जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
सम्बन्धको पुनः सुरूआत
राष्ट्रपति निक्सनले एउटा टोली गुप्त ढङ्गमा पेचिङ्ग पठाउने तयारी गरे । हेनरी किसिङ्गरको नेतृत्वमा पेचिङ्गका लागि टोली प्रस्थान ग¥यो । बैङ्कक, दिल्ली हुँदै रावलपिंडी पुग्यो । टोली ठूलो भए पनि एउटा मुख्य टोली बनाइएको थियो जसमा अरू पाँच जना थिए । सञ्चारकर्मीलाई छल्नुपर्ने बाध्यता थियो । यात्राको उद्देश्य र गन्तव्यबारे राष्ट्रपति, कर्णेल अलेक्जान्डर र किसिङ्गरलाई बाहेक कसैलाई थाहा थिएन । रावलपिंडी पुगिसकेपछि किसिङ्गरले बिवरामी परेको अभिनय गरे । अठ्चालीस घण्टाका निम्ति पाकिस्तानकै हिमाली क्षेत्रको हिल स्टेसनमा किसिङ्गर पुगे ।
अमेरिकी प्रतिनिधिमण्डल जुलाइ ९,१९७१ मा पेचिङ्ग पुग्यो । चीनले स्वागतमा कुनै कञ्जुस्याईँ गरेन । बसाइ अवधिभर आतिथ्य सत्कारमा कुनै कमी नभएको किसिङ्गर सम्झन्छन् । सम्पूर्ण व्यवस्थापन, जिम्मेवारी बाँडफाँड उच्च कोटीको थियो ।
प्रतिनिधिमण्डललाई पेचिङ्ग विमानस्थलमा मार्शल ये चियानयीङ्ग (थ्भ व्भबलथष्लन) ले हार्दिक स्वागत गरे । प्रतिनिधिमण्डल बसेकै ठाउँमा प्रधानमन्त्री चाउ एनलाइ पुग्नुभयो । मर्यादा क्रमले किसिङ्गर राष्ट्रिय सुरक्षा सल्लाहकार अर्थात् तीन तहमुनि थिए । प्रम चाउले उच्च महत्व तथा आत्मीयता प्रदर्शन गर्नुभयो । कूटनीतिक तह या मर्यादाभन्दा पनि दुई आत्मीय मित्रहरूको पुनर्मिलनभैmँ देखिन्थ्यो । कुराकानीमा बौद्धिकता प्रस्ट झल्किरहेको थियो । अन्तर्राष्ट्रिय सम्बन्ध विषयका दुई प्राध्यापकहरूको वार्तालाप चलेझैँ कुराकानी चल्यो ।
प्रम चाउ आउनु हुँदा किसिङ्गरले हात मिलाउन पहिला हात दिनुभयो । सन् १९५४ मा जेनेभा सम्मेलनको क्रममा अमेरिकी विदेशमन्त्री जोन फोस्टर डलेसले प्रम चाउसँग हात मिलाउन अस्वीकार गरेका थिए । अमेरिकी प्रतिनिधिमण्डलका सदस्यहरूको मनमा त्यो घटनाले सताइरहेको थियो । यद्यपि, अध्यक्ष माओको साथमा क्रान्ति, युद्ध, उथलपुथल र कूटनीतिक व्यवहारमा करिब आधा शताब्दी व्यतित गरिसक्नुभएका प्रम चाउसँग पहिलो पटक भेटिरहँदा अमेरिकी टोली फरक अनुभव गर्दै थियो ।
प्रम चाउ एनलाइसँग भेट
“मेरो साठी वर्षको सार्वजनिक जीवनमा मैले चाउ ऐनलाइ जति प्रभावशाली व्यक्तित्वका धनी कोही भेटेको छैन ।” हेनरी किसिङ्गर खुसीपूर्वक स्मरण गर्छन् । उनी अगाडि भन्छन्, “मैले उनलाई भेट्दा उनले बाइस वर्ष प्रधानमन्त्री र चालीस वर्ष माओका सहयोद्धा भई काम गरिसकेका थिए ।” प्रम चाउको बौद्धिकताबाट आफू निकै प्रभावित भएको किसिङ्गरले सहर्ष स्वीकारेका छन् । प्रम चाउ एउटा भनाइ सधैँ दोहो¥याउनुहुन्थ्यो, “माझीले सधैँ आँधीबेहरीसँग जुझ्नुपर्छ ।” उहाँ आफ्नो कार्यशैली, चुनौती तथा गहन जिम्मेवारीबारे प्रस्ट पार्ने क्रममा त्यसो भन्नुहुन्थ्यो । चाउ एनलाइको अत्यन्त व्यवस्थित तथा संवेदनशील तरिकाले काम गर्ने शैलीका कारण दुई फरक धारका देश तथा शत्रुतापूर्ण स्थितिबाट गुज्रिरहेका देशबीच बीस वर्षपछि सुरू भएको वार्तामा खासै अप्ठ्यारा, तीतापिरा घटना घटेनन् । पहिलो भेट अत्यन्त सौहर्दपूर्ण वातावरणमा सम्पन्न भयो । प्रम चाउले चीन – संरा अमेरिकाबीच मित्रता पुनः स्थापित गर्नु नै मुख्य उद्देश्य रहेको प्रस्ट पार्नुभयो ।
तीन महिनापछि किसिङ्गर र प्रम चाउबीच दोस्रो भेट भयो । त्यस भेटमा प्रम चाउले पुराना मित्रहरूलाई झैँ नजिकको व्यवहार गर्नुभयो । प्रम चाउले भन्नुभयो, “यो दोस्रो भेट हो । तर म खुलस्त बोल्दै छु । तपाईं र विन्स्टन लर्ड यसबारे अवगत हुनुहुन्छ तर डायना र नयाँ साथी (कमान्डर जोन) भने अझै अवगत हुनुहुन्न । चिनियाँ कम्युनिस्ट पार्टीको तीन वटा टाउको र ६ वटा हात छ भनेर तपाईंहरूले सोच्नुभएको हुनुपर्छ । तर, हेर्नुस् त म पनि तपाईंहरूजस्तै छु । त्यस्तो मान्छे जोसँग तपाईंहरू तर्कसहित इमानदारीपूर्वक कुरा गर्नसक्नुहुन्छ !”
सन् १९७३ मा किसिङ्गरलाई स्वागत गर्ने क्रममा अध्यक्ष माओले भन्नुभयो, “संरा अमेरिका र चीन एक समय ‘दुई शत्रु’ थिए । तर, अहिले हामी सम्बन्धलाई मित्रतामा परिणत गर्दै छौँ ।”
प्रम चाउ र किसिङ्गरबीचमा भेटघाट मित्रवत त थियो नै, प्रम चाउको भद्र, विनम्र व्यवहार र सरलता विशेष खालको थियो । आफ्नो मित्रलाई उच्च आदरमात्र होइन उच्च स्थान तथा महत्व दिन प्रम चाउ चुक्नुभएन । प्रम चाउले भन्नुभयो, “प्रशान्त महासागरको दुई छेउका हाम्रा दुई देश । तपाईंको देश दुई सय वर्षको इतिहास भएको । तर, नयाँ चीन स्थापनालाई हेर्दा हाम्रो देश मात्र बाइस वर्षको इतिहास बोकेको । त्यसकारण, हामी तपाईंहरूभन्दा कम उमेरका छौँ ।” आश्वस्त पार्दै प्रम चाउले अर्को प्रसङ्गमा भन्नुभयो, “अध्यक्ष माओले विभिन्न अवसरमा भन्नुभएको छ कि चीन महाशक्ति देश बन्ने छैन । कुनै पनि देश, सानो होस् या ठूलो, समान बन्नका निम्ति सक्दो मेहनत गर्नेछौँ ।”
अर्को पाँच दश वर्षमा चीनले द्रुत ढङ्गमा आर्थिक विकास गरेता पनि महाशक्तिको होडमा लाग्ने या दम्भ देखाउनेतिर नजाने प्रस्ट पा¥यौ ।
प्रम चाउ र किसिङ्गरबीचको भेटघाटमा विशेषतः थाइवान, भियतनाम र सांस्कृतिक क्रान्तिबारे छलफल भयो । प्रम चाउले ‘एक चीन नीति’ मा संरा अमेरिका सहमत हुनुपर्नेमा जोड दिनुभयो । थाइवान चीनको अभिन्न अङ्ग मान्दै त्यहाँ र वरपरबाट निश्चित समयभित्र अमेरिकी सेना फिर्ता लानुपर्ने धारणा उहाँले राख्नुभयो । ‘एक चीन नीति’ मा संरा अमेरिकाले पाइला–पाइला गरी सहमति जनायो ।
सन् १९७१ सम्म पेचिङ्गलाई चीनको राजधानीको मान्यता संरा अमेरिकाले दिएको थिएन । एकले अर्कोको राजधानीमा राजदूत पठाइसकेको थिएन । थाइवानको थाइपेइमा आधिकारिक प्रतिनिधि थिए भने पेचिङ्गलाई कुनै किसिमको मान्यता थिएन ।
प्रम चाउ र निक्सन राति अबेरसम्म बसेपछि दुई देशबीचको प्रेस वक्तव्य तयार भयो । “यो वक्तव्यले संसार हल्लाउनेछ ।” प्रम चाउले भन्नुभयो । जुलाई १५ को दिन पेचिङ्ग र लसएन्जेल्सबाट एउटै समयमा त्यो गोप्य भ्रमण र अध्यक्ष माओले राष्ट्रपति निक्सनलाई दिनुभएको निम्तोबारे जानकारी सार्वजनिक गरियो ।
राष्ट्रपति निक्सन चीनमा : अध्यक्ष माओसँग भेट
अमेरिकी टोलीले गुप्त ढङ्गमा चीन भ्रमण गरेको सात महिनापछि अर्थात्् सन् १९७२ को फेब्रुअरी २१ को दिन राष्ट्रपति निक्सन पेचिङ्ग पुगे । विश्व राजनीतिमा त्यो एउटा विशिष्ट घटना थियो । एकजना कम्युनिस्टविरोधी अमेरिकी राष्ट्रपति कम्युनिस्ट नेता भेट्न चीन पुगेका थिए । विश्वले आश्चर्यपूर्वक हेर्दै थियो । दुई देशको लामो शत्रुतापूर्ण स्थितिलाई चिर्दै संरा अमेरिका र चीनबीच नयाँ खालको मित्रता पुनः सुरु हुँदै थियो ।
राष्ट्रपति निक्सन विमानबाट एक्लै छिट्टै प्रम चाउलाई भेट्न चाहन्थे । अमेरिकी विदेशमन्त्री डलेसले गरेको अपमानजनक व्यवहार (प्रम चाउसँग जेनेभा सम्मेलनमा हात मिलाउन अस्वीकार) को राष्ट्रपति निक्सन क्षतिपूर्ति दिन चाहन्थे । निक्सनले प्रम चाउतिर सर्वप्रथम हात बढाए । शिष्टताका कारण चीनले त्यो विषयबारे धेरै ठूलो होहल्ला गरेन ।
चिनियाँ कारमा बसेर निक्सन अध्यक्ष माओलाई भेट्न उहाँको निवासमा गए । अमेरिकी सुरक्षाकर्मीलाई प्रवेश अनुमति दिइएको थिएन । सञ्चारकर्मीलाई पनि अनुमति थिएन । अध्यक्ष माओ सामान्य कुर्सीमा हुनुहुन्थ्यो । पुस्तक नै पुस्तकले भरिएको कोठामा भेटघाट भयो । फोक्सोको समस्याबाट उहाँ पीडित हुनुहुन्थ्यो । यताउति हिँड्न असजिलो थियो । तर, उहाँको उत्साह, इच्छाशक्ति र प्रतिबद्धता पटक्कै कमजोर थिएन । अध्यक्ष माओले आफ्ना दुई हातले निक्सनको हात लिनुभयो । अध्यक्ष माओको अनुहार मुस्कानले उज्यालो थियो । त्यो पहिलो भेटको फोटो सम्पूर्ण चिनियाँ सञ्चारमाध्यममा विशेष महत्वका साथ प्रकाशित भयो ।
अध्यक्ष माओले चीन र संरा अमेरिकाबीच युद्धको स्थिति नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “तपाईं आफ्ना केही फौज फिर्ता बोलाउन चाहनु हुन्छ, हाम्रो त बाहिर जाँदै जाँदैन ।” उहाँले चीन र संरा अमेरिकाबीचको सम्बन्धमा विचारधाराले त्यति महत्व नराख्ने स्पष्ट पार्नुभयो । अमेरिकी प्रतिनिधिमण्डलले बैठक, वार्ता, दृश्यावलोकन र रात्रीभोज गर्दै पाँच दिन बितायो ।
निक्सन – चाउ वार्ता र साङ्घाइ वक्तव्य
प्रम चाउसँगको भेटमा राष्ट्रपति निक्सनले हाल केही समस्या भए पनि चीन एक दिन पहिलो नम्बरको विश्वशक्ति बन्ने अनुमान गर्नुभयो । उहाँले दुबै देश आ–आफ्नो सिद्धान्तमा अडिग रहने र सिद्धान्तमा सम्झौता गर्न आवश्यक नहुने स्पष्ट पार्नुभयो ।
निक्सन भ्रमणको चार महिनापछि मात्र साङ्घाई वक्तव्य पारित भयो । वक्तव्यमा संरा अमेरिकाले एक चीन नीति मान्ने, थाइवानको स्वतन्त्रता आन्दोलनमा नसघाउने, पेचिङ्ग र थाइपेइबीच हुने शान्तिपूर्ण सम्झौताको समर्थन गर्ने आदि त्यसमा उल्लेख गरिएको थियो ।
अध्यक्ष माओसँग कुराकानी
किसिङ्गरको गुप्त चीन भ्रमणले दुई देशबीच सम्बन्ध पुनः स्थापित ग¥यो । निक्सनको भ्रमणले रणनीतिक सहकार्य सुरु ग¥यो । सहकार्यको सैद्धान्तिक ढाँचा बनाउनै बाँकी थियो । साङ्घाइ वक्तव्यले दुई देशबीच एकप्रकारको गठबन्धन तयार गरेको थियो । आधुनिक चीन स्थापना भएपछि चीन र सोभियत सङ्घबीच गठबन्धन बनेको थियो । उत्तर कोरियासँग सन् १९६१ मा मित्रता, सहकार्य तथा आपसी सहयोग सन्धि सम्पन्न भयो । यथार्थमा निक्सनको भ्रमणपछि अनौपचारिक सहमतिबाट अघोषित गठबन्धन निर्माण भएको थियो । अध्यक्ष माओ र प्रम चाउसँग सन् १९७३ को फेबु्रअरी र नोभेम्बरमा भएको कुराकानीबमोजिम दुई देश अगाडि बढेका थिए ।
दुई देशबीचको सम्बन्धको सुरुआती वर्षहरूमा चिनियाँ नेताहरूले संरा अमेरिकी साम्राज्यवादविरुद्ध सैद्धान्तिक हमला गर्न छोडेका थिएनन् ।
किसिङ्गरसँगको कुराकानीमा अध्यक्ष माओले आपूmलाई सोभियत नेताहरूले सैद्धान्तिक सङ्घर्ष रोक्न अनुरोध गरेको तर त्यो पुस्तौँ पुस्तासम्म जाने बताएको उल्लेख गर्नुभयो । रसिलो पारामा उहाँले सैद्धान्तिक सङ्घर्ष दस हजार वर्षसम्म चल्ने बताउनुभएको थियो । अध्यक्ष माओले थाइवानको समस्या शान्तिपूर्ण ढङ्गमा समाधान हुनेमा कममात्र विश्वास भएको बताउनुभयो । कुनै दिन शक्ति प्रयोगको आवश्यकता हुनसक्ने तर एक सय वर्षसम्म कुर्न पनि चीन तयार हुने स्पष्ट पार्नुभयो ।
चीनले ‘अन्तरविरोधको उपयोग र शत्रुलाई एक एक गरी परास्त गर्ने’ नीति अवलम्बन गरेको थियो । दुई परमाणु महाशक्ति राष्ट्रलाई चीनविरुद्ध मिल्न नदिने चीनको योजना थियो । चीन र संरा अमेरिकाबीच मित्रता बढेपछि सोभियत सङ्घको शङ्का बढ्ने संरा अमेरिका र सोभियत सङ्घबीच तनाव या मनमुटाव बढ्ने अध्यक्ष माओको अनुमान थियो । अघिल्लो अनुमान मिलेता पनि पछिल्लो सही हुन सकेन । मस्कोले पनि वाशिङ्गटनसँग सम्बन्ध विकास गर्न ताकेता ग¥यो । संरा अमेरिकाले सोभियत सङ्घबाट चीनविरुद्ध दबाब बढाइएको खण्डमा चीनलाई सहयोग गर्ने घोषणा ग¥यो ।
अध्यक्ष माओले परमाणु हतियार प्रयोग गरी चिनियाँ जनतालाई मार्न खोजे पनि चीन नयाँ ढङ्गमा उठ्ने विश्वास व्यक्त गर्नुभयो । चिनियाँ जनताले नझुक्ने आत्मविश्वास व्यक्त गर्नुका साथै आपूm र आफ्नो सेनामा विश्वास गुमाएकाले मात्र परमाणु हतियारमा बढ्ता विश्वास गर्ने चर्चा गर्नुभयो । कसैको परमाणु हतियारको छाता ओढ्न पनि चीनका निम्ति स्वीकार्य नहुने घोषणा गर्नुभयो ।
सन् १९७४ को अगष्ट ८ मा वाटरगेट काण्डका कारण राष्ट्रपति निक्सनले राजिनामा दिए । पेचिङ्गले वाशिङ्गटनसँग सम्बन्ध बढाउनुको खास कारण सोभियत विस्तारवादलाई रोक्नका निम्ति थियो । तर, अध्यक्ष माओ र प्रम चाउले सोभियत सङ्घ र चीनलाई आपसमा भिडाउन खोजेको र दुबैलाई सिध्याउन गम्भीर खेल खेलिरहेको चाल पाउनुभयो । संरा अमेरिकाले ठूलो धोका दिएको चीनको आरोप थियो ।
प्रधानमन्त्री चाउ एनलाइका अन्तिम दिन
सन् १९७२ देखि नै अध्यक्ष माओको स्वास्थ्य कमजोर हुन थालिसकेको थियो । उहाँको स्वास्थ्यमा समस्या देखिन थालेसँगै चीनको नयाँ नेतृत्वबारे छलफल सुरु भयो । त्यस क्रममा आन्तरिक सङ्घर्ष सुरु भएको र त्यसले चीन – संरा अमेरिका सम्बन्धको विकासमा पनि प्रभाव पारेको किसिङ्गर लेख्छन् । चिकपाको आन्तरिक जटिलता बढेसँगै अध्यक्ष माओले अन्तरविरोध साम्य पार्न कोसिस गर्नुभएको प्रस्ट पार्नुहुन्छ किसिङ्गर ।
प्रम चाउ एनलाइलाई क्यान्सर रोगले च्याप्न थाल्यो । दैनिक कामबाट उहाँ विस्तारै टाढा बस्न थाल्नुभयो । सन् १९७४ को प्रारम्भदेखि उहाँ नीति निर्माणको क्षेत्रबाट लगभग अलग्ग बस्नुभयो । किसिङ्गरले प्रम चाउसँग अन्तिम पटक भेटेको भनेको सन् १९७४ को डिसेम्बरमा थियो । त्यतिखेर उनी परिवारका सदस्यहरूसँग पेचिङ्ग पुगेका थिए । त्यो औपचारिक भ्रमण नै थियो । किसिङ्गर परिवारलाई भेटघाटका निम्ति प्रम चाउले आमन्त्रण गर्नुभयो । त्यसबेला उहाँ अस्पतालमा हुनुहुन्थ्यो । झट्ट हेर्दा त्यो अस्पताल नभई राज्यको आवासगृहभैmँ देखिन्थ्यो । प्रम चाउले चिकित्सकहरूको सल्लाहमा राजनीतिक तथा कूटनीतिक भेट बन्द गर्नुभएको थियो । भेटघाट बीस मिनेटभन्दा थोरै बढी भएको थियो । त्यो भेटले प्रम चाउसँग चीन–संरा अमेरिका सम्बन्धबारे प्रम चाउसँगको भेट अन्तिमतिर आइरहेको आभास दिँदै थियो ।
बाहिरी समारोहमा प्रम चाउको अन्तिम औपचारिक उपस्थिति सन् १९७५ को जनवरीमा थियो । चीनको राष्ट्रिय जन काङ्ग्रेसमा उहाँले मन्तव्य दिनुभयो । त्यतिञ्जेलसम्म प्राविधिकरूपमा उहाँ नै प्रम हुनुहुन्थ्यो । उहाँले तौलीतौली बोल्नुभयो । सांस्कृतिक क्रान्तिको महानताबारे भनाइ राख्नुभयो । उहाँले ‘चार आधुनिकीकरण’ अर्थात्् कृषि, उद्योग, रक्षा र विज्ञान तथा प्रविधिको क्षेत्रमा व्यापक आधुनिकीकरण हासिल गर्नेबारे भनाइ राख्नुभयो । ‘चार आधुनिकीकरण’ बीसौँ शताब्दीको अन्त्यसम्ममा हासिल गर्न सम्भव हुने उहाँको विश्वास थियो । प्रधानमन्त्री चाउले त्यही मन्तव्यमा बीसौँ शताब्दीको अन्तिमसम्ममा चीनको अर्थतन्त्र विश्वमा प्रथम स्थानतर्पm उन्मुख हुने भविष्यवाणी प्रस्तुत गर्नुभयो ।
अध्यक्ष माओसँग अन्तिम भेट
प्रम चाउ अस्वस्थ हुन थालेपछि वार्ता, भेटघाटका निम्ति सम्पर्क व्यक्तिको रूपमा चीनले तङ् स्याउ पिङलाई अगाडि सा¥यो । उनलाई कार्यकारी उपप्रधानमन्त्री घोषणा गरिएको थियो ।
किसिङ्गरले सन् १९७५ को अक्टोबर र डिसेम्बरमा अध्यक्ष माओसँग गर्नुभएको कुराकानी नै अन्तिम बन्यो । संरा अमेरिकी राष्ट्रपति फोर्ड र अध्यक्ष माओबीचको भेटवार्ता र त्यसको पूर्वतयारीको क्रममा किसिङ्गरले भेटेका थिए । राष्ट्रपति निक्सन भेट्नु हुँदा अध्यक्ष माओलाई सञ्चो थिएन भने फोर्डसँगको भेटमा सा¥है बिरामी हुनुहुन्थ्यो । कुर्सीबाट उठ्न दुईजना नर्सको सहायता चाहिन्थ्यो । बोल्न पनि गा¥हो थियो ।
कुराकानीको क्रममा अनुवादकले अध्यक्ष माओका कुरा लेख्थे र उहाँलाई देखाउँथे । त्यो पढेर टाउको हल्लाएर हुन्छ या हुँदैन भन्नुहुन्थ्यो । दुबै पटकको भेटमा अध्यक्ष माओले स्पष्ट धारणा राख्नुभयो । थाइवान, कोरियाको प्रसङ्गमा छलफल चल्यो । थाइवान मुख्य भूमि फिर्ता गर्ने र उत्तर कोरियामा चीनले हस्तक्षेप ग¥यो भन्ने आरोपका विषयमा अध्यक्ष माओले आफ्नो भनाइ राख्नुभयो ।
किसिङ्गरले अध्यक्ष माओ भेटेको पाँच हप्तापछि राष्ट्रपति फोर्ड चीन भ्रमणमा पुगे । समय डिसेम्बरको पहिलो हप्ता थियो । त्यतिञ्जेलसम्ममा अध्यक्ष माओ केही हप्ता अगाडिभन्दा निकै गलिसक्नुभएको थियो । कुराकानीको सुरुआत अध्यक्ष माओले ठट्यौलो पारामा गर्नुभयो, “तपाईँको विदेशमन्त्रीले मेरो व्यक्तिगत मामिलामा हस्तक्षेप गर्दै छन् ।” माओले भन्नुभयो, “म जान्छु भन्छु तर जान दिँदैन । ……. नजानु भन्दै छ ।”
कुराकानीको क्रममा अध्यक्ष माओले सन् १९७६ सम्म चीन–संरा अमेरिका सम्बन्धमा उल्लेख्य केही नभए पनि राष्ट्रपति निर्वाचनपछि सकारात्मक अपेक्षा गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
प्रम चाउ एनलाइको निधन ८ जनवरी १९७६ मा भयो । लाखौँ चिनियाँ जनता श्रद्धाञ्जली अर्पण गर्न थिआनमन स्क्वायर पुगे ।
सेप्टेम्बर ९, १९७६ मा अध्यक्ष माओको पनि देहावसान भयो । यसरी सात महिनाको अन्तरालमा दुई प्रमुख चिनियाँ नेताको निधनले चिनियाँ जनतालाई गहिरो शोकमा डुबायो । चीनले अपूरणीय क्षति बेहो¥यो ।
अध्यक्ष माओ र प्रम चाउको असामयिक निधनपछि तङ स्याओ पिङ नेतृत्वमा देखिए । सन् १९७३ मा चिकपाको केन्द्रीय समितिमा उनी पुनःस्थापित भए । सन् १९७४ मा उनी चीन–संरा अमेरिका सम्बन्ध विकासका निम्ति वार्तामा प्रतिनिधित्व गर्थे ।
प्रम चाउको निधनपश्चात् अध्यक्ष माओले ह्वा कोफङ (ज्गब न्गयाभलन) लाई प्रधानमन्त्री नियुक्त गर्नुभयो । अध्यक्ष माओ पनि बित्नुभएपछि केन्द्रीय सैन्य कमिसनको प्रमुख र पार्टी अध्यक्षमा ह्वा आए । ह्वाले अध्यक्ष माओका नीति तथा निर्देशन पूर्णरूपमा पालन गर्ने उद्घोष गरे । किसिङ्गर र ह्वाबीच सन् १९७९ को अप्रिल र सन् १९७९ कै अक्टोबरमा गरी दुई पटक भेट भयो । ह्वा अचानक नेतृत्वमा आए र अचानकनै बिदा भए । त्यसपछि तङ् स्याओ पिङले पार्टी र सरकारको नेतृत्व गरे । उनले आर्थिक विकासको तीव्रतामा जोड दिए । शासन प्रणालीमा विकेन्द्रीकरण लागू गरे । आधुनिक प्रविधिको प्रयोग, हजारौँ – लाखौँ चिनियाँ विद्यार्थीलाई विदेशमा अध्ययनका लागि पठाउने कार्य थाले । पश्चिमा शिक्षासँग डराउन नहुने उनले बताए । आधुनिकीकरणका निम्ति विज्ञान तथा प्रविधि आवश्यक हुने र त्यसका निम्ति शिक्षामा जोड दिनुपर्ने उनको धारणा थियो । उनले ‘सुधार तथा खुलापन’ लाई अगाडि सारे । विदेशी प्रविधि, ज्ञान र पुँजी भिœयाएर गरीबीसँग लड्ने नीति अघि सारे ।
चीन र भियतनाम
“लामो समयदेखि संरा अमेरिका चीनलाई घेरा हाल्दै छ । अहिले सोभियत सङ्घ पनि चीनलाई घेरा हाल्दै छ । भियतनाम भूभागतिर बाहेक सबैतिर घेरा पूरा भइसकेको छ ।” प्रधानमन्त्री चाउ ऐनलाइले उत्तर भियतनामी प्रधानमन्त्री फाम भान डोङ्ग (एजबm ख्बल म्यलन) सँग सन् १९६८ को अप्रिलमा भएको कुराकानीमा व्यक्त गर्नुभयो । प्रम फामले भियतनामी भूभागमा संरा अमेरिकी साम्राज्यवादीलाई हराएरै छोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, त्यस विजयले एसिया महादेशमा सकारात्मक प्रभाव पार्ने र अकल्पनीय नतिजा ल्याउने विश्वास गर्नुभयो । चीनले उत्तर भियतनामको भौतिक पूर्वाधार निर्माण तथा बन्दोबस्तीका निम्ति सहयोग गर्न एक लाख गैरलडाकू सेना पठायो । त्यसपछि भियतनाम–चीनबीच बढेको असमझदारी र त्यसले तयार पारेको नयाँ परिस्थितिबारे छलफल गरिएको थियो । सोभियत सङ्घकै कारण त्यस क्षेत्रमा युद्धको परिस्थिति तयार भएको बुभ्mन गाह्रो छैन ।
Leave a Reply