तीन मुक्तक
- आश्विन ९, २०८३
आजको दिनबाट ठ्याक्कै ४ वर्षअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ अर्थतन्त्रलाई पछाडि धकेल्न अथक प्रयासको सुरुवात गरेका थिए । तर, ट्रम्पको लागि ‘म ताक्छु मुढो बन्चरो ताक्छ घुँडो’ भएको छ । चीनलाई डुबाउन खोज्ने ट्रम्प आफ्नै देश अमेरिकालाई डुबाएर आजै ह्वाइट हाउसबाट बहिर्गमन हुँदै छ । चिनियाँ आर्थिक विकासलाई धरापमा पार्ने कुत्सित मनसायले चालिएको कदमको कारण उल्टै अमेरिकी अर्थतन्त्र दलदलमा फसेको छ ।
चीनसँग ट्रम्पको व्यापार युद्धले २ लाख ४५ हजार रोजगारी गुमेको तथ्य भर्खरै सार्वजनिक भएको छ । यदि एकले अर्को मुलुकबाट आयात हुने वस्तुमाथि लगाउने करको दर यसरी नै बढाउँदै लाने हो भने सन् २०२२ मा अर्को २ लाख ३२ हजार रोजगारी गुम्ने सम्भावना छ । संसारको दुई ठूला अर्थतन्त्रबीच यसरी नै तनाव बढ्दै जाने हो भने अर्को ५ वर्षमा अमेरिकाको कुल गार्हस्थ उत्पादनमा १६ खर्ब डलर घट्ने अनुमान गरिएको छ । जसले गर्दा सन् २०२५ मा ३ लाख २० हजार रोजगारी गुम्ने खतरा छ । अमेरिकाबाट चीन निर्यात हुने वस्तुको कारण अमेरिकामा १२ लाख रोजगारको सिर्जना हुन्छ भने अमेरिकामा भएको चीनको प्रत्यक्ष वैदेशिक लगानीबाट १ लाख ९७ हजार रोजगारी सिर्जना भइरहेको छ ।
चीनबाट आयात हुने वस्तुमाथि कर लगाउनेदेखि चीनबाट उत्पति भएको विभिन्न सामाजिक सञ्जाल ‘वीच्याट’ र व्यापकरूपमा लोकप्रिय भिडियो साझेदारी ‘टिकटक’ समेत प्रतिबन्धित भए । ट्रम्प प्रशासनले पछिल्लोपटक चिनियाँ टेलिकमलाई अमेरिकी स्टक एक्सचेजको सूचीबाट हटायो । यो कदम ट्रम्पको चीनविरुद्धको अन्तिम प्रयास भएको छ । ट्रम्पको अनेक व्यवधान भए पनि विभिन्न आर्थिक सर्वेक्षणले देखाएअनुसार चीन हरेक आर्थिक सूचाङ्कमा अगाडि देखापरेको छ । सन् २०१६ मा ट्रम्पले सत्ता ग्रहण गरेलगत्तै सुरु भएको विश्वव्यापी व्यापार युद्धको क्रममा चीनबाट मात्र होइन विश्वबाटै ट्रम्प तिरस्कृत भएको देखिन्छ ।
ट्रम्प व्यापार युद्धमा जीत हारको फैसलाको रूपमा हेर्ने सबैभन्दा महत्र्वपूर्ण मापदण्ड ‘व्यापार सन्तुलन’ लाई मान्दथे । व्यापार सन्तुलनलाई आफ्नो पक्षमा पारेर चीनलाई ‘चारौ खाना चित’ पार्ने ट्रम्मको मनसायमा तुसारापात भएको छ । अमेरिकासँग चीनको व्यापार बचत २५ प्रतिशतले बढेको छ भने ट्रम्पले राष्ट्रपति पदभार ग्रहण गरेदेखि वार्षिक आधारमा ३०० अरब डलरभन्दा बढी व्यापार बचत चीनको पक्षमा गएको छ । चीनले कतै पनि अमेरिकाबाट आयात हुने वस्तुुमाथि लगाएको करलाई घटाएर ट्रम्पको धम्कीको अगाडि नतमस्तक हुने कुनै लक्षण देखाएन । ‘जस्तालाई त्यस्तै ढिडोलाई निस्तै’ को भावमा चीनले अमेरिकी वस्तुमाथि कर लगायो । चिनियाँ अर्थव्यवस्थालाई कमजोर पार्न ट्रम्पको प्रयासको शुद्ध नतिजा भनेको चीनलाई आत्मनिर्भर अर्थतन्त्रतिर उन्मुख बनाउन चिनियाँ नेताहरूको प्रयास झन् प्रबल बनाउनु रह्यो ।
चीनको अपेक्षाकृत अमेरिकासँगको व्यापार युद्धमा पनि चीनले आफ्नो हितलाई सुरक्षित राख्न सकेको प्रतीत हुन्छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र सन् २०२० को डिसेम्बरमा मात्र समग्र व्यापार बचत ७८ अर्ब डलरको रहेको छ । यस वर्ष चीनको समग्र व्यापार बचतले ५३५ अर्ब डलरको आँकडालाई छोएको छ जुन २०१९ को तुलनामा २७ प्रतिशतले बढी हो । चीनको निर्यात अहिलेसम्मकै उच्च तहमा पुगेको छ । चीनको आर्थिक वृद्धिमा केही हदसम्म महामारीलाई पनि श्रेय जान्छ । महामारी कालमा विश्वभरिका मानिसहरूले घरबाट काम गर्ने भएकोले चीनमा उत्पादित सुरक्षा सामग्री, स्वास्थ्य सामग्री र इलेक्ट्रोनिक्स वस्तुको मागमा भएको वृद्धिले चिनियाँ कम्पनीहरू धेरै लाभ उठाउन सफल भए ।
सन् २०१६ को राष्ट्रपति चुनावमा ट्रम्प आफूलाई द्वन्द्व समाधानका विज्ञको रूपमा प्रस्तुत गर्दथे । सन् २०२० को चुनाव नजिकिँदै जाँदा ट्रम्प र उसका आसेपासेहरू उक्त दाबीलाई अझ बलियो बनाउँदै चीनसँगको पहिलो चरणको व्यापार सम्झौता भएदेखिको सबभन्दा ठूलो दोस्रो चरणको सम्झौता हुने बताएको थियो । सम्झौतामा सन् २०२१ सम्ममा अतिरिक्त २ सय अरब डलरको वस्तु चीनले आयात गर्ने भनिएको थियो । तर, सम्झौता भएको ६ महिनापछि यसको वास्तविक चित्र देखियो । चीनसँगको व्यापार युद्धमा अमेरिका जित्ने र सम्झौताबाट अमेरिकालाई फाइदामा हुने भनेर ट्रम्पले गरेको दाबी सत्य भएन । व्यापार युद्धले अमेरिकी अर्थतन्त्रलाई झनै अप्ठेरोमा पा¥यो भने अर्कोतिर व्यापार युद्ध अर्थतन्त्रभन्दा पनि पर पुगेर राजनीतिक द्वन्द्वमा रूपान्तरण भयो । वाल स्ट्रीट जर्नलअनुसार ट्रम्पको चीनसँगको व्यापार युद्धले अमेरिकामा उत्पादनलाई बढावा दिने उद्देश्य हासिल गर्न सकेन । अमेरिकीहरूबीच चिनियाँ उत्पादनको प्रयोगलाई निरुत्साहित गर्न चिनियाँ वस्तुमाथि लगाइएको अरबौँ डलर करको बाबजुद अमेरिकामा उत्पादन गतिविधि पुरानै लयमा फर्काउन सकेन ।
चीनको अपेक्षाकृत अमेरिकासँगको व्यापार युद्धमा पनि चीनले आफ्नो हितलाई सुरक्षित राख्न सकेको प्रतीत हुन्छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र सन् २०२० को डिसेम्बरमा मात्र समग्र व्यापार बचत ७८ अर्ब डलरको रहेको छ । यस वर्ष चीनको समग्र व्यापार बचतले ५३५ अर्ब डलरको आँकडालाई छोएको छ जुन २०१९ को तुलनामा २७ प्रतिशतले बढी हो । चीनको निर्यात अहिलेसम्मकै उच्च तहमा पुगेको छ । चीनको आर्थिक वृद्धिमा केही हदसम्म महामारीलाई पनि श्रेय जान्छ । महामारी कालमा विश्वभरिका मानिसहरूले घरबाट काम गर्ने भएकोले चीनमा उत्पादित सुरक्षा सामग्री, स्वास्थ्य सामग्री र इलेक्ट्रोनिक्स वस्तुको मागमा भएको वृद्धिले चिनियाँ कम्पनीहरू धेरै लाभ उठाउन सफल भए । यसले गर्दा अमेरिकासँगको चीनको व्यापार सम्बन्ध अझ असन्तुलित भयो । चीनको अमेरिकासँगको व्यापार बचत २०२० मा बढेर ३१७ अर्ब डलर पुगेको छ जुन अघिल्लो वर्षको तुलनामा ७ प्रतिशतले वृद्धि भएको छ । यसरी ट्रम्पले चीनसँग सुरु गरेको व्यापार युद्ध असफल भएको २०२० मा चीनबाट अमेरिकामा आयात वृद्धिको तथ्याङ्कले पुष्टि गरेको छ ।
यो महामारीमा विश्व नै आर्थिक मन्दीको चपेटामा पर्दा चीनले आर्थिक पुनरुत्थानमा छलाङ मारेको छ । विश्वको समग्र आर्थिक वृद्धि ५ दशमलव २ प्रतिशत सङ्कुचनमा हुँदा चीनको आर्थिक वृद्धि भने २ दशमलव ३ प्रतिशत हुँदा विश्व नै चकित भएको छ । सन् २०२० मा चीनको अर्थतन्त्र १५४ दशमलव ५ खर्ब डलरको भएको छ । वर्षको अन्तसम्ममा विश्वव्यापी जीडीपीमा चीनको योगदान करीब १७ दशमलव ५ प्रतिशत पुगेको छ । जुन अघिल्लो अवधिमा भन्दा १ दशमलव १ प्रतिशत बिन्दुले बढ्ने सम्भावना छ ।
अर्थशास्त्रको नियमले भन्छ, संसारको कुनै एक व्यक्तिको इमानदार प्रयासबाट हुने प्रगतिबाट समाजमा रहेका अरू व्यक्तिहरूको निम्ति पनि लाभदायक नै हुन्छ । त्यसरी नै संसारको कुनै एकजना व्यक्तिमात्र बिग्रिनु भनेको समाजकै निम्ति पनि घाटा हुनु हो । यो मर्मलाई सम्झौँ, अरूको कुभलो सोच्नुभन्दा द्वन्द्व त्यागेर सबैको भलो हुने आर्थिक नीति अपनाऔँ ।
(विभिन्न समाचार एजेन्सीको सहयोगमा)
Leave a Reply