भर्खरै :

ठगी गर्नेहरूलाई संरक्षण किन ?

देशमा रोजगारको कमी छ । देशमै रोजगारी सृजनाको सम्भावना नभएको होइन तर न सरकार न निजी क्षेत्रले नै यसमा खास चासो राखेको छ । सामान्य मानिसहरू छोटो अवधिमै धेरै पैसा कमाउने आकाङ्क्षारूपी रोगले ग्रस्त छन् । यही कमजोरीको फाइदा उठाएर दलालहरूले विदेशको रोजगारीको चमकधमक देखाइरहेका छन् । हरेक दिनजसो कुनै न कुनै अखबारमा र टीभी च्यानलहरूमा वैदेशिक रोजगारका नाममा ठगीमा परेकाहरूको रुवाइ र पश्चातापले भरिएका लेख रचना प्रकाशन र कार्यक्रम प्रसारण भइरहेका छन् तर ठगीको ग्राफ भने उकालो चढिरहेकै छ । ठगहरूले ठगीका नयाँ नयाँ विधि र बहाना प्रयोग गरिरहेका छन् । उनीहरूको जालमा लेखपढ नजानेका मानिसहरूमात्र होइन, स्नातक र स्नात्तकोतर गरेका र प्राध्यापन गरिरहेका प्राध्यापक र बुद्धिजीवी भनाउँदाहरूसमेत परिरहेका छन् ।
वैदेशिक रोजगारका नाममा भएका ठगीविरुद्ध कानुनी कारबाहीका लागि सरकारले वैदेशिक रोजगार विभागको अनुसन्धान तथा मुद्दा शाखा सक्रिय रहेको बताइन्छ तर त्यसले कतिवटा मुद्दामा पीडितलाई न्याय दिलायो र पीडकलाई कारबाही ग¥यो, स्पष्ट अभिलेख छैन । अरू नाममा ठगी गर्नेलाई कैद सजाय र वैदेशिक रोजगारका नाममा ठगी गर्नेहरूलाई मेलमिलापका नाममा संरक्षण मिलिरहेको हुनाले नै ठगीको क्रम नरोकिएको हो । वैदेशिक रोजगार विभागमा जागिर खाएका र खाइरहेका कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने हो भने ठगी किन रोकिएन भन्ने छर्लङ्ग हुन आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *