भर्खरै :

विद्यालय–विद्यालयमा नगर प्रमुख

भक्तपुर, २० पुस । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको समता शिक्षा निकेतन, इष्ट प्वाइन्ट एकेडेमी, रोम्बस स्कूल र पारागन एकेडेमीको स्थलगत निरीक्षण गर्नुभयो । निरीक्षणको क्रममा उहाँले विद्यालयका प्रधानाध्यापकहरूसँग भेटी विद्यालयको शैक्षिक अवस्था र कक्षा सञ्चालनबारे जानकारी लिनुभयो ।
कोभिड महामारीका कारण बन्द रहेको भक्तपुर नगरपालिकाका विद्यालयहरू भौतिकरूपमै उपस्थित भई कक्षा सञ्चालन भइरहेका छन् । कोभिडको जोखिमलाई ध्यानमा राखी सबै विद्यार्थीलाई मास्क अनिवार्य गरेको र सामाजिक दुरी कायम गरी आलोपालोमा कक्षा सञ्चालन भइरहेको विद्यालयले बताएको छ ।
निरीक्षणमा भक्तपुर नपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाको पनि उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *