जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
यो वर्ष फेडरिक एङ्गेल्सको द्विशताब्दी जन्म दिवस हो । एङ्गेल्सको दुई सयौँ जन्म दिवस मनाइरहँदा दिमागमा तीन कुरा खेलेका छन् । आजको सन्दर्भमा एङ्गेल्सका रचनाहरूलाई कसरी अध्ययन गरिनुपर्छ ? उहाँका धेरैजसो रचनाहरू तत्कालीन व्यवस्थाका रक्षकहरूविरुद्धको सैद्धान्तिक बहस थिए अथवा नयाँ र न्यायपूर्ण समाजको लागि कामदार वर्गको सङ्घर्षबारे माक्र्स र एङ्गेल्सका विचारविरुद्धका सिद्धान्तहरूको खण्डन थिए । हाम्रासामु यतिबेला तीन थरी समस्या छन्ः पहिलो कुरा त एङ्गेल्सले कुन लेख के–को खण्डनमा लेखेका थिए भन्ने कुरा बुझ्न हामीलाई गाह«ो छ । उदाहरणको लागि एङ्गेल्सको ‘डुहरिङ मतखण्डन’ लाई लिऔँ । ‘डुहरिङ मतखण्डन’ कृतिकै कारण मात्र डुहरिङ बाँचेका छन् । नत्र, उनको बारेमा हामीलाई कमैमात्र जानकारी हुने थियो ।
दोस्रो समस्या भनेको लेखको भाषा । एङ्गेल्सका कृतिहरू आफ्नो समयका लागि लेखिएका थिए । त्यसकारण ती कृतिहरूमा त्यत्तिबेलाका पाठकले स्वाभाविकरूपमा बुझ्ने अपेक्षा गरी लेखिएका विषयवस्तु हामीलाई आज बुझ्न त्यत्ति सहज छैन । तेस्रो समस्या भनेको एङ्गेल्सका कृतिमा जब विज्ञानको कुरा आउँछ, हाम्रो लागि त्यो कुनै पहाड उक्लिनु जत्तिकै हुने अप्ठ्यारो हुने गर्छ । त्यसकारण एङ्गेल्सको समयको विज्ञानभन्दा आजको विज्ञान निकै अघि बढिसकेको छ ।
त्यसो भए माक्र्स र एङ्गेल्सका त्यस्ता वैचारिक बहसभित्र पस्न हामीले के गर्नुपर्छ ? माक्र्स र एङ्गेल्सले जसको खण्डनमा ती रचनाहरू लेख्नुभएको थियो, कदाचित उहाँहरूले नलेख्नुभएको भए आलोचित व्यक्तिहरूका कृतिहरू संसारले भुलिसकेको हुनसक्छ । हामी उहाँहरूका ती आधार कृतिहरूमा पस्नु पर्नाका दुई कारण छन् । विशेषतः विज्ञानलाई प्रायशः निष्पक्ष र समाजबाट स्वतन्त्र विषयको रूपमा बुझ्न गरिएको छ । खासमा विज्ञान वर्गहरूसँग अन्योन्यास्रितरूपमा गाँसिएको छ । वर्गहरूले समाजमाथि नियन्त्रण गरेका हुन्छन् । त्यसकारण, वर्गहरूले विज्ञानको विकासमाथि पनि नियन्त्रण जमाएका हुन्छन् ।
पुँजीवादी देशहरूमा विज्ञान र प्रविधि या त युद्ध अथवा पुँजीपति वर्गको नाफासँग जोडिएको हुनु कुनै संयोगमात्र होइन । कोभिडको आजको समयमा हामी प्रत्यक्षरूपमा यो अवस्था भोगिरहेका छौँ । जनताको पैसा लगानी गरिएको भए पनि कोभिडविरोधी धेरै खोपहरू नाफाकै लागि खोज अनुसन्धान गरिएका छन् । विश्वविद्यालयहरूले हातहतियार र विज्ञानबारे अनुसन्धान गर्दा पनि हामी उस्तै सम्बन्ध पहिल्याउने गर्छौँ । बेलायती–भारतीय वैज्ञानिक जेबीएस हल्डेनले भनेका छन्, “…प्राध्यापकहरूले राजनीतिलाई छोडे पनि राजनीतिले प्राध्यापकहरूलाई कदापि छोड्दैन ।” तसर्थ, व्यक्तिगतरूपमा वैज्ञानिकहरूले आफू राजनीतिबाट टाढा भएको भने पनि विज्ञान र वैज्ञानिक अनुसन्धान सधैँ राजनीति नै हुने गर्दछ ।
दोस्रो कुरा, विज्ञान र प्रविधि प्राज्ञिक क्षेत्रमात्र होइनन् । आज विज्ञान र प्रविधि संसारको विकासका यन्त्रहरू हुन्, भलै त्यो विकासले हामीलाई खतरनाक दिशातिर डो¥याइरहेकै किन नहोस् । आणविक हतियार, हाइपरसोनिक वा अन्तरिक्षमा आधारित हतियारका खतराबारे कुरा गरिसाध्य छैन । ती विषयको ज्ञानबिना नै तिनले मानव समुदायमाथि तेर्साएका खतराबारे पनि कुरा गरिसाध्य छैन । गुगल वा फेसबुक अथवा उनीहरूको निगरानी पुँजीवाद
(सरभिलियन्स क्यापिटालिज्म) ले हामीले थाहा पाएका कुरा र पुँजीवाद स्वयम्मा कति धेरै अन्तर ल्याइसकेको छ, कुरा गरिसाध्य छैन ।
संरा अमेरिकाले आणविक हतियारमा रोक लगाउने सबैजसो सन्धिहरूबाट हात झिक्नु र नयाँ अन्तरिक्ष कमान्ड गठन गर्नु आजका नयाँ खतराहरू हुन् । तथापि, हिरोसिमा र नागासाकीमा बम हमला गर्दा हामीले संसारमा देखेजस्तो विरोध प्रदर्शनहरू अहिले भइरहेको छैन । त्यस्तै सन् १९८० दशकमा न्युट्रोन बम र अमेरिकी राष्ट्रपति रेगनको ‘स्टार वार परियोजना’ विरुद्ध भएजस्ता विरोधका कार्यक्रम पनि अहिले भइरहेका छैनन् । वैज्ञानिक समुदायमा राजनीतिप्रतिको चासोको कमीले मात्र आजको शान्ति आन्दोलन कमजोर भएको पक्कै होइन । तथापि, त्यो पनि एउटा कारण भने अवश्य हो । दोस्रो विश्व युद्धपछि संसारमा शान्ति र आणविक हतियारविरोधी सङ्घर्षमा वैज्ञानिकहरूले अहम् भूमिका खेलेका थिए । वैज्ञानिकहरूका कामको परिणामबारे कुरा गर्नमात्र नभई विज्ञान र प्रविधिबारे माक्र्सवादी दृष्टिकोणमार्फत वैज्ञानिकहरूको कल्पनाशीलता विस्तार गर्न पनि वामपन्थीहरू विज्ञान र प्रविधिको क्षेत्रमा प्रवेश गर्न जरुरी छ । समाजको त्यो हिस्सालाई वामपन्थीहरूले नसमेट्दासम्म हामीले आणविक युद्ध, जनस्वास्थ्य, कोभिड–१९ महामारीदेखि निगरानी पुँजीवादसम्मका बृहत् विषयहरूको छलफलमा वामपन्थीहरू कमजोर ठहरिनेछन् ।
माक्र्सवादले समाजमा विज्ञानको फराकिलो प्रभाव देखाएको हुनाले माक्र्सवादले वैज्ञानिक, चिकित्सक र प्राविधिकहरूलाई सधैँ आकर्षित गर्ने गरेको छ । माक्र्सवादले विज्ञान प्रविधिलाई समाजले भोग्दै आएका जीवन्त समस्यासँग जोड्दै आएको छ । कोभिड–१९ महामारीको क्रममा विकसित पुँजीवादी देशहरूले आफ्नो अर्थतन्त्रमा खतरा आइलाग्दा गरेका गतिविधिबाट हामीलाई प्रविधिको इतिहास र विज्ञान तथा उत्पादनसँग त्यसको सम्बन्ध थप प्रस्ट भएको छ । तर, कुनै सङ्क्रामक रोग गरिब देशको मात्र समस्या भएको भए उनीहरूले यस्तो अग्रसरता लिएका हुन्थेनन् ।
के यो अवस्थाले स्वतः स्फुर्त जनतालाई पुँजी, नाफा र जनस्वास्थ्यबीच सम्बन्ध बुझ्ने बनाउला ? अहँ । विज्ञानसम्बन्धी बृहत् आन्दोलन अथवा जनस्वास्थ्य आन्दोलनमार्फत जनतासम्म हाम्रो बुझाइ राख्न नसक्दासम्म त्यसो हुन सम्भव छैन । त्यसको निम्ति हामी वैज्ञानिक समुदायमा पस्न जरुरी छ ।
हो, यहीँनेर हामीलाई एङ्गेल्स र उहाँका भौतिकवादी द्वन्द्ववादको खाँचो पर्दछ । आफ्नो समयको विज्ञान र प्रविधिमाथि माक्र्स र एङ्गेल्स दुवैको गहिरो चासो थियो । विज्ञान र प्रविधि क्षेत्रका प्रगतिलाई उहाँहरू नजिकबाट पछ्याउनुहुन्थ्यो । प्रविधिप्रति माक्र्सको गहिरो चासो भएको कुरा बेलायतका कपडा बुन्ने कारखानामा प्राविधिक परिवर्तनसम्बन्धी उहाँका लेखहरूबाट परख गर्न सकिन्छ । भूमिको तिरोसम्बन्धी लेखमा माटोको उत्पादकत्वमा रसायनिक मलको प्रयोगले कतिको प्रभाव पार्न सक्छ भन्ने विषयमा माक्र्सले उत्सुकता देखाउनुभएको छ । तर, विज्ञानको कुरा आउँदा भने उहाँले त्यसबारे चासो र जानकारी राख्नुहुने एङ्गेल्सको जिम्मामा छोड्नुहुन्थ्यो । एङ्गेल्सले ‘डुहरिङ मतखण्डन’ मा डुहरिङको अधिभूतवादी (मेटाफिजिकल) चिन्तनको खण्डन गर्दै द्वन्द्ववादबारे व्याख्या गर्नुभएको छ । उहाँले ‘लुडविग फायरबाख र परम्परागत जर्मनी दर्शनको अन्त्य’ र पूर्णता पाउन नसकेको ‘प्रकृतिमा द्वन्द्ववाद’ मा भौतिकवादी द्वन्द्ववादबारे व्याख्या गर्नुभएको छ ।
हेगेलवादी आदर्श द्वन्द्ववाद (Hegelian Idealist Dialectics) ले दार्शनिकरूपमा प्रकृतिमा आफ्ना नियम थोपर्ने गरेको छ भने प्रकृतिबारे द्वन्द्ववाद र भौतिकवाद दुवैबाट त्यस्तो थोप¥याइँको खण्डन भएको छ । बरु, भौतिकवादसँग सबभन्दा नजिकको यथार्थवादी दर्शन (Realist School) ले आफ्ना सिद्धान्तमार्फत विज्ञानले व्याख्या गर्ने संसारको बाह्य यर्थाथ स्वीकार गर्दैै आफूलाई भौतिकवादी भन्न अस्वीकार गरेको छ । भौतिकवाद माक्र्स, एङ्गेल्स र पछि कम्युनिस्टहरूसँग जोडिएको ‘दाग लागिसकेको’ शब्द हो । द्वन्द्ववादबाट पछाडि हट्नु पनि वैज्ञानिकहरूबीच विज्ञानको लागि दर्शनको खाँचो पर्ने मान्यता अस्वीकार गर्दा र विज्ञान आफैमा पूर्ण भएको मान्यता बोक्नुको परिणाम हो । यो मान्यता बोक्ने वैज्ञानिकहरूले विज्ञानको लागि त्यसका विभिन्न क्षेत्रलाई एकीकृत गर्ने कुनै साङ्गठनिक सिद्धान्त आवश्यक नहुने मत राख्छन् ।
द्वन्द्ववादसँग फराकिलो साङ्गठनिक सिद्धान्त हुन्छ जसमार्फत हामीले विज्ञानका विभिन्न हिस्सालाई एकीकृत बनाउन सक्छौँ । द्वन्द्ववादले पदार्थसहित सबै कुरा गतिमा हुन्छ अथवा परिवर्तनको प्रक्रियामा हुन्छ भन्ने कुरामा विश्वास गर्छ । हामीले समाज वा प्रकृतिलाई नियाल्दा तिनलाई अपरिवर्तनशीलको रूपमा नभई परिवर्तनशीलताको कोणबाट हेर्नुपर्छ ।
‘डुहरिङ मतखण्डन’ मा एङ्गेल्सले द्वन्द्ववादका तीन सिद्धान्त अघि सार्नुभएको छ ः परिमाणात्मकबाट गुणात्मक परिवर्तन (यसलाई भौतिकशास्त्रीहरू चरण परिवर्तन भन्छन्), प्रकृतिमा अन्तरविरोधको भूमिका र बढ्दो जटिलताबाट नयाँ उदयीमान विशेषताको विकास (निषेधको निषेध नियम) । विज्ञानले यी नियमहरूलाई निश्चित प्रक्रियामा मात्र सीमित बनाउन खोजेको हुन्छ । तर, यी नियमहरूलाई हामीले फराकिलो साङ्गठनिक सिद्धान्तको रूपमा हेर्न जरुरी छ जसभित्र रहेर हामीले वैज्ञानिक नियमहरू बुझ्ने गर्छौँ ।
माक्र्सले आफ्ना आर्थिक सिद्धान्तहरू द्वन्द्ववादी दर्शनबाट विकास नगरेको लेख्नुभएको छ । तर, माक्र्सका पुँजीका नियमहरू द्वन्द्ववादका नियमअनुसार छन् । एङ्गेल्सले पनि द्वन्द्ववादका नियमलाई विज्ञानमा मिलाउन भन्नुभएको छैन । तर, विज्ञानमा आधारित प्रकृतिका नियमलाई पनि द्वन्द्ववादी दर्शनको ढाँचाभित्र राख्न सकिने देखिन्छ ।
‘प्रकृतिमा द्वन्द्ववाद’ लेखलाई एङ्गेल्सले पूर्णता दिन पाउनुभएन । विख्यात विकासवादी जीव वैज्ञानिक तथा बेलायती माक्र्सवादी हेल्डेनले सन् १९३९ मा प्रकाशित ‘प्रकृतिमा द्वन्द्ववाद’ को भूमिकामा लामो समय सो पुस्तक प्रकाशनमा नआउनु दुःखको कुरा भनी लेखेका थिए । भूमिकामा उनले लेखेका छन्, “डार्बिनवादसम्बन्धी एङ्गेल्सका यी टिप्पणीहरू पहिले नै थाहा हुँदो हो त अलमलपूर्ण सोचाइको समयबाट मेरो केही समय जोगिने थियो ।” सो कृतिमा एउटा अर्को पूर्णता पाउन नसकेको एङ्गेल्सको धारणा मानिसको विकासक्रममा श्रमको भूमिकासम्बन्धी धारणा थियो । विशेषतः मानिसको हातको विकासक्रममा श्रमको भूमिकासम्बन्धी उहाँको धारणाले पूर्णता पाएन । श्रमकै कारण मानिसमा हातको विकास भयो । त्यही हातले नै मानिसलाई बाँदर (एप्स) भन्दा भिन्न बनायो । एङ्गेल्सले लेख्नुभएको छ,“त्यसकारण मानिसको हात श्रम गर्ने शरीरको अङ्गमात्र होइन, श्रमको परिणाम पनि हो ।” हातकै कारण एउटा अलग प्रजातिको रूपमा मानिसको विकास भएको थिएन । बरु एउटा ऐतिहासिक प्रक्रियाको रूपमा हात र श्रमको सह–विकास भएको थियो ।
विकासक्रमको सिद्धान्तमा एङ्गेल्सले लामार्कवादको सहायता लिएको भनी आलोचना हुने गरेको छ । त्यसकारण श्रमशिल्पको विरासतबारे एङ्गेल्सको व्याख्याको पनि आलोचना हुने गरिन्छ । तर, मानिसहरू डार्बिनले प्राकृतिक छनोटको सिद्धान्त प्रतिपादन गर्दै गर्दा लामार्कको पुख्र्याेली चरित्रको विरासतसम्बन्धी सिद्धान्तलाई ‘विकासक्रमको चालक’ को रूपमा व्याख्या गरेको भुल्छन् । सन् १८६८ मा प्रकाशित आनुवंशिकतासम्बन्धी एङ्गेल्सको सिद्धान्तमा विकासक्रमसम्बन्धी सिद्धान्तलाई उहाँले पानजेनेसिस (Pangenesis) भन्नुभएको छ । त्यो सिद्धान्त प्राकृतिक छनौट र लामार्कको पुर्खौली चरित्रको विरासतसम्बन्धी दुवै सिद्धान्तमा आधारित थियो । जीवशास्त्रीहरूलाई अनुवंशिकतासम्बन्धी मेन्डेलिनको सिद्धान्त त्यत्तिबेला थाहा थिएन । धेरै पछि मात्र मेन्डेलिनको अनुवंशिकतासम्बन्धी सिद्धान्त जीवविज्ञानमा सामेल गरिएको थियो ।
एङ्गेल्सको प्रमुख योगदान भनेको प्रकृति स्वयम् पनि परिवर्तनशील भएको देखाउनु थियो । उहाँले प्रकृति परिवर्तनशीलमात्र होइन, बरु प्रकृतिका सबै प्रजातिजस्तै प्रकृति आफैको पनि विकासक्रम (इभोल्युसन) भइरहेको देखाउनुभयो । परिवर्तनको बहुआयामिक प्रक्रिया र एउटा ऐतिहासिक प्रक्रियाको रूपमा विकासक्रम (इभोल्युसन) को प्रकृति र मानिससहित प्रकृतिका सबै प्रजाति हिस्सा हुन् ।
माक्र्स र एङ्गेल्सको अध्ययनको एउटा प्रमुख विषय विज्ञान, प्रविधि र उत्पादनसँग त्यसको सम्बन्धको अध्ययन पनि थियो । माक्र्सले उद्योग र कृषि क्षेत्रको प्रविधिमा आएको परिवर्तनबारे आफ्नो अध्ययनलाई केन्द्रित गर्नुभयो । त्यसकारण उहाँलाई प्राविधिक परिवर्तनबारे मात्र होइन, त्यस्तो परिवर्तन सम्भव बनाएको विज्ञानको उच्चतालाई बुझ्न पनि कोही अर्को मानिसको आवश्यकता थियो । माक्र्स आफै पनि विज्ञानमा भइरहेका प्रगतिबारे चासो राख्नुहुन्थ्यो । तर, प्रविधिलाई प्रभाव पार्ने विज्ञानका पछिल्ला विकासबारे बुझ्नु परे प्रायशः एङ्गेल्सको भरपर्नुहुन्थ्यो ।
एङ्गेल्सले औद्योगिक क्रान्तिको परिणामस्वरुप बेलायतका मजदुरहरूको अवस्थाबारे मात्र लेख्नुभएन बरु मेनचेस्टरको एउटा कपडा कारखानाको साझेदारको रूपमा पनि काम गर्नुभएको थियो । बेलायतको औद्योगिक क्रान्तिबारे उहाँ अद्याविधक हुनुहुन्थ्यो । बेलायतका रसायनशास्त्री एवम् आजीवन कम्युनिस्ट कार्ल स्कोरलेम्मरको उहाँ नजिकको मित्र हुनुहुन्थ्यो । स्कोरलेम्मर आफ्नो समयमा प्रतिष्ठित वैज्ञानिक हुुनुहुन्थ्यो । उहाँ शाही समाज (रोयल सोसाइटी) को एक जना प्राज्ञ पनि हुनुुहुन्थ्यो । उहाँबाट नै माक्र्स र एङ्गेल्सले विज्ञानबारे बुझ्ने गर्नुहुन्थ्यो ।
विज्ञानबारे लेख्ने विषयमा माक्र्स र एङ्गेल्सबीच कार्यविभाजन थियो । त्यस्तै परिवर्तनशीलतालाई प्रकृति र समाजको आधार चरित्रको रूपमा नस्वीकार्ने अधिभूतवादी चिन्तनको प्रतिरोधमा पनि उहाँहरूको कार्यविभाजन थियो । माक्र्सको पुँजी, विशेषतः पहिलो औद्योगिक क्रान्तिमा प्रविधिको इतिहासबारे सबभन्दा गहन कृतिमध्ये एउटा हो भने ‘प्रकृतिमा द्वन्द्ववाद’ विज्ञानको विकासबारे एङ्गेल्सको गहिराई उजागर गर्छ । एङ्गेल्सले विज्ञानको बुझाईमा आफ्नो जीवन बिताउनुभयो । ‘प्रकृतिमा द्वन्द्ववाद’ पुस्तक लेखनलाई उहाँले पूर्णता दिन पाउनुभएन ।
माक्र्सवाद उत्पादनवादी पूर्वाग्रह (a productivist bias) बाट पीडित भएको भनी धेरै आलोचकहरूले आलोचना पनि गर्ने गरेका छन् । उत्पादनवादी पूर्वाग्रह भन्नाले उत्पादक शक्तिको विकासको लागि प्रकृति असीमित स्रोत हो भन्ने सोचाइ हो । भारतमा गान्धीवादीहरूले पनि माक्र्सवादलाई त्यसरी नै आलोचना गर्ने गर्छन् । गान्धीवादीहरू माक्र्सवाद र पुँजीवाद दुवैले औद्योगिक विकासलाई मात्र बढी ध्यान दिने गरेको र यसले प्रकृतिमा परिवर्तन र पर्यावरणीय सङ्कट निम्तिने भनी आलोचना गर्ने गर्छन् ।
तर, माक्र्स र एङ्गेल्सले प्रकृतिमा अथाह क्षति र दिगो उत्पादनको अक्षमताबारे विस्तृतरूपमा लेख्नुभएको छ । त्यसले उत्पादनलाई अकल्पनीय तहसम्म विस्तार गर्नसक्छ । मेसापोटामियाको मरुभूमिकरणदेखि भारतमा बेलायतीहरूको विध्वंसकारी नीतिको कारण ध्वस्त भएको कपास उद्योगलाई उदाहरणको रूपमा लिन सकिन्छ । ‘पुँजी’ को भाग दुईमा माक्र्सले लेख्नुभएको छ, “बेलायती कपास उद्योगले भारतमा गम्भीर प्रभाव पा¥यो । सन् १८३४–३५ मा गर्भनर–जनरलले प्रतिवेदनमा लेखेका छन्–व्यापारको इतिहासमा त्यत्ति लोभको अर्को उदाहरण भेटाउन मुस्किल पर्छ । कपास उद्योगका मजदुरहरूको हड्डीले भारतको मैदानको रङ बद्लिरहेको छ ।”
एङ्गेल्स प्रकृतिको उत्पादनशील क्षमतामाथि पुँजीवादले ते¥साएका चुनौतीबारे पूर्णतः सचेत थिए । मन्थली रिभ्युमा जोन बेलामी फोस्टर लेख्छन्, “डुहरिङ मतखण्डनमा एङ्गेल्सले पुँजीपति वर्गलाई त्यस्तो वर्गको संज्ञा दिनुभएको छ, जुन वर्गको नेतृत्वमा समाज अवसानतिर दौडिरहेको छ जसरी कुनै औजारमा बन्द भएको सुरक्षा भल्भ खोल्न चालक ज्यादै कमजोर छन् ।” “आफैले विकास गरेको उत्पादक शक्तिलाई आफ्नो नियन्त्रणमा राख्न पुँजीवादी असमर्थ हुन्छ । साथै प्रकृति र समाजमा पुँजीवादले थोपर्ने घातक प्रभावलाई पनि पुँजीवादलाई तह लगाउन सक्दैन । जसले पुँजीवादी समाजलाई अवसानतिर धकेलिरहेको हुन्छ । अर्थात् क्रान्तिको बाटोतिर डो¥याइरहेको हुन्छ ।”
त्यसकारण एङ्गेल्स भन्नुहुन्छ,“यदि सिङ्गो आधुनिक समाज ध्वंस नगर्ने हो भने उत्पादनका साधन र वितरणमा क्रान्ति हुन आवश्यक छ ।”
पुँजीवादले प्रकृतिमा गरेको विनाशबारे बेवास्ता गर्नुको सट्टा एङ्गेल्स र माक्र्स प्रकृतिमा सङ्कटबारे सचेत हुनुहुन्थ्यो । पर्यावरणीय समाजवादी आन्दोलनकारीले पुँजीवादी उत्पादनका समस्या समाधान गर्न कामदार वर्गको आन्दोलनको आवश्यकतामा जोड दिएको छ । पुँजीवादी उत्पादनले आफ्नो नाफा र शेयर बजारमा आफ्नो शेयरको मूल्यको वृद्धिबाहेक परको कुरा सोच्ने गर्दैन ।
वामपन्थी आन्दोलनले पुँजीवादी स्वार्थले सिर्जना गरेका बहुपक्षीय सङ्कटसँग लड्न सर्वोत्कृष्ट वैज्ञानिक र प्राविधिक प्रतिभालाई अघि ल्याउन जरुरी छ । स्वतन्त्रता आन्दोलनको क्रममा हामीले त्यस्तै गरेका थियौँ । हामीले विज्ञान, प्रविधि र समाजभित्रै अरू वैकल्पिक बाटो देखाउन जरुरी छ । निसन्देह विज्ञान र प्रविधि आफँैले समाज र प्रकृतिका समस्या समाधान गर्दैन । तर, विज्ञान र प्रविधिको सहायताबिना समाधान सम्भव छैन । विज्ञान र प्रविधि आफै समाधानका हिस्सा हुन् । एङ्गेल्सले हामीलाई यही उदाहरण देखाउनुभएको छ र हामीले त्यो उदाहरण पछ्याउन आवश्यक छ ।
स्रोत : पिपुल्स डिस्प्याच
नेपाली अनुवाद : सुमन
Leave a Reply