भक्तपुरमा तीनदिने पुस्तक प्रदर्शनी सुरु आत्मालोचना र आत्मसंयमको भावना विकास गर्नुपर्ने
- कार्तिक १३, २०८३
काठमाडौं, ८ माघ । नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा बिहीबार नेमकिपा केन्द्रीय समितिको आयोजनामा अनलाइन कार्यकर्ता प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेमकिपाले पञ्चायतको चुनावमा समेत भाग लिएर पञ्चायती व्यवस्थालाई उदाङ्ग्याउन उपयोग गरेको चर्चा गर्दै वैशाखमा तय भएको चुनावमा पनि सहभागी बन्ने बताउनुभयो ।
“हामी सत्तामा जानको लागि होइन, शासक दललाई जनतासमक्ष उदाङ्ग्याउन चुनावको उपयोग गर्नेछौँ”, उहाँले भन्नुभयो ।
“कुनै सरकारले हाँकको रूपमा चुनाव घोषणा गर्छ भने सरकार र अन्य राजनीतिक दललाई उदाङ्ग्याउन र जनताबीच जाने अवसरको रूपमा त्यसको उपयोग गर्छ”, बिजुक्छेँले भन्नुभयो ।
बिजुक्छेँले सत्तारूढ नेकपाको झगडा सैद्धान्तिक र नीतिगत नभई आफ्ना मान्छेलाई पद र ठेक्कापट्टा दिन तथा भ्रष्टहरूलाई भ्रष्टाचार गर्न दिने झगडा भएको बताउनुभयो ।
उहाँले पटक–पटक प्रधानमन्त्री भएका नेताहरूले आफू पदमा हुँदा गरेका कामबारे जनतालाई भन्न सक्नुपर्ने भन्दै दलहरूमा सैद्धान्तिक र नीतिगत स्पष्टता हुन आवश्यक भएको धारणा राख्नुभयो ।
उहाँले विश्वविद्यालयहरूमा शासक दलहरूले करोडौँ–करोड पैसा लिएर उपकुलपतिमा नियुक्ति गरिरहेको चर्चा गर्नुभयो ।
नेकपालाई विदेशी शक्तिहरूले जुटाएको र फुटाएको प्रस्ट पार्दै बिजुक्छेँले संरा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादले नेपालको राजनीतिमा बढी चासो राख्दै आएको बताउनुभयो ।
“जहाँ शान्ति हुन्छ, त्यहाँ संरा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद पुगेको हुन्छ । झगडा पनि उनीहरू नै लगाउँछन्, हतियार पनि उनीहरू नै बेच्छन्”, उहाँले भन्नुभयो ।
संरा अमेरिकामा निर्वाचित नयाँ राष्ट्रपतिबारे टिप्पणी गर्दै बिजुक्छेँले व्यक्ति फेरिँदैमा व्यवस्था परिवर्तन नहुने बताउनुभयो ।
“कोट फेरिंदैमा मान्छे फेरिंदैन”, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले पार्टी विधान र अनुशासनबारे चर्चा गर्दै नेमकिपाको ४७ औँ स्थापना दिवसको अवसरमा देशभरि जनताबीच जाने गतिविधि भइरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले पनि बोल्नुभएको थियो ।
Leave a Reply