नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
सन् २०२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्ष पुग्दै छ । चिनियाँ कम्युनिस्ट पार्टीले विश्व कम्युनिस्ट आन्दोलनमा समेत अतुलनीय योगदान पु¥यायो । माक्र्सवाद – लेनिनवादको बलियो वैचारिक आधारशिलामा खडा भएको चिनियाँ कम्युनिस्ट पार्टीले अध्यक्ष माओको कुशल एवम् बुद्धिमत्तापूर्ण नेतृत्व र क्रान्तिकारी विचारको आधारमा विजय हासिल ग¥यो । माक्र्सवादी दर्शन, सिद्धान्त र व्यावहारिक पाइलाहरू अवलम्बन गरी चिनियाँ कम्युनिस्ट पार्टीले क्रान्ति सफल बनायो । चिनियाँ कम्युनिस्ट पार्टीको सबल नेतृत्वको कारण नै आजको चीनको आकाश स्वतन्त्र, नीलो र विशाल भएको हो भन्न सकिन्छ । क्रान्तिले जन्माएको उज्यालो चीनलाई युगयुगसम्म रातो र चम्किलो बनाउन थुप्रै पत्रकार लेखकहरूले चीनको इतिहास लेखेका छन्, नयाँ पुस्ताको लागि चीनको वास्तविक चित्र छोडेका छन् । तीमध्ये चिनियाँ क्रान्ति एवम् चीनको तत्कालीन समयलाई विश्व राजनीतिक डबलीमा अत्यन्त कुशलतापूर्वक प्रस्तुत गर्ने पहिलो विदेशी पत्रकार एड्गर स्नो हुन् । पश्चिमलगायत विश्वमै चिनियाँ क्रान्ति र नेता माओ त्सेतुङको विषयमा गलत टिप्पणीहरू भइरहँदा सत्यतथ्य विश्वसामु प्रस्तुत गर्ने साहसी पत्रकार एड्गर स्नो नै हुन् । उनको पुस्तक ‘चीनको आकाशमा रातो तारा’ चीनमा समाजवादको जन्मको इतिहास उजिल्याउने पुस्तक हो । पुस्तकमा चीनमा समाजवाद स्थापना हुनुअघि चिनियाँ माटोमा निरन्तर १२५ वर्षसम्म चलेका विभिन्न सङ्घर्ष, युद्ध र क्रान्तिहरूको घटनाक्रमदेखि सङ्घर्षका अध्यायहरूलाई अत्यन्त मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । पुस्तकमा अध्यक्ष माओको व्यक्तिगत जीवन, सङ्घर्ष र क्रान्तिबारे छर्लङ्ग पारिएको छ । अध्यक्ष माओमात्र होइन उहाँका सयौँ सहयात्री र सहयोद्धाहरूको जीवनकथा सुनाउने पुस्तक हो यो । पुस्तकले इतिहासको मात्र कुरा गर्दैन भविष्यका सम्भावनाहरू पनि खोतलेको महसुस हुन्छ । ऐतिहासिक पृष्ठभूमिको आधारमा परिवर्तनको अवस्था पूर्वानुमान गर्न पुस्तकले सघाउँछ ।
पहिलो अध्याय रातो चीनको खोजीबाट हुन्छ । एड्गर स्नोले चीन बसाइका ७ वर्षमा लालसेना, सोभियतहरू र कम्युनिस्ट आन्दोलनबारे सयौँ प्रश्नहरू सोधे । तत्कालीन चीनसँग साक्षात्कार नगरी लालसेनाको त्यो भावना, सोभियतहरूको बन्दोबस्त र कम्युनिस्ट आन्दोलनको भाषा बुभ्mन कठिन थियो । लालसेनामा चेतनशील माक्र्सवादी क्रान्तिकारीहरू थिए । ती चिनियाँ कम्युनिस्ट पार्टीको अनुशासनको संस्कार र शिक्षाले दीक्षित देशका सेवक हुन् । तत्कालीन चीनमा कृषि क्रान्ति उठाउँदै साम्राज्यवादविरुद्ध लड्न विचारसँगै शक्ति र लडाकुहरूको तयारी टड्कारो आवश्यकता थियो । सोभियत प्रजातन्त्र र राष्ट्रिय मुक्तिका निम्ति लालसेनाको बलियो भावना जरुरी थियो । तिनलाई कोमिन्ताङहरूले ‘लाल डाँकु’ किन भने ? पश्चिमी विश्वले, जापानले किन तिनलाई ‘डाँकु’ को संज्ञा दिए । यसको जवाफ वास्तविक घटनाक्रमहरूबाट प्राप्त हुन्छ ।
सन् १९३६ मा चिनियाँ कम्युनिस्ट पार्टी नेतृत्वको गुरिल्ला सङ्घर्ष चलिरहँदा विश्वका निम्ति सङ्घर्षका कथाहरू सुनाउन तयार भएपछि पत्रकार एड्गर स्नो माओ र उहाँका सहयोद्धासम्म पुगे । स्नोले दक्षिणी चीनबाट उत्तर सोभियत चीनसम्मको यात्रा गरे । अत्यन्त जटिल परिस्थितिको सामना गरेर उनले क्रान्तिको सत्यतथ्य विश्वसामु ल्याए । अमेरिकी पत्रकार एड्गर स्नो २२ वर्षको उमेरमा चीनको सुदूर पूर्व पुगे । करिब १२ वर्षका निम्ति चीन नै उनको घर बन्यो । उनले चीनको भाषा, संस्कृति पनि पढे । पेइचिङको यनचिङ विश्वविद्यालयमा अध्यापनको काम गरे । विशेषतः उनलाई चीन, भारत र सोभियत रुसको विशेषज्ञका रूपमा विश्वले चिन्दछ । उनका ११ वटा पुस्तक छापिएका छन् । चीनको अध्ययन र क्रान्तिबारे लेख्नुअघि (१९३६ मा) उनी चीन बसेको ७ वर्ष पुगेको थियो । लाल सेना को हुन् ? लाल इलाका के हो ? भन्ने प्र्रश्नहरूको जवाफ खोज्न उनी उत्सुक थिए । चीनको परिवर्तनमा चिनियाँ कम्युनिस्ट पार्टी र अध्यक्ष माओको भूमिका कस्तो छ ? सकारात्मक या नकारात्मक ? ‘लाल सेना राक्षसको अर्को रूप हो, माओ राक्षसका मालिक हुन्’ भन्ने च्याङ्काइसेकहरूको प्रचारबाजी के सत्य हो ? लालसेनाको अखडाभित्र मान्छे पस्नु हुन्न, विदेशीलाई त जिउँदै सिध्याइदिन्छन् भन्ने अभिव्यक्ति के सही हुन् ? यी प्रश्नहरूको जवाफ भेट्टाउन पनि त्यो समय साहसकै जरुरत पथ्र्यो सायद !
यो पुस्तक एड्गर स्नोले देखेको चीन, भोगेको समय–परिवेश र अध्ययन गरेको इतिहासको सार हो । पुस्तकमा पहिलो अफिम युद्धदेखि जापानी उपनिवेशवादविरोधी आन्दोलन, देशको मुक्तिदेखि उत्तर चीनमा सोभियत स्थापना हुँदै समाजवाद स्थापनाको इतिहास उजागर गर्छ । पुस्तकले देशको मुक्तियुद्धमा जनताको एकता र राष्ट्रिय शक्तिहरूको एकताको आवश्यताबारे चीनको अनुभव विश्वलाई बताउँछ । क्रान्तिवीरहरूको अनुभवहरू सरस र मार्मिक ढङ्गले पुस्तकमा अभिव्यक्त छन् । चीनको इतिहासलाई खण्ड–खण्डमा प्रस्तुत गरिएको भएपनि पुस्तकभित्र चिनियाँहरूले निर्माण गरेको इतिहास छ । पुस्तकमा मानिसले मानिसमात्रको मुक्ति र सुखका निम्ति रचेको इतिहास छ । विभिन्न देशहरूमा क्रान्ति र कम्युनिस्ट आन्दोलन अगाडि बढ्यो । तर, जहाँ जहाँ चिनियाँ कम्युनिस्ट पार्टीको विचार, शैलीको अन्धनक्कल भयोे त्यहाँ क्रान्ति सम्भव भएन बरु आन्दोलन नै ओरालो झ¥यो ।
पुस्तक १३ वटा अध्यायमा विभक्त छ । प्रत्येक अध्यायमा कम्तीमा ५ वटा भागहरू छन् । यहाँ पुस्तकको सुरुका ६ अध्यायबारे चर्चा गरिनेछ ।
पहिलो अध्याय रातो चीनको खोजीबाट हुन्छ । एड्गर स्नोले चीन बसाइका ७ वर्षमा लालसेना, सोभियतहरू र कम्युनिस्ट आन्दोलनबारे सयौँ प्रश्नहरू सोधे । तत्कालीन चीनसँग साक्षात्कार नगरी लालसेनाको त्यो भावना, सोभियतहरूको बन्दोबस्त र कम्युनिस्ट आन्दोलनको भाषा बुभ्mन कठिन थियो । लालसेनामा चेतनशील माक्र्सवादी क्रान्तिकारीहरू थिए । ती चिनियाँ कम्युनिस्ट पार्टीको अनुशासनको संस्कार र शिक्षाले दीक्षित देशका सेवक हुन् । तत्कालीन चीनमा कृषि क्रान्ति उठाउँदै साम्राज्यवादविरुद्ध लड्न विचारसँगै शक्ति र लडाकुहरूको तयारी टड्कारो आवश्यकता थियो । सोभियत प्रजातन्त्र र राष्ट्रिय मुक्तिका निम्ति लालसेनाको बलियो भावना जरुरी थियो । तिनलाई कोमिन्ताङहरूले ‘लाल डाँकु’ किन भने ? पश्चिमी विश्वले, जापानले किन तिनलाई ‘डाँकु’ को संज्ञा दिए । यसको जवाफ वास्तविक घटनाक्रमहरूबाट प्राप्त हुन्छ ।
च्याङ्काइसेक या कोमिन्ताङ र कुनचाङताङ या चिनियाँ कम्युनिस्ट पार्टीबीच के बेमेल र वैचारिक भिन्नता थिए ? लालसेना र सोभियतहरूलाई जनताको समर्थन कसरी जुट्यो ? कम्युनिस्ट आन्दोलनको राजनीतिक र सैनिक दृष्टिकोण के हो ? यी प्रश्नहरूको जवाफ पाउन युद्ध मैदान जानुपर्ने निश्चित हो । स्नो लेख्छन् – “यस्तो हल्ला थियो कि रातो सिमानाभित्र कोही छिर्न सक्दैनन् । कोही पसिहाले जिउँदै फर्कलान् ?” लालसेनाले शत्रुविरुद्ध गरेको प्रतिकार र संहारलाई अत्यन्त बढाइचढाइ गरी हल्ला मच्चाएको थियो । कम्युनिस्टहरू ‘डाँकु’ लुटेरा हुन्छन् भन्ने भ्रम फैलाइएको थियो । मन्सुरिया सेन्सी, निङ्सिया, कान्सु, सियान्फुका कथाहरूमा यस्तै भ्रमहरू छन् ।
ती भ्रमहरूको अन्तर्य बुभ्mन स्नो क्रान्तिकारीहरूको राजधानीतिर लागे । जनताको रगत चुस्ने शासक, जापानलाई चीनको माटो बेच्ने देशद्रोही शासक, किसानमारा जमिनदारहरूविरुद्ध विरोध गुञ्जिरहेको थियो । प्रतिक्रियावादीहरू लालसेनाको साधना या सङ्घर्ष बिथोल्न हरसम्भव प्रयत्न गर्दै थिए । स्नोले लालइलाकाभित्र भद्र नेता चाऊ एनलाइ भेटे । उनलाई भेटेपछि स्नो केही हदसम्म प्रस्ट बने कि लालसेना या कम्युनिस्टहरू बताइएअनुसार हिंस्रक, रुखा र राक्षसी छैनन् । चाऊ एनलाइको नम्र वचन र बौद्धिकता एवम् सहृदयी व्यवहारबाट उनी प्रभावित बने । उनले पुस्तकमा चाऊ एनलाइको जीवन कथा सङ्क्षिप्तरूपमा पस्केका प्रस्तुत गरेका छन् । नेता चाऊ एनलाइले नै उनको सुत्ने, खाने, लाउनेको बन्दोबस्त गरिदिए । इलाकाभित्र दर्जनौँ युवा लालसेनाहरूसँग उनले भेटे । ती कुनैपनि दृष्टिले राक्षस देखिन्नथे । एक अर्कालाई कमरेड भन्थे । स्नोले पनि कामरेड सम्बोधन गरे । अधिकांश २७ वर्ष कमका नौजवानहरू थिए । त्यहाँ आत्मगौरव, जोश, देशप्रेम, क्रान्तिप्रतिको विश्वास, पार्टीप्रतिको बफादारी, सहृदयी व्यवहार उनले लालसेनाहरूमै भेटे । युवामा हुनुपर्ने सम्पूर्ण गुण लालसेनाहरूमा थियो । तिनलाई त्यसरी तालिम गरिएको थियो । चाऊ एनलाइले भनेका थिए – “तिमी चिनियाँ जनताप्रति मित्रवत् व्यवहार गर्ने एक भरपर्दो पत्रकार हौ । हामी तिमीलाई विश्वास गर्र्छांैँ तिमी कम्युनिस्ट होइनौ, त्यसले केही प्रभाव पार्दैन । हामी सोभियत इलाकाहरू हेर्न चाहने पत्रकारहरूलाई हृदयदेखि स्वागत गर्छौँ ।” त्यो अभिव्यक्ति उनले पहिले सुनेको हल्लाभन्दा बिल्कुल उल्टो थियो । उनले चाऊ एनलाइलाई एक शानदार व्यक्तित्व, तीक्ष्ण विद्वता र तर्क राख्न सक्ने क्षमता भएको नेताको रूपमा सम्झेका छन् । चाऊ ‘रातो चीन’ का पहिलो प्रचारक थिए । पुस्तकमा हो लुङ्को कथा पनि छ । गाउँ–गाउँ विशेषतः सान्सीका महिला र छोरीहरूले लालसेनालाई भान्सामा सघाउने, आगो बाल्न सघाउने सन्दर्भ उल्लेख छ । किसानहरूमा लालसेनाको असाध्यै राम्रो छाप थियो । ८–९ वर्षका बच्चाहरू समेतलाई लालसेना को हुन् भन्ने थाहा थियो । सान्सीको हरियो उपत्यकामा बास बस्दा आफूलाई विदेशी बैरी भन्ने सोचेर भर्खरका स–साना स्थानीय छोरा–छोरीले घेरेको स्मरण गर्छन् स्नो । तिनलाई स्नोले साधेका थिए– “को हुन् कम्युनिस्ट ?” । तीमध्ये एकले जवाफ फर्काए – “ऊ गोरा डाँकु र जापानी राक्षसहरूविरुद्ध लड्न लालसेनालाई सघाउने मान्छे हो । उसले जमिनदार र पुँजीपतिविरुद्ध पनि लड्छ ।” सोभियत गाउँहरूबाट जमिनदार र पुँजीपतिहरू कति भागिसके र कति जेलभित्र छन्, ती केटाकेटीहरूले स्पष्ट बताए ।
स्नो पाओ एनतिर जान चाहन्थे । त्यहाँ बस्न स्नोले चाऊ एनलाइसँग आग्रह गरेका थिए । त्यहाँ पुग्नेबित्तिकै उनले अध्यक्ष माओसँग भेट्ने चाहना व्यक्त गरे । उनलाई अध्यक्ष माओबारे एउटा किताब लेख्न मन थियो । थुप्रै रात स्नोले विभिन्न विषयहरूमा माओसँग छलफल गरे । ती भेटहरूमा माओले कहिल्यै आप्mनो व्यक्तिगत जीवनबारे बताएनन् । उहाँका कथाहरू सेना र कम्युनिस्टहरूबारे हुन्थे र स्नो सुन्थे । उहाँबाटै सुन्ने स्नोको निरन्तरको प्रयासले माओले आप्mनो बाल्यकालदेखिको जीवनका अध्यायहरू सुनाउनुभयो । कोमिन्ताङ्मा कसरी प्रवेश गर्नुभयो ? राष्ट्रिय क्रान्तिमा किन सहभागी बन्नुभयो ? उहाँ कसरी कम्युनिस्ट बन्नुभयो र लालसेना कसरी हुर्काउनुभयो ? उत्तर पश्चिमसम्मको लामो हिँडाइको वर्णन सुनाउनुभयो । माओको जीवनकथा सुन्दा, पढ्दा उहाँ आप्mनो युगकै सबैभन्दा प्रभावशाली नेता या व्यक्तित्व हुनुहुन्छ भन्न सकिन्छ । सम्पूर्ण पुस्ताले अध्यक्ष माओबाट सिकेरै क्रान्तिको बाटोमा हिँडे र क्रान्तिलाई सघाए ।
तत्कालीन समयमा अध्यक्ष माओ शत्रुका निम्ति सबैभन्दा ठूलो अवरोध बन्नुभयो । शत्रुले पटक–पटक माओको मृत्यु घोषणा गर्ने, टाउकोको मूल्य तोक्ने काम गरे । चिनियाँ क्रान्ति नायक चु तेहलाई पनि कोमिन्ताङ् प्रतिक्रियावादीहरूले नै मरिसकेको हल्ला गरे । लामो हिँडाइले माओको क्रान्तिका उपलब्धि जोगाउने र हुुर्काउने, जनतामा सांस्कृतिक स्तर र देशको अर्थतन्त्र उकास्नेजस्ता जनताका विषयहरूलाई अघि बढायो र जनताले साथ दिए । त्यही कारण पनि प्रतिक्रियावादीहरू माओलाई दैनिक अखबारहरूको हेडलाइनहरूमार्फत मरेको हल्ला गरिरहन्थे । अध्यक्ष माओ भने जनताको बीचमा सुरक्षित र स्वतन्त्र हुनुहुन्थ्यो । त्यहाँको क्रान्तिकारी सेना समिति, केन्द्रीय समितिको राजनीतिक ब्यूरो, वित्तीय आयोग, सङ्गठन समिति, स्वास्थ्य विभागलगायत अन्य महत्वपूर्ण क्षेत्रहरूमा अध्यक्ष माओ अत्यन्त ध्यानपूर्वक जिम्मेवारी निर्वाह गर्नुहुन्थ्यो । स्नो लेख्छन् – “चिनियाँ सोभियतहरूमा मैले ‘माओ’ नरुचाउनेहरू भेट्टाउनै सकिनँ ।” अध्यक्ष माओ जनताका नायक र किसानहरूका निम्ति भगवानजत्तिकै हुनुहन्थ्यो तर माओले सदैव मानिस भएर जनताको सेवा गर्नुभयो ।स्नो लेख्छन् – “माओ मेरा निम्ति अत्यन्त आकर्षक र जटिल मान्छे हुनुहुन्छ । उहाँसँग चिनियाँ किसानका स्वाभाविक सरलता र प्राकृतिक स्वभाव छ । उहाँ ठट्टा गर्ने, हाँस्ने, हँसाउने गर्नुहुन्छ । उहाँ अत्यन्त सरल बोल्ने र सरल जीवनपद्धत्ति बाँच्ने असाधारण व्यक्तित्व हुनुहुन्छ ।”
उहाँ अध्ययनमा तीब्र हुनुहुन्थ्यो । उहाँ गहिराइमा पुग्नुहुन्थ्यो । उहाँसँग दर्शन, इतिहासबारे गहिरो अध्ययन थियो । साथै, उहाँ प्रखर वक्ता हुनुहुन्थ्यो । अद्भूत स्मरणशक्ति र असाधारण एकाग्रता उहाँको विशेषता थियो । तर, उहाँ आप्mनो व्यक्तिगत जीवनशैलीमा त्यति ध्यान दिनु हुन्नथ्यो । स्वास्थ्य, व्यक्तिगत सुविधा र खानपानजस्ता विषयलाई प्राथमिकतामै राख्नुहुन्नथ्यो । आप्mनो जिम्मेवारी र दायित्व पूरा गर्न उहाँसँग अपार ऊर्जा हुन्थ्यो । राजनीतिक तथा रणनीति ज्ञानमा उहाँ अब्बल हुनुहुन्थ्यो । जापानीहरूले समेत उहाँलाई कुशल रणनीतिज्ञको संज्ञा दिए । माओको सरल जीवनबारे स्नोले लेखे – “म माओलाई भेट्न पाओ एन जाँदा उहाँ दुई कोठामा आप्mनी श्रीमतीसँग बस्नुहुन्थ्यो । पूर्णतः खाली, गरिब र नक्सा टाँगिएका भित्ताहरू र जीवन निर्वाहका केही सामग्रीबाहेक माओसँग केही थिएन । माओका निम्ति मुख्य सुविधा भनेको एउटा साधारण झुल थियो । उहाँ अन्य लालसेनाजस्तै साधारण जीवनयापन गर्नुहुन्थ्यो । १० औँ वर्ष लालसेनाको नेतृत्व गर्नुभएका, सयौँ मालिक, अधिकारी र कर सङ्कलकहरूको सम्पत्ति जफत गरी किसानलाई बाँड्नुभएका नेता माओको आप्mनो भन्नु एउटा ब्ल्याङ्केट, केही व्यक्तिगत सामग्री र दुईजोर सुतीको लुगासिवाय केही थिएन ।” उहाँ अभावमा फारोतिनो गरी हुर्केको भएपनि एक धनीमानिस व्यापारी किसानका छोरा हुनुुहुन्थ्यो । यद्यपि, उहाँमा विलासिताको कुनै भोक थिएन । उहाँको सरल व्यक्तित्वबाट किसान जनता प्रभावित थिए । खानपानमा कुनै विशेष बन्दोबस्त माओका निम्ति चाहिन्नथ्यो । उहाँ खुर्सानीको पीरो मन पराउनुहुन्थ्यो । एक दिन रातिको खाना खाइरहँदा ‘खुर्सानीको सिद्धान्त’ व्याख्या गर्नुभयो । “पिरो खानेहरू क्रान्तिकारी हुन्छन् ।” हुनान त्यसैले पनि किसान क्रान्तिको आधार बन्यो भन्दै ठट्यौली पारामा अन्तर्राष्ट्रिय सन्दर्भहरू पनि जोड्नुभएको प्रसङ्ग रोचक छ ।
अध्यक्ष माओको अन्तर्राष्ट्रिय जगतबारे गहन जानकारी देखेर स्नो छक्क परे । युरोपदेखि ल्याटिन अमेरिका हुँदै अफ्रिका, एसिया महादेशको जानकारी माओ राख्नुहुन्थ्यो । विशेषतः अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनहरूको गहिरो अध्ययन माओसँग थियो । उहाँ रुजवेल्टदेखि हिटलर, मुसोलिनीसम्मको व्यक्तित्वबारे जानकारी राख्नुहुन्थ्यो । उहाँले भारतबारे थुप्रै किताब पढ्नुभयो । भारतमा किसान आन्दोलनविना देशको मुक्ति सम्भव थिएन भन्ने बुझाइ अध्यक्ष माओको थियो । अमेरिकामा काला जातिहरूको प्रश्नमा उहाँ घोत्लिनुहुन्थ्यो । सोभियत रुसको अध्ययन र पछि आलोचनात्मक दृष्टिकोणबारे विश्व जानकार नै छ । उहाँसँग स्नोले कम्युनिस्ट आन्दोलनको इतिहासबारे विस्तृत छलफल गरे । रातीराती साँघुरो गुफाभित्र बसी माओ स्नोका जिज्ञासाहरू मेट्नुहुन्थ्यो । समयसमयमा ठट्यौली पाराले “कम्युनिस्ट डरलाग्दा छन् त ?” भन्ने प्रश्न गर्नुहुन्थ्यो । एकपटक स्नो माओसँग कुराकानी गरिरहँदा एक सहकर्मीले उहाँको हातमा दर्शनका केही पुस्तक दिए । त्यसपछि पुस्तकभित्र प्रवेश गर्नुभएका अध्यक्ष माओलाई केही दिन र रातपछि मात्र स्नोले भेट्न पाए । दर्शनका पुस्तकहरू औधी पढ्न रुचाउनुहुने अध्यक्ष माओले माक्र्सवादी दर्शनमात्र होइन, विश्व इतिहास र सभ्यताहरूको गम्भीर अध्ययन गर्नुभएको स्नोले प्रस्ट बुझे । लेखन र साहित्य रचनामा उहाँले जोड दिनुभयो । विश्वलाई भौतिकवादी दृष्टिकोणले हेर्ने अध्यक्ष माओ मानिस अर्थात् जनताको शक्तिमा विश्वास राख्ने नेता हुनुहुन्थ्यो । हरेक समस्याको हल मानिसमात्रले गर्नसक्ने उहाँको विश्वास थियो । उहाँ दिनको १३–१४ घण्टाभन्दा बढी निरन्तर काम गर्नुहुन्थ्यो । राति अबेरसम्म पनि काम गर्ने र २–३ घण्टा आराम गर्ने उहाँलाई लालसेनाहरू इस्पातले बनेको मानिस भन्थे ।
आप्mना कमरेडहरूप्रतिको स्नेह, महामारीमा बितेका आप्mना युवा कमरेडहरूको स्मरणमा मलिन बनेको माओको मुहारले अझ बढी स्नोलाई अध्यक्ष माओको नजिक ल्यायो । खानाको माग गर्दै आन्दोलनरत किसानहरूमाथि प्रहार हुँदा घाइते किसानलाई अध्यक्ष माओले आप्mनो कोट फुकाली लगाइदिनुभएको र आप्mना लाल योद्धाहरूको खुट्टामा जुत्ता नदेख्दा आपूmले पनि त्यागेको सन्दर्भलाई स्नोले जोडेका छन् ।
यसरी यस पुस्तकले चीनको इतिहास, क्रान्तिको इतिहाससँगै चीनको आकाशको रातो तारा अध्यक्ष माओलाई विश्वसामु चिनायो । स्नोले चीन र अध्यक्ष माओलाई अन्तर्राष्ट्रिय जगतसँग साक्षात्कार गराइरहँदा आपूmलाई पनि विश्वसामु परिचित गराए । यो नयाँ वर्षले चिनियाँ क्रान्ति र माओको योगदान त पक्कै गाउनेछ साथै एड्गर स्नोले चिनियाँ माटोसँग लगाएको मितेरी, चिनियाँ जनतालाई लगाएको गुण पनि स्मरण गर्नेछ । पुस्तकको चौथो अध्यायदेखि अर्को अङ्कमा छलफल गरिनेछ ।
Leave a Reply