भक्तपुर–साँखु सडक निर्मँणमा किन ढिलाइ ?
- कार्तिक १८, २०८३
नेपाल र भारतको सम्बन्ध अझ सुदृढ हुने र थप घनिष्ट हुने बताइएको छ । प्रत्येक पल्टको भारत भ्रमण निकै फलदायी भएको बताइन्छ । तर, के कुरामा थप घनिष्ट भयो र निकै फलदायी भयो भन्ने कुरा सार्वजनिक हुँदैन । भ्रमण या परराष्ट्र मन्त्रीस्तरीय बैठक पटक–पटक हुँदैन । भ्रमणको क्रममा हुने बैठकमा भएको एजेन्डाबारे अर्को बैठक नभएसम्म दोहोरो छलफल हुँदैन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भ्रमण र मन्त्रीस्तरीय बैठक उपलब्धिमूलक भने तापनि खास उपलब्धि भएको देखिँदैन ।
सीमा विवादबारे पनि छलफल भएको बताइयो । सीमा विवाद सकेसम्म चाँडो टुङ्ग्याइने कुरो उठ्यो । सीमा विवाद भएको दशकौँ बितिसकेको छ । तर, अहिलेसम्म समाधान भएको छैन । भारतीय पक्षबाट भूमि मिचिँदै छ, सरकार सीमा विवाद टुङ्ग्याउने सहमति भएको बताउँछ । नेपाल–भारत जोडेको अधिकांश ठाउँमा नेपाल–भारतको सीमा विवाद छ । सीमा विवादबारे नेपाल–भारतबीच धेरै पटक बैठक बसिसकेको छ, धेरै पटक छलफलमात्र होइन सहमति भइसकेको छ । तर, अहिलेसम्म सीमा विवाद किन टुङ्गो लागेको छैन ? कारण स्पष्ट छ, नेपाल–भारतबीचको सीमा विवाद टुङ्ग्याउन न भारत जिम्मेवारपूर्वक अघि बढेको छ त नेपाल नै ।
नेपाल सरकार छिमेकी देशबीच वार्ता हुनु नै ठूलो उपलब्धि ठान्छ । सीमा विवाद चाँडै सुल्झाउने सहमतिलाई नै सरकारले उपलब्धि मानेको छ । यस्तो सहमति यसअघि धेरै पटक भइसकेको छ । तर, सहमति हातलागे शून्य हुन्छ । एकातिर सरकार आफै नेपाल–भारतबीचको सम्बन्ध सदियौँदेखि भएको फुक्छ, अर्कोतिर भ्रमण गर्दा या बैठक बस्दा फेरि घनिष्ठ सम्बन्ध भएको बताउँछ । नेपाल–भारत सीमा विवादसम्बन्धी यो पहिलो बैठक होइन । हो, पहिलो बैठकमै सीमा विवाद अन्त्य हुने होइन । भारतको विदेश मन्त्रालय सीमा व्यवस्थापन नभई नाका व्यवस्थापनमा मात्र छलफल भएको बताउँछ । तर, नेपालको परराष्ट्र मन्त्रालय सीमा विवाद चाँडै टुङ्गिने कुरा बताउँछ । काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर भनेको यही हो ।
Leave a Reply