लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
राजनीतिक दल एक वर्ग आधार र राजनैतिक दर्शन तथा विचारमा उभिएर एक आदर्श समाज निर्माण गर्ने उद्देश्य राखी स्थापना भएको हुन्छ । माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्ग निर्देशक सिद्धान्तको रूपमा नेपालको वस्तुगत परिस्थितिअनुकूल लागु गर्न विसं २०३१ साल माघ १० गते तद्नुरूप सन् १९७५ जनवरी २३ का दिन नेपाल मजदुर किसान पार्टीको स्थापना भएको हो । स्थापनादेखि अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पार्टीलाई सफल र कूशल नेतृत्व प्रदान गर्नुभएको छ । पार्टीको सङ्क्षिप्त नाम नेमकिपा रहेको छ भने पार्टीको अङ्ग्रेजीमा Nepal Workers and Peasants party र सङ्क्षेपीकरण NWPP हो ।
तत्कालीन राष्ट्रिय परिस्थिति
निर्दलीय र निरङ्कुश पञ्चायती व्यवस्था लादिएपछिको एक दशक नेपालको कम्युनिस्ट आन्दोलन विशृङ्खलित स्थितिमा थियो । नेकपाका नेताहरू डा. केशरजंग रायमाझी, मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ, डीपी अधिकारीको नेतृत्व विघटनवादी साबित भएको थियो । निर्मल लामा, मोहनविक्रम सिंह र जयगोविन्द साह अर्थात् चौथो महाधिवेशन (आजको नेकपा मसाल वा राष्ट्रिय जनमोर्चा) पनि भारतीय एकाधिकार पुँजी र विस्तारवादप्रति उदार थियो । आजको नेकपाभित्रको एमाले झापामा व्यक्तिहत्यामा फसिसकेको थियो भने माओवादी (दाहाल र वैद्य) मसालभित्रै थियो । नेकपाका संस्थापक अध्यक्ष पुष्पलाल श्रेष्ठ र उहाँका साथीहरू नेकासँगको संयुक्त मोर्चाविना पञ्चायती व्यवस्थामा परिवर्तनको सम्भावना देख्दैनथे ।
तत्कालीन अन्तर्राष्ट्रिय परिस्थिति
रुसी संशोधनवाद ख्रुश्चेभ गुटले विश्व कम्युनिस्ट आन्दोलनलाई विश्वासघात गरेको र अमेरिकी साम्राज्यवादको नेतृत्वमा रहेको नाटो गुटलाई सहयोग पु¥याएको थियो । अमेरिकी र बेलायती साम्राज्यवाद तथा रुसी संशोधनवाद एवम् सामाजिक साम्राज्यवादको सहयोगमा भारतीय एकाधिकार पुँजी एवम् भारतीय विस्तारवादले सन् १९६२ मा समाजवादी चीनमा आक्रमण ग¥यो र अफ्रो–एसियाली तथा संसारको असंलग्न आन्दोलनलाई कमजोर पा¥यो । भारतीय सेनाले पूर्वीपाकिस्तानमा आक्रमण गरी बङ्गलादेश टुक्र्यायो । पूर्वीपाकिस्तानमा आक्रमण गर्न गोर्खा भर्ती केन्द्रमार्फत भारतीय सेनामा भर्ना भएका नेपालीहरूलाई पनि दुरुपयोग गरियो र सिक्किमलाई भारतमा विलय गराइयो ।
डा. माझी गुटबाहेकका अन्य कम्युनिस्ट नेताहरूले ‘नेपाल विद्यार्थी फेडेरेसन’ को सट्टा ‘अखिल नेपाल स्वतन्त्र विद्यार्थी सङ्घ’ नाम राखी नेपालको सुस्तामाथि भारतीय थिचोमिचो र पञ्चायतको विरोधमा देखापरे । तर, राजा महेन्द्रसामु द्यौसी खेलेर ‘अखिल’ द्यौसीवादमा पतन भयो ।
यसरी नेपालको कम्युनिस्ट आन्दोलन विशृङ्खलित, अन्योल र अस्पष्ट स्थितिमा रहेको बेला अध्यक्ष बिजुक्छेँले रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन भएको निष्कर्ष निकाल्नु भयो र भारतीय एकाधिकार पुँजी एवम् विस्तारवादलाई मुख्य दुश्मन ठहर गर्नुभयो । किसान सङ्घर्षलाई अगाडि बढाउन तथा मजदुर र किसानहरूबीच समाजवाद र साम्यवादको प्रचार गर्न साम्राज्यवाद एवम् विस्तारवादको विरोधमा जनमत तयार गर्नुपर्नेमा जोड दिनुभयो । यी सबै दृष्टिकोणलाई उहाँले पीएल नेतृत्वको पार्टीमा राख्नुभयो । उहाँको यो दृष्टिकोणलाई पार्टीमा अस्वीकार गरियो । तत्पश्चात् अध्यक्ष बिजुक्छेँले ‘रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन’, ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारको खण्डन’, ‘नेपाल भारत सम्बन्ध र भारत’, ‘जनताको साहित्य’, हिन्दीमा ‘आधार’ र ‘समाचार–संसद्’ र ‘धु्रवतारा’, ‘नेपाल तराई’ तथा ‘बारा, पर्सा, रौतहट, धनुषा, सिराहा, सप्तरीको किसान आन्दोलनको एक अध्ययन’ लगायत समसामयिक प्रकाशनमार्फत उहाँले २०३१ साल माघ १० गते नेपाल मजदुर किसान पार्टी (तत्कालीन सङ्गठन) को औपचारिक स्थापना गर्नुभयो ।
पार्टीको उद्देश्य
पार्टीको मुख्य उद्देश्य देहायबमोजिम रहेको छ :
-मजदुर, किसान, महिला, युवा, विद्यार्थी, बुद्धिजीवी, शिक्षक, कर्मचारी, प्राध्यापक, उद्योगी, व्यापारी, पत्रकार, ज्येष्ठ नागरिक, असक्तलगायत सम्पूर्ण कामदारवर्गको हक हित संरक्षण गर्न लागिपर्ने,
-सबै जाति, भाषा, संस्कृतिका सीमान्तकृत र दुर्गमका शोषित–पीडित जनतालाई सचेत बनाई सङ्गठित गर्ने,
-देशको सार्वभौमिकता, भूअखण्डता र स्वाधीनताको संरक्षण गर्न सङ्घर्ष गर्ने,
-विदेशी थिचोमिचो, हस्तक्षेप र शोषणको विरोधमा लडिरहेका अन्य देश एवम् जनताको पक्षमा सर्वहारा अन्तर्राष्ट्रियवादी भावना बोकेर साथ र समर्थन जनाउने,
-सङ्घर्षका विभिन्न रूपद्वारा जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवादी समाजको लागि जनतालाई शिक्षित र दीक्षित गर्ने,
-सामन्तवाद, पुँजीवाद, साम्राज्यवाद, विस्तारवाद, बडाराष्ट्र अहङ्कारवाद, अन्धराष्ट्रवाद, सङ्किर्णतावाद, फासीवाद, उपनिवेशवाद, नवउदारवाद, वामपन्थी तथा दक्षिणपन्थी अवसरवाद, अराजकतावाद, आत्मसमर्पणवादको विरोध गर्ने ।
पार्टी सदस्यको कर्तव्य
-संसारका पुराना र नयाँ मजदुर आन्दोलन, कम्युनिस्ट आन्दोलन र साम्राज्यवादविरोधी सङ्घर्षबारे अध्ययन गर्ने तथा यसबाट नेपालको मजदुर र किसान आन्दोलन अगाडि बढाउन शिक्षा लिने,
-माक्र्सवादलाई हेरफेर गर्ने वा बङ्ग्याउने संशोधनवाद तथा उत्ताउला विचार, जालसाजी, बेइमानी र वर्गशत्रुलाई खुशी पार्ने गतिविधिको विरोध गर्ने,
-व्यक्तिगत स्वार्थ, जातीय साम्प्रदायिकता तथा क्षेत्रीय स्वार्थलाई त्याग्ने तथा पार्टीमा झूटो बोल्ने, खटाइएको ठाउँ वा जिल्लामा नजाने, घुस खाने, मादक पदार्थ सेवन गर्ने, जुवा तास खेल्ने, महिलालाई दुव्र्यवहार गर्ने जस्ता खराब आचरणलाई त्याग्ने,
-पार्टीको आह्वानमा हुने मजदुर र किसान आन्दोलन, भ्रष्टाचारविरोधी सङ्घर्ष, देशको सार्वभौमिकता रक्षाको आन्दोलन, धर्ना, जुलुस, प्रदर्शनमा सहभागी हुने,
-सङ्घर्ष र आन्दोलनमा भएका वा हुन सक्ने विरामबाट पार्टी समिति र साथीहरूलाई सुरक्षित राख्न आलोचना वा आत्मालोचनाको बानी बसाल्ने,
-आम्दानीको आधारमा पार्टीलाई सहयोग गर्ने वा चन्दा दिने,
-विदेशी रकमबाट सञ्चालित गैरसरकारी संस्था, बैङ्क, वित्तिय संस्था वा सहकारीमा सञ्चालक सदस्य हुनु अगाडि पार्टीको अनुमति लिने,
-एक पार्टी सदस्यले अर्को सदस्य वा कसैका विरुद्ध प्रशासन, प्रहरी र अदालतमा उजुरी दिनुपूर्व पार्टीमा अनुमति लिने ।
बहुदलीय व्यवस्था पुनः स्थापना र गणतन्त्र समेतको तीस वर्षयता शासक दलका नेताहरू ‘श्रीपेचविनाको राजा’ जस्तै देखापरे । कम्युनिस्ट दाबी गरेका एमाले–माओवादी अर्थात् हालको नेकपासमेत सत्तामा जान ‘हड्डीको लागि कुकुर झगडा’ गर्दै छन् । सारमा यिनीहरू रातो झन्डा खसाल्न रातो झन्डा उठाएका ‘हरियो घाँसभित्र लुकेका सर्प’ साबित भए ।
नेपाली काङ्गे्रस अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनसँग जोडिएको भनिए पनि व्यवहारमा अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीसँग झुकाव राख्ने हो । राप्रपा राजावादी र जमिन्दारवर्गको पार्टी हो । समाजवादी जनता दल र तिनका नेता भारतीय एकाधिकार पुँजीप्रति झुकाव राख्ने जमिन्दारवर्गकै पार्टी हो । नेपाल मजदुर किसान पार्टीको स्थापना नभएको भए देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने पार्टी नै नहुने स्थिति अहिले देखापरेको छ ।
महाधिवेशन र विशाल पैदल ¥याली
नेपाल मजदुर किसान पार्टीको पहिलो सम्मेलन (२०४७ पुस २८, २९ र ३० गते) भैरहवा, दोस्रो सम्मेलन (जरुरी) (२०५१ असोज ३ र ४ गते) भक्तपुर, तेस्रो सम्मेलन (२०५५ माघ १२, १४ र १५ गते) भक्तपुर, चौथो महाधिवेशन (२०६० भाद्र ११, १२ र १३ गते) भक्तपुर, पाँचाँै महाधिवेशन (२०६५ भाद्र ६, ७ र ८ गते) काठमाडौँ, छैटौँ महाधिवेशन (२०७० माघ २१, २२, २३ र २४ गते) काठमाडौँ र सातौँ महाधिवेशन (२०७६ असोज ३, ४, ५ र ६ गते) भक्तपुरमा सम्पन्न भयो । २०३६ सालयता देश र जनताको विषयलाई उठाएर पार्टीले नौ पटक भक्तपुर–काठमाडौँ विशाल पैदल ¥याली सम्पन्न ग¥यो ।
Leave a Reply