भर्खरै :

सिद्धान्तहीन एकता दिगो नहुने

सिद्धान्तहीन एकता दिगो नहुने रहेछ भन्ने कुरा नेकपाको विभाजनले प्रस्ट भएको छ । जसरी भए पनि दल ठूलो बनाई सरकारको नेतृत्व गर्ने सत्ता स्वार्थमा लाग्दा नेकपाभित्र राजनीतिक भुइँचालो गएको हो । केपी ओलीमा कम्युनिस्टको कुनै गुण, चरित्र छैन भनिसकेपछि अब उनीसँग दाहाल–नेपाल नेकपाको मिल्ने बिन्दु छैन । दाहाल–नेपाल पक्षले संसद विघटन स्वीकारे, ‘आरोप’ पत्र फिर्ता लिए अझै पार्टी एकता हुनसक्ने ओली पक्षधर नेताहरूको विचार पनि लोकाचारको निम्ति जस्तो देखिएको छ । यो बेला ओली पक्षले दाहाल–नेपाल पक्षलाई आफूतिर तान्ने काम गर्नु या पार्टीमा फर्कन आग्रह गर्नु अस्वाभाविक होइन ।
नेकपा व्यवहारतः विभाजित भएपछि एकले अर्कालाई आफूतिर तान्ने काम भइरहेको छ । विभाजित दुई दलबीच अहिले पनि एक अर्काले आफ्नै दल आधिकारिक, आफ्नै दल ठूलो भन्ने कुरामा केन्द्रित छ । विभाजित दलमा कुन दल के–के कारणले कम्युनिस्ट पार्टी हो, कुन दल माक्र्सवाद–लेनिनवादको पथप्रदर्शकमा लागिरहेको छ भन्ने कुरामा बहस भएको देखिँदैन ।

सिद्धान्त, दर्शन र विचारको आधारमा दल सञ्चालन हुनुपर्छ । सिद्धान्त र विचार छोडेर पछि जे होस्, दल ठूलो बनाउनु नै सच्चाइको आधार हो भन्ने मान्यता राखेको कारण नेकपाको यो हविगत भयो । नेकपा एकताको जग भरपर्दाे नभएको पुष्टि भयो । इँटाको चाङ लगाएर अग्लो घर बनाएको कारण जग भत्केको हो । जग बलियो हुनुपर्छ । जग बलियो बनाउनु भनेको सिद्धान्त र विचार मजबुत बनाउनु हो, जनतालाई सैद्धान्तिक र वैचारिकरूपले सचेत र सङ्गठित बनाउनु हो ।

आरोप प्रत्यारोप गरेर, एकले अर्काको कमजोरी औँल्याएर कुनै दल सच्चा कम्युनिस्ट हुँदैन । एमाले र माओवादी मिलेर नेकपा बनेको बेलामा नै सैद्धान्तिक, वैचारिक पक्षबारे बहस गर्नुपथ्र्याे, हुनुपथ्र्याे । एमाले र माओवादीका नेताहरूले बेलैमा विचार नपु¥याउँदा आज ती नेताहरू एक अर्काका शत्रुजस्तै बनेका छन् । माक्र्सले सिद्धान्तहीन एकताभन्दा फुट झन् राम्रो त्यसै भनेका होइनन् ।
सिद्धान्त, दर्शन र विचारको आधारमा दल सञ्चालन हुनुपर्छ । सिद्धान्त र विचार छोडेर पछि जे होस्, दल ठूलो बनाउनु नै सच्चाइको आधार हो भन्ने मान्यता राखेको कारण नेकपाको यो हविगत भयो । नेकपा एकताको जग भरपर्दाे नभएको पुष्टि भयो । इँटाको चाङ लगाएर अग्लो घर बनाएको कारण जग भत्केको हो । जग बलियो हुनुपर्छ । जग बलियो बनाउनु भनेको सिद्धान्त र विचार मजबुत बनाउनु हो, जनतालाई सैद्धान्तिक र वैचारिकरूपले सचेत र सङ्गठित बनाउनु हो ।
नेकपाकै नेताहरूको कारण नेकपा विभाजित भएकोमा शङ्का छैन । नेकपा एकता सत्ता स्वार्थकै कारण भएकोले नेकपा विभाजित भएको कुरा ती नेताहरूले आत्मसमीक्षा नगरी सुखै छैन । ती नेताहरू अहिले प्रायश्चित गर्दै छन् । नेकपाका नेताहरूबीच चिसो बढेको छ, त्यही चिसोको कारण नेकपाको एकताको भाँडो चिरा परेको हो । चिरा परेको भाँडो जोडे पनि त्यति बलियो हुनेछैन । अतः दल ठूलोमात्र भएर हुँदैन, सही सिद्धान्त अँगालेर सही बाटोमा जानुपर्छ । नेकपाका नेताहरू फेरि सत्ता स्वार्थमै पल्केर जित्नकै निम्ति राजनीति गर्छन्, पैसाको खोलो बगाउँछन्, लोभलालच देखाउँछन् भने न देशको विकास हुन्छ न त नेकपाको कम्युनिस्ट आन्दोलन अघि बढ्छ, न कम्युनिस्ट पार्टी बलियो हुन्छ । नेकपाका नेताहरूलाई चेतना भया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *