इरान युद्ध बन्न सक्छ पेट्रोडलरमाथि अर्को धक्का
- जेष्ठ १, २०८३
लकडाउनको बेला घरमा बसेर पुस्तक, अनलाइन न्यूज हेर्ने, फिल्म हेर्नेबाहेकको अरू काम केही भएन । टीभीमा इन्डियन न्युज च्यानलको खबर हेर्न दिक्कै लाग्छ । त्यसमा विशेषगरी पाकिस्तान, चीन र मुसलमान समुदायको अन्धविरोधबाहेक अरू केही समाचार हेर्न पाइँदैन । त्यस्तैमा ‘मजदुर’ को २०७७÷१÷२४ को पीडीएफ फरमेटमा पत्रिका हेर्ने मौका मिल्यो । लकडाउन सुरु भएदेखि ‘मजदुर’, ‘श्रमिक’ आदि पत्रिका हेर्ने अवसरै छुटिसकेको थियो । पत्रिकाहरू पीडीएफ फरमेटमा हेर्ने पढ्ने अवसर जुराइदिनुभएकोमा म प्रकाशक साथीहरूलाई धन्यवाद दिन चाहन्छु ।
अब जाऔँ, गत वैशाख २४ मा प्रकाशित मजदुर दैनिकको एउटा लेखतिर । सो पत्रिकामा प्रकाशित लेखहरूमध्ये एउटा लेख ‘एउटा नमुना स्थानीय तह’मा मेरो ध्यान गयो । प्रस्तुत लेख जयप्रसाद तिमिल्सनाले लेख्नुभएको रहेछ । लेखमा उहाँले भक्तपुर नगरपालिकाले गरेका राम्रा कामको खुलेरै प्रशंसा गर्नुभएको छ । यस्ता काम देशका नगरपालिका र गाउँपालिकाहरूले पनि अनुशरण गर्नुपर्ने उहाँको भनाइ छ । त्यसअघि पनि अरू धेरै पत्रपत्रिकाहरूमा भक्तपुर नगरपालिकाबारे सकारात्मक लेखहरू प्रकाशित भइसकेका छन् । एक जना भक्तपुर नगरवासीको हैसियतले आफ्नो गाउँ–ठाउँको बारेमा प्रकाशित सकारात्मक कुराहरूले मेरो मन गर्वले फुल्नु स्वाभाविक हो । तर, गर्नुपर्ने कामहरू अझै धेरै नै बाँकी छन् ।
अरू कुरा छोडौँ, शिक्षा क्षेत्रमा नै पनि हामीले धेरै गर्नु छ । इन्जिनियर समाज नेपालका साथीहरूले लकडाउनको समय सदुपयोग गरेर ‘कोभिड–१९ पछि शैक्षिक चुनौती र अवसर’बारे अनलाइन कार्यशाला सम्पन्न गर्नुभयो । तर, मलाई जहिले पनि एउटा कुराले मन खाइरहन्छ । त्यो हो – भक्तपुर नगरभित्रको माध्यमिक तहका विद्यालयहरूको कसरी अब्बल बनाउने ? माध्यमिक तहसम्मको पढाइ हुने विद्यालयहरू अब त नगरपालिकाको कार्य क्षेत्रभित्र आइसकेका छन् । अब त नगरपालिकाले यो क्षेत्रमा पनि राम्रो गर्नेछ । सार्वजनिक शिक्षा क्षेत्र पनि माथि उठ्ने भयो भन्ने मेरो बुझाइ थियो । काम विशेषले नगर शिक्षा समितिको कार्यालय पुगेको बेला त्यहाँको एक जना कर्मचारीसँग यस्तै विषयमा कुरा राखेको थिएँ । तर, उहाँले संशय देखाउनुभयो–के होला र ? यस्तै हो भनेर । के साँच्चै यस्तै नै रहिरहने हुन् त– माध्यमिक तहसम्मको पढाइ हुने विद्यालयहरू ? के यो क्षेत्रमा हामीले केही गरेर देखाउन सक्दैनौँ त ? मेरो विचारमा हामी गर्न सक्छौँ । यो प्रश्न मैले शिक्षक सङ्गठन, प्राध्यापक समाज, इन्जिनियर समाजका साथीहरूसँग सोध्नुपर्ने हो ¤ उहाँहरू यतिका दिनसम्म कहाँ हुनुहुन्छ ? अब पनि ढिलो भएको छैन । लकडाउनकै निहुँमा हाम्रा साथीहरूले यसबारेमा पनि एउटा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने हो कि ? यसबारेमा केही कुराहरू राख्ने कोसिस गरौँ ।
भक्तपुरको भौगोलिक स्थिति
नेपालमा नयाँ सङ्घीय संरचनाअनुसार महानगरपालिका ७, उपमहानगरपालिका ११, नगरपालिका २७६ र गाउँपालिका ४६९ गरी जम्मा ७५३ वटा स्थानीय तह अथवा स्थानीय सरकारहरू छन् । तीमध्ये एउटा हो – भक्तपुर नगरपालिका । यो नगरपालिकाको क्षेत्रफल ६.५२ स्क्वायर माइल (१६.८९ स्क्वायर किलोमिटर) रहेको छ । यो नगर देशकै सानो नगरपालिका हो । भक्तपुर नगरको कुल जनसङ्ख्या ८१,७४८ मध्ये पुरुष ४१,०८१ र महिला ४०,६६७ छन् । यो उच्च जनघनत्व भएको नगरपालिका पनि हो । कला र संस्कृतिमा यो नगर धनी छ । यो नगरपालिकाको आफ्नै ६ वटा शिशुस्याहार केन्द्र, उच्च मावि., कलेज, पोलिटेक्निक, नर्सिङ कलेज र २ वटा इन्जिनियरिङ कलेजहरू सञ्चालनमा छन् । यी सबै कलेजहरूमा देशैभरिका विद्यार्थीहरू अध्ययनरत छन् । देशभरिका कलेजहरूमा यी कलेजहरूले आफ्नो छुट्टै स्थान बनाउन सफल भइसकेको छ । देशको नयाँ सङ्घीय संरचनाअनुसार १० कक्षासम्मको माध्यमिक तहका स्कूलहरू सबै नगरपालिकाको अधिकार क्षेत्रमा राखिएको छ ।
हालको शैक्षिक स्थिति
नयाँ व्यवस्थाअनुसार भक्तपुर नगरभित्रका ९२ वटा माध्यमिक स्कूलहरू हाल नगरपालिकाको अधिकार क्षेत्रमा छन् । यसमध्ये ३४ वटा विद्यालय सामुदायिक र ५८ वटा निजी स्कूलहरू छन् । यी स्कूलहरूमा सबै स्कूलहरूले ईसीडीदेखि कक्षा १२ सम्मकै सबै कक्षाहरू भने सञ्चालन गरिराखेका छैनन् । यी सबै स्कूलहरूमा जम्मा ३३,०६२ जना विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । त्यसमा छात्र सङ्ख्या १७,९४५ (५४.२८ प्रतिशत) र छात्रा सङ्ख्या १५,११७ (४५.७२ प्रतिशत) छ । यसलाई सामुदायिक र निजी स्कूलमा छुट्याएर हेर्ने हो भन्ने तथ्याङ्क यस्तो देखिन्छ– सामुदायिकतर्फ १०,८४४ जना विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । त्यसमा छात्र सङ्ख्या ५,३०८ (४८.९५ प्रतिशत) र छात्रा सङ्ख्या ५,५३६ (५१.०५ प्रतिशत) छ । निजीतर्फ जम्मा २२,२१८ जना विद्यार्र्थीहरू अध्ययन गरिरहेका छन । त्यसमा छात्र सङ्ख्या १२,६३७ (५६.८८ प्रतिशत) र छात्रा सङ्ख्या ९,५८१ (४३.१२ प्रतिशत) छ । प्रतिशतमा हेर्दा सामुदायिकतर्फ ३२.८० प्रतिशत र निजीतर्फ ६७.२० प्रतिशत रहेको छ । यसमा सामुदायिकतर्फको ३२.८० प्रतिशत तथ्याङ्कमा ११ र १२ को विद्यार्र्थी सङ्ख्याले धेरै ठूलो भूमिका खेलेको देखिन्छ । ११ र १२ पढ्ने विद्यार्र्थी सङ्ख्या ३,२५४ मा सामुदायिकतर्फ २,८८९ (८८.७८ प्रतिशत) र निजीतर्फ ३६५ (११.२२ प्रतिशत) रहेको छ । यसमा पनि सामुदायिक र निजीतर्फ ३५ र ५८ स्कूलहरूमा ४ र ४ वटा स्कूलहरूले मात्र ११ र १२ का कक्षाहरू सञ्चालन गरिरहेका छन् । त्यसमा पनि वागीश्वरी मावि एउटै स्कूलले २,०६८, पद्मले ५३२ र सैनिक स्कूलले ३२३ जना विद्यार्र्थी पढाएर सामुदायिक स्कूलको प्रतिशत बढाउन धेरै ठूलो भूमिका खेलेको देखिन्छ । ईसीडीदेखि १० सम्मको सामुदायिक स्कूलको प्रतिशत २६ र २७ प्रतिशतको हाराहारीमै रहने देखिन्छ । यी सबै तथ्याङ्कले सामुदायिक स्कूलहरूप्रतिको विद्यार्र्थीहरूको कम आकर्षण रहेको स्पष्ट देखिन्छ । योभन्दा पनि सामुदायिक स्कूलहरूमा एउटा कक्षामा २० जनामात्र विद्यार्र्थीहरू पढाउने हिसाबले १–५ कक्षामा १०० वा माथि विद्यार्र्थी रहेको स्कूल ३७ मा ९ वटामात्रै छ । त्यस्तै ६–८ मा ६० वा माथि विद्यार्र्थी रहेको स्कूल ३७ मा ९ वटामात्रै छ । ९–१० मा ४० वा माथि विद्यार्र्थी रहेको स्कूल ३७ मा ७ वटामात्रै छ ।
यो तथ्याङ्कले सामुदायिक स्कूलहरू खस्केको अवस्था देखाउँछ । हाम्रो काम यो खस्केको सामुदायिक स्कूलहरूको अवस्थालाई माथि कसरी उठाउने भन्ने नै हो ।
तर कसरी ?
यसको जवाफ खोज्न हाम्रो आफ्नै स्कूलहरूको अहिलेको वास्तविक स्थिति राम्रोसँग बुझ्नु आवश्यक छ । मैले आजभन्दा ४२ वर्षपहिले माध्यमिक स्कूल शिक्षा पूरा गरेको थिएँ । त्यो बेलादेखिको स्कूलको भौतिक स्थितिमा धैरे फरक भएको देखिनँ । मैले पढ्दा ताकाका टेबुलहरू आज पनि उस्तै प्रयोग भइराखेका छन् । भक्तपुरमा स्कूलहरू बनाउनमा जनताको ठूलो योगदान छ । त्यो बेला उहाँहरूले धेरै मेहनत गरेर सार्वजनिक पाटीमै पनि स्कूल चलाएर शिक्षाको ज्योति फैलाउनुभयो । त्यतिबेला हामी टेबुलमा होइन, सुकुलमा पलेटी कसेर पढ्थ्यौँ । त्यतिबेलाको ठूला र राम्रा स्कूलमध्ये विद्यार्थी निकेतन, पद्म र शारदाको नाम आउँथ्यो । त्यो बेला यी स्कूलहरूमा कक्षा ८, ९ र १० को मात्र पढाइ हुन्थ्यो । अरू स्कूलहरूमा कक्षा १ देखि ५–७ सम्मको पढाइ हुन्थ्यो ।
त्यो बेला निजी बोर्डिङ्ग स्कूलहरू भक्तपुरमा १–२ वटामात्र थिए । तर, त्यो पनि त्यति बेलाको सरकारी स्कूलको अगाडि टिक्न सकेका थिएनन् । तर, समयले कोल्टो फेरेसँगै निजी लगानीमा स्कूलहरू खोल्न थाले ।
भौतिक स्थिति
स्कूलको भौतिक स्थिति राम्रो मान्न सक्ने स्थितिमा हामीहरू छैनौँ । उही पुरानो भवनमा पढाइ गर्नु परिरहेको छ । ७२ सालको भूकम्पले त पुराना भवनहरू क्षतिग्रस्त अवस्थामा पुगे । सीमित स्कूलहरूबाहेक अन्य स्कूलहरू पुनःनिर्माण हुनसकेको छैन । कति स्कूलहरूको त राम्रो खेल मैदान पनि छैन । वर्षौंसम्म राम्रो रङरोगन पनि भएको छैन । शौचालयहरू पनि राम्रो अवस्थामा छैनन् । पानीको राम्रो व्यवस्था हुन नसक्दा प्रयोग योग्य नै देखिँदैन । स्कूलको भौतिक विकासको लागि सरकारले नियमित बजेटको व्यवस्था गरेको छ । तर, धेरै नै अपर्याप्त छ । स्कूलको भवन निर्माणको लागि भनेर बजेट व्यवस्था हुने गरेको छ । रु.८ लाखको हिसाबले अहिलेको स्कूल भवन आचारसंहिताअनुसार निर्माण गर्दा २–३ कोठामात्र तयार हुन्छ । जसले गर्दा हिसाब फस्र्यौट नै हुँदैन । त्यसैले नगरपालिकाले स्कूलहरूको अवस्था सुधार गर्न स्कूलको भौतिक अवस्थामा पहिले सुधार गर्न अति जरुरी छ । स्कूलहरू आकर्षक हुनु धेरै नै जरुरी छ । आकर्षक भौतिक संरचना हुनु कति आवश्यक छ भन्ने कुरा त ख्वप सर्कलको परिसरभित्र छिर्दा विद्यार्थीहरू लोभिने र नाम ननिस्के मन खिन्न पार्नाले बुझ्न सकिन्छ । यहाँ दिल्लीको केजरीवाल सरकारले गरेको सार्वजनिक स्कूलको कायापलटबाट हामी धेरै सिक्न सक्छौँ । शौचालयहरूको स्तरोन्नतिले मात्र पनि हामी एउटा गोलीले दुई सिकार गर्नसक्छौँ । जस्तैः पर्यटकहरूको लागि शौचालयहरूको समस्या यसै स्कूलको शौचालयले पूरा गर्नसक्छ । यसबाट स्कूलले केही आम्दानी पनि गर्नसक्छ । यसले शौचालय सफा राख्न धेरै नै मद्दत मिल्नेछ ।
तीव्र प्रतिस्पर्धा
त्यस्तै सरकारी स्कूलहरूको मुख्य समस्या भनेको विद्यार्थी सङ्ख्या नै कम हुनु हो । सरकारले जतिसुकै लगानी गरेको भए पनि विद्यार्थी सङ्ख्या बढाउन सकेको छैन । पहिला स्कूलहरूको सङ्ख्या कम थियो । त्यहीँ भएकै दुई–चार स्कूलमै पढ्नुपर्ने बाध्यता थियो । तर, अहिले स्थिति धेरै नै फरक भइसकेको छ । सरकारले निजी क्षेत्रलाई शिक्षा क्षेत्रमा पनि आफ्नो लगानी खुला गरेसँगै धेरै निजी क्षेत्रले यो क्षेत्रमा लगानी गरेको छ । धेरै स्कूल खोल्नु र आफ्नो स्कूल भौतिकरूपमा निकै आकर्षक बनाउनु, अङ्ग्रेजी माध्यममा स्कूल सञ्चालन आदि कारणले गर्दा विद्यार्थीको आकर्षण निजी स्कूलतिर बढ्न गएको देखिन्छ । सरकारी स्कूलहरूले यो विषयमा ध्यान दिन नसकेको देखिन्छ र स्कूलका शिक्षकहरूलाई जतिसुकै तालिमहरू दिए पनि यो विषयमा प्रगति हुन सकेको देखिँदैन । यो किन र कसरी भयो भन्नेबारेमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने देखिन्छ ।
पुराना शिक्षक
विद्यार्थी सङ्ख्या कम हुनुले वा उमेरका कारणले पुराना शिक्षकहरूमा पहिलेभन्दा जोश–जाँगर निकै कम भइसकेको देखिन्छ । पुराना शिक्षकहरूको अनुभव र नयाँ शिक्षकहरूको जोश–जाँगरलाई राम्रो व्यवस्थापन गर्न सकेमा स्कूलहरूको छिटो रूप वा स्कूलहरूले पुरानो स्वरुपमा फर्कने आशा गर्न सकिन्छ । सबै शिक्षक कर्मचारीहरूले आफ्नो कामप्रति यधलभचकजष्उ जिम्मेवारीबोध गर्न आवश्यक छ । नेपालमा कामप्रतिको जिम्मेवारीबोध हरेक कार्यालयहरूमा कमी देखिन्छ । यसैले होला, विदेशमा जष्चभ बलम ाष्चभ को पद्धति लागू छ । के कारणले हो थाहा छैन, स्कूलहरूले निजी स्रोतबाट पनि शिक्षकहरू जष्चभ गरी काममा लगाएका छन् । तर, तिनीहरूको तलबमानमा धेरै अन्तर देखिन्छ । भएकै शिक्षकहरूबाट राम्रो उचयमगअतको आशा गर्न सम्बन्धित निकायको नियमित अनुगमनको आवश्यकता छ ।
अस्वस्थ प्रतिस्पर्धा
स्कूलहरूबीच अस्वस्थ प्रतिस्पर्धा भइरहेको देखिन्छ । जस्तो एउटा स्कूलले व्यवस्थापन विषयको पढाइ सुरु गरेमा अर्को स्कूलले पनि सोही विषय नै पढाइ गर्नुपर्ने किन होला ? त्यसै विद्यार्थी कम भएको बेला एउटै विषयमा पढाइ सुरु गरेर अर्को स्कूलको विद्यार्थी किन तान्ने कोसिस गर्नु परेको होला ? यो अलि बुझिनसक्नु भएको छ । त्यसैले यो विषयमा गम्भीर भएर सोच्नुपर्ने बेला छ । एउटै विषयमा मात्र पढाइ गर्नुको सट्टा फरक–फरक विषयमा पढाइ हुने व्यवस्था गर्नु जरुरी छ । धेरै विषयहरूमा शिक्षा लिन आज पनि काठमाडौँ नै जानुपर्ने बाध्यता छ । विद्यार्थीहरूले आफ्नो इच्छाअनुसारको पढाइ हुने स्कूलहरू रोज्न पाउँदा सबैजसो स्कूलहरूमा विद्यार्थीहरू हुनेछन् । यो पनि ख्याल गर्नुपर्छ कि विद्यार्थीहरूको सङ्ख्या नै स्कूलको राम्रो हुनुको मापन होइन, राम्रो नतिजा ल्याउनु नै स्कूल राम्रो हुनु होइन, त्यो विद्यार्थी भविष्यमा समाज र देशको लागि राम्रो काम गर्छ कि गर्दैन त्यो नै मुख्य मापन हुनुपर्छ ।
विद्यालय तह शिक्षा क्षेत्रको आधार हो । विद्यालय तहको स्तर उकास्न सकेन भने उच्च शिक्षा क्षेत्रको प्रगति गर्न गाह«ो हुनेछ । त्यसैले जग नै कमजोर भएपछि घर केको बलियो हुनु ? जगैदेखि बलियो शिक्षा क्षेत्रको निर्माण गर्न हामीलाई केले रोक्दै छ ? भक्तपुरलाई साँच्चैको ज्ञान–विज्ञानको केन्द्र बनाउन विद्यालय तहको सुधारको कार्य सुरु गर्न अब ढिलो नगरौँ । नगरपालिकाको आफ्नै केही प्रतिशत बजेट यस क्षेत्रमा लगाऔँ । सरकारले बजेट दिन्छ वा काम गर्छ भनेर अब नबसौँ । यो काम हामी गर्नसक्छौँ । हामी अवश्य सक्छौँ ।
सामुदायिक विद्यालयप्रति समाजको धेरै नकारात्मक सोच रहेको देखिन्छ । यसलाई समयमै हटाउनेबारेमा सोच्न ढिलो भइसकेको छ ।
विद्यालय शिक्षालाई पाठ्यक्रमसँग जोड्न नसक्नु वा शिक्षा परीक्षामुखी हुनु अर्को समस्या हो । शिक्षालाई सीपमूलक बनाउनुपर्छ । सरकार शिक्षाबाट टाढा जानु वा निजीकरण र व्यापारीकरण गर्नुबाट अब बिस्तारै राज्यको दायित्वमा ल्याउने प्रयासको थालनी गर्नुपर्छ । सम्बन्धित निकायबाट निरन्तर अनुगमन र मूल्याङ्कनलाई तीव्रता दिएर यसलाई सच्याउँदै जानुपर्ने देखिन्छ । यसको लागि सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वयमा उचित शिक्षा नीति तर्जुमा गरी अगाडि बढ्नु राम्रो होला ।
Leave a Reply