र दीर्घकालीन लक्ष्यहरू थिए । पण्डित नेहरूले पहिले नै हामीलाई सम्झाएका थिए, भारत र चीनबीच द्वन्द्व हुँदा अमेरिकाले केही हातहतियार वा विमान सहयोग गर्न सक्छ तर युद्ध रोक्न सक्दैन । अर्कोतिर रुसले रोक्न सक्छ । भारत अमेरिकातिर ढल्किएको देख्यो भने रुसले त्यसो गर्ने छैन बरु चीनसँग नजिकिनेछ । १९६० पछि रुस चीनबाट टाढिरहेको छ । अमेरिकासँग नजिकिनु रुसी रवैया फेर्नु हुनेछ ।” मल्लिकको दाबी छ, “नेहरूले चिनियाँहरू भारतको समथर भूभागमा लड्न नसक्ने र पहाड र जङ्गलमै केन्द्रित हुने पूर्वानुमान गरेका थिए । त्यहाँ उनीहरूको हविगत भारतीय सेनाको जस्तै हुने थियो । त्यसैले विदेशी सहयोग धेरै चाहिँदैनथ्यो । यत्तिकै लागि कुनै देशले आफ्नो स्वतन्त्रता कसरी दाउमा राख्न सक्छ ? चिनियाँहरू गंगा वा ब्रह्मपुत्रसम्म आउने भए कुरै अर्को हुने थियो । म विश्वस्त छु, त्यस्तो खण्डमा व्यवहारिक पण्डित नेहरू सैन्य गठबन्धनमा जान हिच्किचाउने थिएनन् ।”
यस प्रसङ्गमा एकातिरबाट छोप्न खोज्दा मल्लिक अर्कोतिरबाट नाङ्गिएका छन् । धेरै पर्यवेक्षकहरूले १९६२ को आघातले नै नेहरूको मृत्यु भएको बताएका छन् । त्यसैले नेहरूको शान्त मनस्थितिबारे मल्लिकले झूटो बोलेका छन् । नेहरू आत्तिएका हुँदैनथे भने उनले पश्चिमाहरूसामु सहयोगको याचना गर्दैनथे । चिनियाँहरूले भारत नै निल्ने हल्ला व्याप्त थियो । यही सन्त्रासका कारण तेजपुरमा भागदौड मच्चिएको थियो र दिल्लीमा किलाबन्दी सुरु गरिएको थियो, युवायुवतीलाई हतियारको तालिम दिइँदै थियो । त्यसैले चिनियाँहरू पहाडभन्दा तल आउँदैनन् भन्ने नेहरूको पूर्वानुमान थियो भन्ने कुरा तत्कालीन परिस्थितिबाट पत्तो पाउन सकिन्न । यहाँ मल्लिकले नेहरूलाई बढाइचढाइ गरेका छन् । बरु नोभेम्बर २० मा युद्धविरामको घोषणा गरेर चीनले अमेरिकी युद्धविमानलाई प्रशान्त महासागरबाटै फर्काइदियो र नेहरूलाई बढी होस गुमाउन दिएन भन्नु बढी तथ्यपरक हुन्छ । त्यसैगरी नेहरूले बलिका बाख्राहरू खोजेनन् भन्नु दिउँसै अँध्यारो पारेझैँ हो । रक्षामन्त्री र वित्तमन्त्रीले राजीनामा दिने, सैन्य नेतृत्व फेर्ने तर युद्धकालीन प्रम नेहरूले राजीनामा नदिने घटनाक्रमबाट मल्लिक झूटा सावित हुन्छन् । मल्लिकको पाखण्ड उनको एक उदाहरणबाट छर्लङ्ग हुन्छ – रुसले जर्मनीविरुद्ध अमेरिकी सहयोग लिएको त थियो तर भारतले जस्तो आफूलाई ‘असंलग्न’ र ‘अहिंसावादी’ भनेको थिएन ¤ त्यतिमात्र होइन मल्लिकले हाल खुला रहस्य मानिने एउटा घटनालाई ‘अनियमित सेना’ भनी लुकाउन खोजेका छन् । युद्धपछि पण्डित नेहरूले एक बैठकमा मल्लिकलाई एक ‘अनियमित सेना’ गठन गर्ने जिम्मेवारी दिए । तालिम र हतियारको लागि मल्लिकले केही विदेशीहरूको सहयोग चाहिने बताए । नेहरूले सजिलै अनुमति दिए । यो ‘अनियमित सेना’ तिब्बती शरणार्थीहरूको सेना थियो । ‘केही विदेशीहरूको सहयोग’ भन्नाले अमेरिकी गुप्तचर निकाय (सीआईए) थियो । त्यस सेनाको खर्च र तालिम आदिको व्यवस्था अमेरिकी विशेष सेनाले गथ्र्यो । विशेष सीमा बल (एसएफएफ) भनिने सो सेनालाई भारतले अनेक गुप्त अपरेसनहरूमा उपयोग गरेको इतिहास छ ।
भारतको सुरक्षामा तिब्बती वा भारतको उत्तरी क्षेत्र वा देशहरूको बौद्ध जनसमूहको भूमिकाबारे मल्लिकले गजबको चर्चा गरेका छन् ।
चिनियाँहरूले तिब्बतीहरूसँग असल व्यवहार गरेको खण्डमा भारतको उत्तरी क्षेत्र वा नेपाल, सिक्किम, भुटानजस्ता देशहरूको बौद्ध जनसमूहले चीनप्रति सद्भाव राख्ने थियो र भारतविरोधी बन्ने थियो । चीनले तिब्बतीहरूसँग दुव्र्यवहार गरेको खण्डमा त्यो जनसमूह चीनविरोधी हुने थियो । शक्तिशाली तिब्बतले इतिहासमा चिनियाँ साम्राज्यवादको जुवा फालेको हुनाले चीनले तिब्बतलाई स्वशासन नदिएर दोस्रो बाटो लिएको मल्लिकको बुझाई छ । मल्लिकले स्थितिलाई भारतको पक्षमा ल्याउन ठूलो कसरत गरेका छन् । चीनले तिब्बतमाथि ‘थोपरेको’ सनसनीपूर्ण ‘अत्याचार’ बारे वर्णन गर्न मल्लिकले पुस्तकका धेरै पाना खर्च गरेका छन् । यसलाई अन्यथा लिनु हुँदैन । उत्तरी भारत र नेपाल, सिक्किम र भुटानका बौद्ध जनसमूहको ‘मन जित्न’ यति त गर्नैप¥यो ¤ यी गोहीका आँसुलाई मल्लिकले यसरी छताछुल्ल पारेका छन् – ‘दलाई लामालाई भारत सरकारले गरेको खातिरदारी र खतरनाक हुँदा हुँदै पनि तिब्बती शरणार्थीहरूमाथि भारतले गरेको ठूलो खर्चबाट उत्तरी भेगका जनतालाई तिनीहरूको वास्तविक मित्र को हो चिन्न मद्दत मिल्छ । भारतीय सुरक्षाका दृष्टिले दलाई लामा र हजारौँ तिब्बती शरणार्थीहरूको मूल्य ठूलो छ । यसले लद्दाखका जनतालाई मात्र होइन भुटान, सिक्किम र नेपालका जनतालाई पनि चिनियाँ प्रचारबाजीबाट बचाएको छ ।”
तिब्बतमा दलाई लामा र तिब्बतीहरूलाई शरण दिने सम्बन्धमा नेहरूले आफूलाई महत्वपूर्ण निर्देशन दिएको मल्लिक सम्झिन्छन् । उनी लेख्छन्, ‘चीनले विरोध गरे तापनि तिब्बतीहरूलाई सघाउनु सही निर्णय भएको नेहरूको विचार थियो । तिब्बतको स्वशासन, संस्कृति र धर्मको सुरक्षा गर्न भारत नैतिकरूपमा बाध्य थियो । तिब्बतको संस्कृति र धर्मको रक्षाको निम्ति दलाई लामा ल्हासामा बस्नुपर्ने थियो । तर, दलाई लामा यहाँ आउनुपर्ने भयो । तिब्बतमा उनले सम्मान पाउने अवस्था रहेन । उनी त्यहाँ बसेका भए कैदीजस्ता हुने थिए । यस्तो बेला भारतले उनलाई शरण दिन आनाकानी गर्नु अन्तर्राष्ट्रिय प्रचलनको विरुद्धमा हुने थियो । यसले तिब्बती जनतासँग भारतको मैत्री चुँड्ने थियो । दलाई लामा र तिब्बती शरणार्थीहरूप्रतिको भारतको दृष्टिकोणले त्यस क्षेत्रमा ठूलो स्थिरता आएको छ । तिब्बतसम्बन्धी चिनियाँ वाचाहरू झूटो भएको त्यहाँका जनताले थाहा पाएका छन् । यसले उनीहरूलाई भारतसँग एकाकार हुन मद्दत मिलेको छ ।” यो ‘वैधानिक र नैतिक’ नीतिबाट भारतले स्थिरता प्राप्त गरेको भनी मल्लिकले ‘दलाई लामालाई शरण दिनुहुँदैनथ्यो’ भन्ने भारतीय कम्युनिस्ट र अन्य विश्लेषकहरूलाई चुप लगाउन खोजेका छन् ।
माथिको प्रसङ्गबाट मल्लिकले धेरै तीर एकैचोटि फालेका छन् । एक त भारतीय जनतालाई सरकारले सुरक्षा दिलाएको छ भन्ने उनको तर्क हो । यस तर्कले दलाई लामालाई शरण दिएकोमा विरोध गर्ने भारतीय कम्युनिस्टहरूलाई जनताको नजरमा झुकाउँछ । दोस्रो, नेपाल, सिक्किम र भुटानलाई पनि चिनियाँ आक्रामकताबाट भारतले नै सुरक्षा दिएको छ भनी ती देशका सरकारहरूलाई आफ्नो कृतज्ञामुनि दब्न मल्लिकले परोक्ष इसारा गरेका छन् । तेस्रो, दलाई लामा र तिब्बती शरणार्थीमा भारत सरकारको ठूलो धनराशी खर्च भएको बताउनुमा पश्चिमा सहयोग थाप्ने मनसुवा देखिन्छ । चिनियाँ ‘अत्याचार’ बारे मल्लिकको वर्णन उनको आँसुजस्तै बनावटी हो । तिब्बतीहरूमाथि ‘हानहरू’ ले ‘अत्याचार’ गरेको ‘दमन–पुराण’ का रचयिता हिजो तिब्बती जनताको खुनपसिनामा आफ्नो ‘स्वर्ग’ ठडाएका बेलायती र अन्य पश्चिमा शासकहरू हुन् । तिब्बत निल्नका लागि आत्मसमर्पण गरिसकेका बौद्ध भिक्षुभिक्षुणीहरूलाई समेत काट्ने र दलाई लामालाई खेद्ने बेलायतीहरू र तिनका बौद्धिक मित्रमण्डलीले ‘विश्वको छानो’ र ‘बौद्ध देवलोक’ बारे बढाइचढाइ गर्नु चरम निर्लज्जता हो । मल्लिकले चीनसँगको भारतको भविष्यबारे तस्बिर उतारेका छन् ।
मोरारजी देसाई र इन्दिरा गान्धीजस्ता पछिल्लो पुस्ताले पण्डित नेहरूको बाटो पछ्याऊन् भन्ने मल्लिकको आकाङ्क्षा थियो भन्ने पुस्तकबाट झल्किन्छ । त्यसैले तिनलाई नेहरूका सहयोगीका रूपमा चित्रण गर्ने र तिनको गुणगान गाउने मौका मल्लिकले गुमाएका छैनन् । चीनतिर देखाउँदै भारतले प्रतिरक्षालाई विकास निर्माणभन्दा अलग राख्नुहुँदैन भन्ने सुझाव उनले दिएका छन् । उनले युद्धपछि भारतले विस्तार गरेको युद्ध उद्योग र सङ्गठनको तारिफ गरेका छन् । हेन्डरसन–ब्रुक रिपोर्टका आधारमा उनले सेनालाई गुरिल्ला तालिम दिनुपर्ने औँल्याएका छन् । पण्डित नेहरूले जोड दिएजस्तै ‘अब पुग्यो’ भनी सैन्य विस्तार कहिल्यै रोक्न नहुनेमा मल्लिकको जोड छ । सीमासम्म पुग्ने सबै सडकहरू बनेकोमा मल्लिक सन्तुष्ट हुन्छन् । उनले पाकिस्तानले भारतलाई कहिल्यै सैन्य शक्तिमा उछिन्न नहुने चेतावनी दिएका छन् । सेनाले परम्परागत हतियार उत्पादन र मनोविज्ञान, पोषणजस्ता क्षेत्रमा गरेको अनुसन्धानबाट उनी खुसी छन् । सैनिक सङ्गठन र मितव्ययितामा ध्यान दिनुपर्ने उनको सल्लाह छ । उत्तरी सीमामा गुप्तचरी र जनप्रतिकार पैदा गर्न सक्ने खुबी भएको प्रहरी तैनाथ गर्नुपर्छ भन्ने उनको सुझाव छ ।
चिनियाँहरूसँग लड्ने शैली फेर्नुपर्ने भन्दै मल्लिक लेख्छन्, “चिनियाँहरू आफ्ना शत्रु प्रतिरक्षात्मक होऊन् भन्ने चाहन्छन् । त्यसबेला भारतीय सेना भने नेफामा आफ्नो स्थिति बलियो रहेकोमा ढुक्क थियो । तर, लडाइँको बेला सेना नलडीकन रातारात भाग्यो । यहाँ भियतनामीहरूबाट सिक्नुपर्छ । भियतनामीहरूले आफूभन्दा शक्तिशाली र साधनसम्पन्न सेनालाई पनि सजिलै हराए । ४० प्रतिशत अमेरिकी विमानहरू भुइँमै नष्ट गरिएको थियो । भियतनामी जनरल जियापको एक अन्तर्वार्ताअनुसार अमेरिकीहरूको सबैभन्दा ठूलो कमजोरी गतिहिनता थियो । उनीहरू चाल चल्न सक्दैनथे । त्यस्तै गुरिल्ला युद्धमा ३० वर्षसम्म जापानी, अमेरिकी र च्याङ काइ–सेकलाई हराएको चिनियाँ सेनालाई भारतका पहाड र जङ्गलहरू अवरोध थिएनन् । नाम्का चूमा भारत रक्षात्मक नभई आक्रामक हुनु गल्ती थियो । निश्चय नै आक्रमणको लागि त्यसबेला भारतसँग पर्याप्त फौज थिएन । हामीलाई हिमालयमाथिको भूभाग दाबी गर्नु छैन तर रक्षाको लागि हामीले आक्रमण गर्नुपर्छ । चिनियाँहरू आक्रमणमा देखिँदा आक्रमण गरेरै उसलाई तह लगाउनुपर्छ । अर्को शब्दमा भन्नुपर्दा, अगुवाइ हाम्रै हुनुपर्छ ।’ पछिल्ला तीन वाक्यबाट भारत–चीन सीमा झडपमा भारत सुत्रधार बन्नुको बलियो कारण थाहा लाग्छ । स्पष्ट शब्दमा भन्नुपर्दा, चीनले आक्रमण गर्दै छ भन्ने ‘शङ्का लाग्यो’ कि भारतले पहिल्यै आक्रमण गरिहाल्नुपर्छ भन्ने मल्लिकको उपदेश छ ।
मल्लिकले बडो चतु¥याइँपूर्वक आफ्नो दोष लुकाउँछन् । उनी लेख्छन्, “हाम्रो रक्षात्मक स्थितिकै कारण १९६२ मा पराजय भोग्नुप¥यो । १९५९ देखि नै आक्रामक भएर चीनले हमला गरिरह्यो र भारतले रक्षात्मक भएर हेरिरह्यो ।” वास्तवमा सीमामा आक्रामक बन्नुपर्ने मल्लिक र आइबीको सूचनाले नै १९५९ पछिमा सीमा झडपहरू भएका थिए । कोङका भञ्ज्याङमा गुप्तचरमाथि प्रश्न उठ्नुको कारण त्यही थियो । १९६२ मै पनि म्याकमाहोन रेखा नाघेर ढोला चौकी नबनाएको भए र सेङजोङमा भारतले आक्रमण नगरेको भए घटनाक्रम अर्कै हुनसक्थ्यो ।
मल्लिकले भारतको बृहत् रणनीतिक योजना तय गर्नुपर्ने औँल्याएका छन् । १९६२ मा भारतले प्रतिक्रियामा पाइला चालेको र कुनै ठोस रणनीतिक योजना नभएको पहिल्याएका छन् । उनी लेख्छन्, “भविष्यमा विभिन्न स्थितिमा कसरी लड्ने, चीनसँग मात्र होइन, पाकिस्तान र चीन दुवैसँग एकसाथ कसरी लड्ने भनी योजना बनाउनुपर्छ ।”
भारतीय सेनाबाट नेपाली सेनाले समेत तालिम लिने हुनाले मल्लिकको अर्को सुझाव निकै संवेदनशील छ । उनी लेख्छन्, “सेनालाई तालिम र आधुनिक हतियार दिएरमात्र पुग्दैन । वैचारिकरूपमा पनि उसलाई चीनविरोधी बनाउनुपर्छ । लिन प्याओले राजनीतिक विचारले युक्त सेनाले भौतिक अभाव झेल्नसक्ने बताएका छन् । भारतमा यस्तो तालिम दिइन्न । पाकिस्तानको सन्दर्भमा यस्तो वैचारिक शिक्षा आवश्यक छैन । भारतीयहरूमा पाकिस्तानप्रति तीव्र आक्रोश छ र उनीहरू पाकिस्तानलाई ज्यानमारा शत्रु ठान्छन् । सीमामा लडाइँ हुने बेला सीमा क्षेत्रका बासिन्दाहरू पनि सेनाको सहयोगमा आउँछन् । तर, चीनको सन्दर्भमा यस्तो हुँदैन । पञ्जाब, राजस्थान, मध्यप्रदेश वा महाराष्ट्रका गाउँले जनतालाई चिनियाँ खतराबारे थाहा हुँदैन । चीनले भारतीय जनता आफ्नो मित्र भएको र तिनलाई भारतको पुँजीवादी सरकारले सताइरहेको भनी प्रचार गरिरहन्छ । यस्तै प्रचार चीनमा गर्नसक्ने स्थिति छैन । चीनको जस्तै प्रचार केही विपक्षी पार्टीहरूले पनि चलाउँछन् । चिनियाँ जनता तानाशाही थिचोमिचोमा छन् भनी प्रचार गर्ने हामीसँग साधन छैन । चिनियाँ सेनालाई चीन सरकारले भारत चिनियाँहरूलाई नष्ट गर्न आएको भनी सिकार्उछ । भारतका गाउँगाउँमा भारत गलत नियतले चीनसँग लडिरहेको छ भनी व्यापक प्रचार हुन्छ र भारतीय सेना र प्रहरी तिनै गाउँबाट आउँछन् । लडाकुले आफ्नो परिस्थिति स्पष्टरूपमा बुझेन भने राम्ररी लड्न सक्दैन । अमेरिकी सेना यही अज्ञानताका कारण भियनताममा कमजोर बनेको थियो । अमेरिकी सैनिक आफू सही लक्ष्यका निम्ति लडिरहेको छु भन्नेमा ढुक्क थिएन । भियतनाम गुरिल्लाहरू भने लक्ष्यमा स्पष्ट थिए ।’ मल्लिक जीवित हुन्थे भने आज अत्यन्त हर्षित हुने थिए ¤ मल्लिकले चाहेजस्तै आज चीनविरोधी दुष्प्रचारमा भारतीय मिडिया निकै अगाडि बढेको छ । पत्रिका पढ्न वा टीभी हेर्न सक्ने भारतीय जनतामा पाकिस्तान र चीनप्रति बराबर घृणा पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *