भर्खरै :

नेपाली राष्ट्रिय पोशाक (लुगा) दिवस

 
विश्वमा अनगिन्ती प्राणीहरूमध्ये वर्गीकरण गर्ने सिलसिलामा मानिस, पशु, पक्षी, कीट–पटङ्गहरू नै प्रमुख मानिन्छन् । मानिसबाहेकका अन्य जीवहरूले प्रकृतिप्रदत्त साधनमै आफ्नो भरथेग गर्छन् । किन्तु, मनुष्य प्रकृतिसँग होडबाजी गर्दै सदा आफ्ना आवश्यकता र आकाङ्क्षाहरूलाई परिपूर्ति गर्ने हेतुले नयाँ आविष्कार गर्दै नवीनतम रुचाउँछ र आफ्नो आङ ढाक्न प्रयत्नशील रहन्छ । यस्तै क्रममा आविष्कृत वस्तु नवीनतम वस्तु ‘लुगा’ थियो जुन विकासशील मानवले सौन्दर्यवर्धनको साधनको रूपमा नव ‘मोद’ बदल्दै शिरदेखि पाउसम्म अङ्ग ढाक्ने वस्तुको रूपमा ग्रहण गर्न थाल्यो ।
लुगाको परिहन राष्ट्रको हावापानीसँग तादात्म्यता हुन्छ । जाडो देशका मानिसहरू बाक्लो उनी लुगा लगाउँछन् र गर्मी देशमा पातलो सूती लुगा लगाउँछन् । साधारणतया संसारभरि महिला पुरुषबीचको पोशाक भिन्न पाइन्छ । ‘लुगा’ नै यस्तो चिन्ह हो जसद्वारा कुनै व्यक्ति विशेषको पहिरण देख्नासाथ त्यो देशमा बसोबास गर्ने भनेर आँकलन गर्न सक्छौँ ।

राष्ट्रिय पोशाक दिवसको उद्देश्य नै नेपाली चाडपर्व, परम्परा, रीतिरिवाज, भेषभुषा, जातीय पोशाक धर्म, लोक संस्कृति, पाश्चात्य धर्म संस्कारको प्रभावले लोप हुँुदै गएको परिप्रेक्ष्यमा प्रतिकारस्वरूप यो अभियानको थालनी भएको हो । विश्वमा नेपालीहरूको पृथक पहिचानको रूपमा आत्मसात गरिएको दौरा सुरुवाल, ढाका, टोपी, कोट र गुन्यूचोलीलाई राष्ट्रिय पोशाकको रूपमा आधिकारिक बनाउनुपर्ने जनचासोलाई सम्मान गर्दै सरकारलाई थप दबाब दिनु रहेको छ ।

२०७०, पुस १५ गतेकै दिनबाट काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट ‘मेरो शान, मेरो पहिचान, राष्ट्रिय पोशाक संरक्षण अभियान’ भन्ने मूल नाराका साथ सुरु गरिएको यो ‘दिवस’ विश्वभरि छरिएर रहेका नेपालीहरूले भव्यताकासाथ प्रत्येक वर्ष पुस १७ गते मनाउने क्रम जारी छ ।
प्राचीन युगका मानिसहरूले रुखको बोक्राले शरीर ढाक्दै आजको रूपान्तरित समाजमा पदार्पण गरेको कुरा ऐतिहासिक प्रमाण पाइन्छ । फलस्वरूप, विभिन्न खालका पहिरणमा समेत दृष्टिगोचर भएको पाइन्छ । पुरुषतर्फ कमिज, पेन्ट, दौरा सुरुवाल, टोपी, भोटो, इष्टकोट, जुहारीकोट, कछाड, भोटो, हाफपेन्ट आदि र महिला वर्गको लागि सारी, चोलो, ब्लाउज, पछ्यौरा आदि प्रचलित छ । नेपालमा हिजोआज मौसमनुसार शरीर ढाक्ने लुगाले सुशोभित गराएको छ । हाम्रो औपचारिक ‘राष्ट्रिय पोशाक दिवस’ को मुख्य लक्ष्य नै विभिन्न सङ्घ संस्था, नागरिक समाज एवम् युवासञ्जालमार्फत सिङ्गो नेपालीको सोचमा पोशाकको गरिमा, सम्मान, आवश्यकताबोध गराउनुको साथै यसको संरक्षणमा दबाबमूलक कार्यक्रम सञ्चालन गरी सरकारको ध्यानाकृष्ट गर्नु हो ।
राष्ट्रिय पोशाक दिवसको उद्देश्य नै नेपाली चाडपर्व, परम्परा, रीतिरिवाज, भेषभुषा, जातीय पोशाक धर्म, लोक संस्कृति, पाश्चात्य धर्म संस्कारको प्रभावले लोप हुँुदै गएको परिप्रेक्ष्यमा प्रतिकारस्वरूप यो अभियानको थालनी भएको हो । विश्वमा नेपालीहरूको पृथक पहिचानको रूपमा आत्मसात गरिएको दौरा सुरुवाल, ढाका, टोपी, कोट र गुन्यूचोलीलाई राष्ट्रिय पोशाकको रूपमा आधिकारिक बनाउनुपर्ने जनचासोलाई सम्मान गर्दै सरकारलाई थप दबाब दिनु रहेको छ ।
नेपालमा सैनिक र प्रहरी जवानहरूले लगाउने पोशाकले विशेषतः वैशिष्टताको छनक दिन्छ । पहाडिया र तराईवासीले लगाउने लुगाहरूमा सच्चा नेपालीपन कायम राख्दै आएको छ । किन्तु नेपालको राजधानीलगायत प्रमुख सहरहरूमा विदेशी लुगाको अनुकरण व्याप्त देखिन्छ । आजका शिक्षित भनाउँदा सहरिया मानिसहरू सुटेड बुटेड बनेर ‘टाई’ बाँधेर विदेशी सिकोमै अलमस्त भई हिँड्न गौरव ठान्छन् । अझ शैक्षिक संस्थामा अध्ययन गर्ने किशोरीहरूको ‘हिपटाइट’ लुगा देख्दा नेपालीत्वलाई बिर्सिएको एक प्रकारको कलुषित र उच्छृङ्खल भावनालाई उजागर गर्छ । यसरी, शिक्षित पुरुष र स्त्रीवर्गमा नेपाली पोशाकलाई स्थान नदिई विदेशीको ‘पिछलग्गू’ बनेर अनुकरण गर्नु लज्जास्पद कुरा हुन् । अर्काेतर्फ, स्वदेशी कपडा उद्योगलाई सक्दो सेवासुविधा प्रदान गरी गुणस्तरयुक्त बनाउन सरकारी पहलको खाँचो छ । साथै, नेपाल सरकार, प्रहरी, सैनिक, संस्थानहरूमा स्वदेशी उद्योगकै कपडा उपभोग गर्न अनिवार्य गरिनुपर्छ ।
अन्त्यमा, संसारभरि हरेक देशको पहिचानस्वरूप आ–आफ्नो पृथक मूल्यमान्यता बोकेको झन्डा पहिचानस्वरूप भएजस्तै हाम्रो राष्ट्रिय पोशाकको गरिमा विदेशी निमन्त्रणा, अन्तर्राष्ट्रिय तथा स्वदेशी कार्यक्रम, समारोहहरूमा राष्ट्रको पहिचान गराउने शिष्टता र इज्जत जोडिएको हुन्छ । त्यसैले, राष्ट्रिय पोशाक हाम्रो संस्कृतिको द्योतक, नेपालीपनको प्रचारक र नेपालीत्वलाई ऐतिहासिकतातर्फ स्मरण गराउने गुरु हो । यो पहिरन गर्नु नै राष्ट्रियता जगाउनु र देशप्रेमको नमुना प्रदर्शन गर्नु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *