जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
प्रम चाउको निधनपश्चात् अध्यक्ष माओले ह्वा कोफङ (Hua Guofeng) लाई प्रधानमन्त्री नियुक्त गर्नुभयो । अध्यक्ष माओ पनि बित्नुभएपछि केन्द्रीय सैन्य कमिसनको प्रमुख र पार्टी अध्यक्षमा ह्वा आए । ह्वाले अध्यक्ष माओका नीति तथा निर्देशन पूर्णरूपमा पालन गर्ने उद्घोष गरे । किसिङ्गर र ह्वाबीच सन् १९७९ को अप्रिल र सन् १९७९ कै अक्टोबरमा गरी दुई पटक भेट भयो । ह्वा अचानक नेतृत्वमा आए र अचानकनै बिदा भए । त्यसपछि तङ स्याओ पिङले पार्टी र सरकारको नेतृत्व गरे । उनले आर्थिक विकासको तीव्रतामा जोड दिए । शासन प्रणालीमा विकेन्द्रीकरण लागू गरे । आधुनिक प्रविधिको प्रयोग, हजारौँ – लाखौँ चिनियाँ विद्यार्थीलाई विदेशमा अध्ययनका लागि पठाउने कार्य थाले । पश्चिमा शिक्षासँग डराउन नहुने उनले बताए । आधुनिकीकरणका निम्ति विज्ञान तथा प्रविधि आवश्यक हुने र त्यसका निम्ति शिक्षामा जोड दिनुपर्ने उनको धारणा थियो । उनले ‘सुधार तथा खुलापन’ लाई अगाडि सारे । विदेशी प्रविधि, ज्ञान र पुँजी भिœयाएर गरीबीसँग लड्ने नीति अघि सारे ।
चीन र भियतनाम
“लामो समयदेखि संरा अमेरिका चीनलाई घेरा हाल्दै छ । अहिले सोभियत सङ्घ पनि चीनलाई घेरा हाल्दै छ । भियतनाम भूभागतिर बाहेक सबैतिर घेरा पूरा भइसकेको छ ।” प्रधानमन्त्री चाउ ऐनलाइले उत्तर भियतनामी प्रधानमन्त्री फाम भान डोङ्ग (एजबm ख्बल म्यलन) सँग सन् १९६८ को अप्रिलमा भएको कुराकानीमा व्यक्त गर्नुभयो । प्रम फामले भियतनामी भूभागमा संरा अमेरिकी साम्राज्यवादीलाई हराएरै छोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस विजयले एसिया महादेशमा सकारात्मक प्रभाव पार्ने र अकल्पनीय नतिजा ल्याउने उहाँले विश्वास गर्नुभयो । चीनले उत्तर भियतनामको भौतिक पूर्वाधार निर्माण तथा बन्दोबस्तीका निम्ति सहयोग गर्न एक लाख गैरलडाकू सेना पठायो । त्यसपछि भियतनाम–चीनबीच बढेको असमझदारी र त्यसले तयार पारेको नयाँ परिस्थितिबारे छलफल गरिएको थियो । सोभियत सङ्घकै कारण त्यस क्षेत्रमा युद्धको परिस्थिति तयार भएको बुभ्mन गाह्रो छैन ।
तङ स्याओ पिङको विदेश नीति
तङले आपूm शक्तिमा पुगेपछि अध्यक्ष माओको घरेलु नीति बदले भने उहाँको विदेश नीति त्यागे । उत्तर र दक्षिणमा सोभियत सङ्घको दबाब बाँकी नै थियो । संरा अमेरिकाले थाइवानी सरकारलाई अधिकार र ताइपेइलाई राजधानीकै मान्यता दिइरहेको थियो । चिनियाँ नेतृत्व रणनीतिक चुनौती बढ्दै गएकोमा गम्भीर ढङ्गमा सचेत थिए । परिस्थितिको मुल्याङ्कन गर्दै चिनियाँ विदेश मन्त्री हुवाङ हुवा (ज्गबलन ज्गब) ले सोभियत युद्धको खतरनाक स्रोत भएको विश्लेषण गरे । उनले भने, “सोभियत सङ्घ बाहिर बलियो तर भित्रभित्रै कमजोर छ । कमजोरलाई पेल्छ र बलियोसँग डराउँछ ।” क्षेत्रीय प्रभुत्वको समस्याबारे बोल्दै उनले भने, “हिन्द चिनियाँ महासङ्घ बनाउन भियतनामले कम्बोडिया र लाओसलाई दबाउँदै थियो । पर्दा पछाडि सोभियत सङ्घ थियो ।”
संरा अमेरिकामा जिम्मी कार्टर नयाँ राष्ट्रपति बनेपछि चीन – संरा अमेरिका सम्बन्ध सामान्यीकरण गर्ने प्रयास अगाडि बढ्यो । सन् १९७७ अगस्टमा अमेरिकी विदेशमन्त्री साइरस भान्स पेचिङ पुगे तर संवाद फलदायी हुनसकेन । राष्ट्रपति कार्टरले थाइवान प्रसङ्गमा राष्ट्रपति निक्सनले प्रधानमन्त्री चाउलाई दिनुभएको वचन र गर्नुभएको सहमति आफ्नो निम्ति पनि स्वीकार्य भएको सन्देश पठाए । सन् १९७८ मा राष्ट्रपति कार्टरले थाइवान समस्या समाधानका उपायहरू प्रस्ताव गरे ।
सन् १९७८ र १९७९ मा तङले विभिन्न देशको भ्रमण गरे । भेटघाटमा तङले विकसित मुलुकबाट प्रविधि, ज्ञान तथा कौशल लिन चाहेको स्पष्ट पारे । तङले जापानबाट भ्रमणको आरम्भ गरे । सोभियत सङ्घ र भियतनामलाई एक्ल्याउने योजना थियो । सन् १९७८ को नोभेम्बरमा मलेसिया, सिङ्गापुर र थाइल्यान्डको भ्रमण गरी चीनको अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सम्बन्ध बलियो पारे । उनले चीनको धारणा स्पष्ट पारे ।
सन् १९७९ को जनवरीमा नेता तङले संरा अमेरिकाको औपचारिक भ्रमण गरे । उनले औद्योगिक विकास तथा आर्थिक प्रगतिबारे अभिरुचिपूर्वक अवलोकन गरे । चीनका लागि शान्तिपूर्ण वातावरण आवश्यक भएको र त्यो नै आर्थिक विकासको अनिवार्य शर्त भएको प्रस्ट पारे । राष्ट्रपति कार्टर र राष्ट्रपति तङबीचको भेटमा कार्टर स्वयम्ले लेखेको चिठी नेता तङलाई दिएका थिए जुन आजसम्म अप्रकाशित नै छ ।
राष्ट्रपति तङ ६ महिनाभित्र दुई पटक जापान पुगे । उनले कम्बोडियामाथि हमला गरिरहेको भियतनामलाई पाठ सिकाइनुपर्ने बताए । तङले वर्मा र नेपालको पनि भ्रमण गरे ।
सन् १९७९ को फेबु्रअरी १७ मा चीनले आत्मरक्षा सुनिश्चित पार्ने उद्देश्यले भियतनाममाथि कारबाही थाल्यो । त्यस कारबाहीमा झन्डै चार लाख सेना परिचालित गरिएको बताइन्छ । चीनले स्थल, जल तथा हवाई सेना परिचालन गरेको थियो । चीनले त्यसलाई ‘आत्मरक्षाका लागि भियतनाममाथि प्रत्याक्रमण’ अथवा ‘चीन–भियतनामी सीमामा आत्मरक्षाका लागि प्रत्याक्रमण’ बतायो । चिनियाँ सेना एक महिनापछि फिर्ता भयो । त्यस द्वन्द्वमा वास्तविक हार सोभियत सङ्घले बेहो¥यो । ‘तेस्रो भियतनाम युद्ध’ समेत भनिने त्यस द्वन्द्व नै सोभियत सङ्घको पतनको सुरुआत मानिन्छ । सोभियत सामाजिक साम्राज्यवादको सीमितता उदाङ्गो पार्न चीन सफल भएको बताइन्छ । सिँगापुरका प्रम लि क्वान युले भने, “पश्चिमा सञ्चारमाध्यमले चिनियाँ दण्डात्मक कारबाहीलाई असफल भनी लेखे । मलाई विश्वास छ, त्यसले पूर्वी एसियाको इतिहास बदल्यो ।”
राष्ट्रपति रेगन र सम्बन्ध सामान्यीकरणतर्पm
संरा अमेरिकाको विदेश नीति कार्यान्वयनमा एउटा समस्या छ । आवधिक निर्वाचनसँगै सरकार परिवर्तन हुन्छ । कम्तीमा पनि हरेक आठ वर्षमा माथिदेखि तलसम्मका प्रशासक तथा कर्मचारी हेरफेर हुन्छन् । लगभग पाँच हजार मुख्य कर्मचारी फेरिन्छन् । नीतिको निरन्तरता सधैँ सङ्कटमा पर्ने गर्दछ । चीनसँगको सम्बन्ध विकासमा संरा अमेरिकालाई यही नै चुनौती थियो । यी झन्झटबाट चीन भने टाढा थियो । नेतृत्वको परिवर्तन भइरहनाले विदेश नीति जस्तो उच्च संवेदनशीलता तथा सतर्कता आवश्यक हुने विषय प्रभावित हुनु आश्चर्य होइन ।
संरा अमेरिका र चीन दुबै देशबीच सन् १९७० को दशकमा नाटकीय सम्बन्धको ढोका खोल्ने राष्ट्रपतिले अठार महिनापछि राजीनामा दिनुप¥यो । यद्यपि, मुख्य विदेश नीति भने परिवर्तन भएन । सन् १९८० को राष्ट्रपतीय निर्वाचनमा रोनाल्ड रेगन निर्वाचित भए । उनी ‘दुई चीन नीति’ को वकालत गर्थे र ताइपेइको दूतावासलाई नै आधिकारिक मान्थे । कार्टरभैmँ रेगन पनि थाइवानलाई हातहतियार बिक्री गर्ने पक्षमा थिए । रेगनले प्रशासन सम्हाल्ने बितिक्कै थाइवानलाई हातहतियार उपलब्ध गराउने विषयमा चिनियाँ नेताहरूको धारणा माग गरेका थिए । रेगन आपूm त्यसको पक्षमा रहेको स्पष्ट पारे । तर, उनका विदेशमन्त्री अलेक्जान्डर हेग राष्ट्रपति रेगनसँग सहमत भएनन् । हेग निक्सनको पालामा सन् १९७१ मा गुप्त ढङ्गमा पेचिङ्ग भ्रमणको टोलीका एक सदस्य थिए । तर, विभिन्न उपाय अपनाइ अन्तरक्रिया गरिसकेपछि निक्सन, फोर्ड र कार्टर प्रशासनले स्थापना गरेको संरा अमेरिका–चीन रणनीतिक सहकार्यको सिद्धान्तमा सहमति जनाए । साङ्घाइ घोषणा र सन् १९७९ को सम्झौताबमोजिम कूटनीतिक सम्बन्धमा सामान्यीकरण गर्न राष्ट्रपति रेगन सहमत भए ।
चीनले थाइवान विषय आन्तरिक मामिला भएको बारम्बार प्रस्ट पा¥यो । संरा अमेरिकाले चीनको शान्तिपूर्ण एकीकरणप्रति सहमति जनायो । थाइवानलाई हातहतियार बिक्री रोक्ने प्रतिबद्धता व्यक्त ग¥यो । तर, उता चीनसँग गरेको सम्झौता तोडेर थाइवानसँग अर्को गोप्य सम्झौता ग¥यो ।
नयाँ शक्ति समीकरण
सन् १९८० को दशकको वाशिङ्टन र पेचिङबीचको सम्बन्धले भन्दा पनि ती दुईको मस्कोसँगको सम्बन्धले चर्चा कमाउँदै थियो । हिन्द–चिनी क्षेत्रमा संरा अमेरिकाको प्रभाव अन्त्य भएपछि सोभियत सङ्घ र आश्रित देशहरू विकासशील देशहरूतिर लागे । अङ्गोला, इथियोपिया, अफगानिस्तान र हिन्द–चीनमा प्रभाव जमाए । तर, अन्तर्राष्ट्रिय मामिलामा संरा अमेरिका–चीनबीच भएको मेलमिलापले तिनीहरूलाई अगाडि बढ्न सहज बनाएन ।
चीनले भियतनाममाथि गरेको दण्डात्मक कारबाहीको क्रममा सोभियत सङ्घले अत्यन्त कमजोर जवाफ दियो । उसको पतनको सङ्केत त्यतिखेर नै देखिएको थियो । मस्कोमा देखिएको तीन सङ्क्रमणकालीन अवधि – लियोनिद बे्रझनेभदेखि युरि आन्द्रोपोभ (सन् १९८२), आन्द्रोपोभदेखि कोन्स्तान्तिन चेर्नेन्को (सन् १९८४) र सन् १९८५ मा कोन्स्तान्तिनदेखि गोर्भाचोभसम्म – ती सबैले घरेलु सङ्कटको सङ्केत दिइसकेका थिए । रेगन प्रशासनसम्म आइपुग्दा विश्व शक्ति सन्तुलन क्रमशः फेरबदल भयो र सोभियत सङ्घलाई वरपर हस्तक्षेप गर्न रोक्यो ।
सन् १९९० मा कम्बोडियामाथि भियतनामी प्रभुत्व अन्त्य भयो । सन् १९९१ मा अङ्गोलाबाट क्युवा फर्कियो । इथियोपियामा सन् १९९१ मा कम्युनिस्ट व्यवस्थाको अन्त्य भयो । सन् १९९० मा निकारागुवाका सान्डानिस्टाहरू पुँजीवादी निर्वाचनमा फर्किए । सन् १९८९ मा सोभियत सेना अफगानिस्तानबाट फिर्ता भयो । सोभियत सङ्घ चारैतिरबाट पछाडि हटेपछि चिनियाँ कूटनीति केही लचिलो बन्यो । मस्कोसँग नयाँ कूटनीतिक सम्भावनातर्पm पेचिङ्गले ध्यान पु¥यायो । सोभियत–चीन सम्बन्धको सुधारका लागि चीनले तीन शर्त अगाडि सा¥यो – साइबेरिया र मङ्गोलियामा सेना तैनाथ गर्न बन्द गर्ने, चीनको उत्तरी सीमामा रहेका सोभियत सेना हटाउने र अफगानिस्तानबाट पनि सोभियत सेना फिर्ता लाने । सोभियत सङ्घ विश्व शक्ति सन्तुलनमा आएको हेरफेरबमोजिम यी तीनै कार्यमा क्रमशः अगाडि बढ्दै थियो । चीनले पनि क्रमशः अन्तर्राष्ट्रिय दबुमा उपस्थिति जनाउन सुरु ग¥यो । चीनले अब तीन वटा क्षेत्रमा प्राथमिकता दिन थाल्यो – १) महाशक्तिहरू २) विकसित देशहरूको क्षेत्र ३) तेस्रो विश्व । यसप्रकार चीन तीन विश्व नीति (Three World Approach) तिर लाग्यो ।
सन् १९९२ को सेप्टेम्बरमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको बा¥हौँ राष्ट्रिय महाधिवेशनमा चिनियाँ विदेश नीतिको अवधारणा प्रस्तुत गर्दै महासचिव हु याओपाङ (Hu Yaobang) ले भने, “कुनै महाशक्ति या शक्ति समूहसँग चीन पछि लाग्दैन र कुनै ठूलो शक्तिको दबाब पनि स्वीकार्दैन ।” अध्यक्ष माओले दिनुभएको नारा ‘चीन जागी उठिसक्यो ¤’ नै महासचिव हुको मूलमन्त्र थियो । एक अर्को प्रसङ्गमा उनले भने, “सोभियत नेताहरूले धेरै पटक चीनसँग सम्बन्ध सुधार्न चाहेको अभिव्यक्ति दिएको हामीले सुनेका छौँ । तर, शब्द होइन, व्यवहार महत्वपूर्ण हो ।” तेस्रो विश्वमा चीनले आफ्नो स्थान व्यापक तथा बलियो बनाउन थाल्यो । दुईवटै महाशक्तिबाट अलग्ग र कहिलेकाहीं दुई वटैको विरुद्ध चीन उभिन थाल्यो ।
चीन–सोभियत सङ्घबीच उच्चस्तरीय बैठक तथा दुई कम्युनिस्ट पार्टीबीचको अन्तरक्रियामार्पmत सम्बन्ध सुधारेबाट नजिक बनिरहेको सन् १९८५ को सीआइए रिपोर्टले बतायो । दुई दशकसम्म हुन नसकेको हातहतियार नियन्त्रणसम्बन्धी छलफल सुरु भयो । चिनियाँ उपप्रधानमन्त्री याओ यिलिन (Yao Yillin) द्वारा सन् १९८५ मा भएको एकहप्ते मस्को भ्रमणको क्रममा दुई देशबीच ऐतिहासिक व्यापार तथा आर्थिक सहकार्यको आपसी सम्झौता भयो । सोभियत सङ्घको पतनपश्चात् संरा अमेरिकालाई पिर पर्न थाल्यो कतै चीनको उदयले फेरि विश्व दुई ध्रुवीय नै बनाउने त होइन ?
शक्ति सन्तुलनमा आएको फेरबदलसँगै सन् १९८९ पछि अर्थात्् रेगनको कार्यकाल समाप्तिसँगै क्रमशः शान्ति छाउन थाल्यो चीन र एसियामा । तङ स्याओ पिङले अगाडि सारेको ‘सुधार तथा खुलापन’ तथा चिनियाँ विशेषतासहितको समाजवाद सँगसँगै चीन आर्थिक विकासको बाटोमा हिँड्न थाल्यो । विशेष आर्थिक क्षेत्र घोषणा गरी विदेशी पुँजी तथा प्रविधिलाई स्वागत गरियो । विकेन्द्रीकरण लागू गरियो । कृषि कम्युनहरू खारेज गरिए । ‘ढुङ्गाहरू छाम्दै नदी तर्ने’ उपाय चीनले अपनायो । राज्यको स्वामित्व रहेता पनि व्यक्तिलाई व्यवस्थापनको जिम्मा दिइयो । उद्योग, कलकारखानामा पार्टी सचिवहरूको ठाउँमा अर्कै व्यवस्थापक ल्याए ।
थियानमन स्क्वायरको उपद्रव
७३ वर्षे हु याओपाङको मृत्यु अप्रिल १५, १९८९ मा भयो । उनलाई ८ अप्रिलको दिन हृदयघात भएको थियो । सन् १९८६ को विद्यार्थी प्रदर्शनीमा बल प्रयोग नगरेको आरोप खेपेका हु पार्टी महासचिव पदबाट मुक्त भएपछि चाउ चियाङ (Zhao Ziyang) चिकपाको नयाँ महासचिव भए । हुको निधनले नयाँ तरङ्ग फैलायो ।
थिआनमन स्क्वायरमा उपद्रव मच्चियो । हिंसा भड्कियो । त्यो सात हप्तासम्म चालू रह्यो । परिस्थितिबमोजिम आवश्यक कदम चाल्न आनाकानी भएपछि जून ४ का दिन चाउचियाङलाई महासचिव पदबाट मुक्त गरियो । त्यसपछि थिआनमन स्क्वायरको उपद्रव पूर्णरूपमा नियन्त्रणमा लिइयो ।
संरा अमेरिकाले ‘प्रजातन्त्र’ निर्यात गर्ने आफ्नो विदेश नीतिको उद्देश्य रहेको घोषणा गरिसकेको थियो । संरा अमेरिकाले मानव अधिकार, व्यक्तिगत स्वतन्त्रता र प्रजातन्त्रको विषय जोडजोडले उठायो । पश्चिमा सञ्चारमाध्यमहरूले निहुँ पाउनासाथ होहल्ला गर्न थाले । त्यस घटनाको तीन हप्तापछि गुप्त ढङ्गमा संरा अमेरिकी टोली पेचिङ्ग पुग्यो । त्यो टोली अधिकार सम्पन्न तथा उच्च प्रविधि एवम् सुविधा सम्पन्न थियो ।
नेता तङले अमेरिकी टोलीसँगको कुराकानीमा थियानमन स्क्वायरको उपद्रवमा संरा अमेरिकाको हात रहेको र त्यो जनवादी गणतन्त्र चीन र समाजवादी व्यवस्था ढाल्न गरिएको दाबी गरे । उनले युद्ध निम्तिने भय रहेको प्रस्ट पारे । नेता तङले स्पष्ट शब्दमा भने, “चीन–संरा अमेरिका सम्बन्ध अत्यन्त जटिल मोडमा छ र अझ खतरनाक अवस्थामा छ भन्दा पनि हुन्छ ।” बाह्य दबाबको जवाफमा उनले भने, “हामी नाकाबन्दीसँग डराउँदैनौँ । हामी तिनीहरू कोहीसँग डराउँदैनौँ । अमेरिकीहरूले इतिहास बुझ्न आवश्यक छ ।” गाँठो जसले कस्छ उसैले फुकाउनुपर्छ भन्ने चिनियाँ भनाइ स्मरण गराउँदै सम्बन्ध सुधार्ने इच्छा छ भने त्यो संरा अमेरिकाकै जिम्मामा रहेको नेता तङले स्पष्ट पारे ।
Leave a Reply