भर्खरै :

अध्यक्ष बिजुक्छेँसँग प्रजग कोरियाका राजदूतको भेट

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग मित्र देश प्रजग कोरियाका महामहिम राजदूत चो योङ्ग म्यान ९व्य थ्यलन ःबल० ले शुक्रबार भक्तपुरमा भेट गर्नुभयो ।
राजदूत चोले नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा अध्यक्ष बिजुक्छेँ, सम्पूर्ण पार्टी कार्यकर्ता र शुभेच्छुकहरूलाई शुभकामना दिनुभयो ।
उहाँले कोरियाली मजदुर पार्टीको आठौँ महाधिवेशन जनवरी ५–१२ सम्म ८ दिन भएको र उक्त महाधिवेशनमा कोरियाली जनताका नेता किम जङ्ग उनले नौ घण्टा लामो विकासका योजनासहितका प्रतिवेदन पेश गर्नुभएको उल्लेख गर्नुभयो ।
जनता, सेना र पार्टी सदस्यको समर्थनमा महाधिवेशनबाट नेता किम जङ्ग उन कोरियाली मजदुर पार्टीको महासचिवमा पुनः नियुक्ति भएको उल्लेख गर्दै महामहिम राजदूत चोले नेता किम जङ्ग उनको प्रतिवेदनमा जनतालाई शिरमा राख्ने, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने र देशलाई स्वावलम्बी बनाउने विषयमा जोड दिइएको बताउनुभयो ।
राजदूत चोले जनता, सेना र पार्टी सदस्य नेता किम जङ्ग उनको नेतृत्वमा एक भएकाले शत्रुसँग लड्दै समाजवादको निर्माणमा सफलता मिलेको चर्चा गर्नुहुँदै कोरियाली मजदुर पार्टीलाई नेपाल मजदुर किसान पार्टीबाट प्राप्त समर्थन र ऐक्यबद्धताको उच्च मूल्याड्ढन गर्नुभयो र दुई पार्टीको सम्बन्ध आगामी दिनमा थप घनिष्ट हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष बिजुक्छेँले कोरियाली मजदुर पार्टीको आठौँ महाधिवेशनमा नेता किम जङ उनले प्रस्तुत गर्नुभएको प्रतिवेदनको सारसङ्क्षेप बताउनुभएकोमा महामहिम राजदूत चोलाई धन्यवाद दिनुहुँदै सो प्रतिवेदन समाजवादको नयाँ विजय प्राप्तिको सङ्घर्ष नै भएको उल्लेख गर्नुभयो ।
उहाँले सो प्रतिवेदन अध्ययन गरी पार्टी कार्यकर्ता र नेपाली जनतासम्म पु¥याउने उल्लेख गर्नुहुँदै अमेरिकाजस्तो शक्तिशाली दाबी गरिएको देशमा कोभिड– १९ सङ्क्रमणबाट जनतालाई जोगाउन नसकिएको तर प्रजग कोरियामा नेता किम जङ उनको नेतृत्वमा जनतालाई जोगाउन सफलता मिलेको चर्चा गर्नुभयो ।
कोरियाली मजदुर पार्टीले जनतालाई शिरमा राखेर काम गरेको तर पुँजीवादी देशका सरकारहरू नारा दिएअनुसार काम नगरको उल्लेख गर्नुहँदै अध्यक्ष बिजुक्छेँले नेता उनको नेतृत्वमा कोरियाली मजदुर पार्टीले आठौँ महाधिवेशनको निर्णयअनुसार सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले पार्टीका प्रकाशन उपहार दिनुभयो भने महामहिम राजदूत चोले आठौँ महाधिवेशनको प्रतिवेदन र नेपाल मजदुर किसान पार्टीलाई कोरियाली मजदुर पार्टीको तर्फबाट शुभकामना सन्देशपत्र हस्तान्तरण गर्नुभयो ।
अनौपचारिक छलफलमा अध्यक्ष बिजुक्छँेले यहाँका शासक दलका नेताहरूसँग प्रजग कोरियाजस्तै आकार र जनसङ्ख्या भएको नेपालमा प्रगति नभएको बारे प्रश्न उठाएको प्रसङ्ग जोड्दै प्रजग कोरियालगायत समाजवादी देशमा जनताकै हितमा काम हुने भएकोले छोटो समयमा धेरै प्रगति भएको चर्चा गर्नुभयो ।
राजदूत चोले अमेरिकामा राष्ट्रपति जो आए पनि प्रजग कोरियाविरूद्धको नाकाबन्दी नहटाइएसम्म त्योसँगको सम्बन्ध सुधार नहुने उल्लेख गर्नुहुँंदै कोरियाली प्रायःद्वीपमा शान्ति र स्थिरता नभएसम्म एसिया र एसिया–प्रशान्त क्षेत्रमा शान्ति स्थिरता नहुने बताउनुभयो ।
दक्षिण कोरियाले तीन वर्षअघिको पानमुनजोम र प्योङयाङमा भएको दुई देशको घोषणापत्रलाई पालना गर्नुपर्ने आवश्यकता औँल्याउनुहँुंदै राजदूत चोले आफ्नो रक्षाको लागि प्रजग कोरियाले आणविक शक्ति बनाएको र आक्रमणको प्रत्याक्रमण गर्न आप्mनो देश पछि नहट्ने स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *