काठमाडौँ उपत्यकामा लागूपदार्थको कारोबार बढ्दै !
- बैशाख २८, २०८३
नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारको खण्डन गर्दै २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको हो । किसान आन्दोलनलाई अगाडि बढाउने, नेपालमाथि भारतीय विस्तारवादको थिचोमिचोको विरोध गर्ने, सामन्तवादका साथै भारतीय विस्तारवाद र एकाधिकार पुँजीलाई मुख्य शत्रु ठान्ने, मुक्तिबाहिनीका नाममा भारतीय सेनालाई पाकिस्तान पठाएर बङ्गलादेश टुक्र्याउने, रुसी संशोधनवाद सामाजिक–साम्राज्यवादमा पतन आदि विषय नै नेमकिपा स्थापनाका सैद्धान्तिक आधार हुन् ।
नेमकिपाको यो सैद्धान्तिक अडान आज सही साबित भएको छ । संशोधनवादकै कारण सन् १९९१ मा सोभियत रूसमा पुँजीवाद पुनः स्थापना भयो । राजतन्त्र समाप्त भएपनि नेपालको विकास नहुनुको कारण भारतीय विस्तारवाद र एकाधिकार पुँजी नै हो । २०४६ पछिका सरकारमध्ये १२ वटा नेपाली काङ्गे्रस र ८ वटा आफूलाई कम्युनिस्ट दाबी गरेका एमाले र माओवादीको नेतृत्वमा गठन भए । तर, आज पनि गरिबी २२.७ प्रतिशत छ । कोभिडको कारण यस वर्ष १२ लाख जनता गरिबीको रेखामुनि थपिए । ६८ लाख जनता पोषिलो खाना, स्वच्छ खानेपानी, शिक्षा, स्वास्थ्य, आवास, सरसफाइबाट वञ्चित छन् ।
संविधानमा ‘समाजवादउन्मुख’ शब्द रहेपनि नेपाली जनता आज पनि बाटोमै जन्मने र बाटोमै मर्नुपर्ने अवस्था छ । आधारभूत शिक्षा निःशुल्क भनिए पनि कागजमा मात्र सिमित हुँदा लाखौँ बालबालिका विद्यालयबाहिर छन् । स्वास्थ्य उपचार नपाएर घर या बाटोमै मर्नुपर्ने अवस्था छ । मित्रराष्ट्रहरूको सहयोगमा स्थापना भएका उद्योगहरू कौडीको मोलमा निजीकरण गरिँदा ७० लाख युवा वैदेशिक रोजगारीमा जान बाध्य छन् । मलेसियाबाट गत शनिबार एकै दिन १८ शव नेपाल भित्रिएको छ । अझै १६ शव ल्याउन बाँकी नै छ ।
सरकारमा गएका पार्टीहरूले समाजवादको नारा दिएर पुँजीपति वर्गको सञ्चालक समिति भएर काम गरेका हुँदा देश र जनताले दुःख पाएका हुन् । नेपाली काङ्गे्रस पुँजीवादी र कम्युनिस्ट नामधारी एमाले र माओवादी संशोधनवादी र भारतीय एकाधिकार पुँजीका दलाल हुन् । नेमकिपाको त्यो विश्लेषण नेकपाको आजको फुटबाट स्पष्ट हुन्छ । उनीहरू आफूलाई क्रान्तिकारी र अर्कोलाई अवसरवादी, संशोधनवादी, लम्पसारवादी भनिरहेका छन् । चुनावबाट समाजवाद स्थापना गर्ने नीति बर्नस्टीन र ख्रुश्चेभको बाटो हो, त्यो बाटोमा नेकपा हिँडेको छ । देश र जनताको आर्थिक–सामाजिक रूपान्तरणमा लाग्नुपर्ने ती पार्टीहरू आफ्ना आउरेबाउरेको हितमा लाग्दा कम्युनिस्ट र समाजवादकै बदनाम भयो ।
सरकारमा गएका पार्टीकै कारण कतिले समाजवादलाई मृगतृष्णा पनि भने । विश्वको परिदृश्य हेर्दा पुँजीवादले व्यापक जनताको हितमा काम गर्न नसकेको आजको यथार्थ हो । पुँजीवादको खराबीलाई व्यापक जनतामाझ राख्दै विश्वका जनता समाजवादको बाटोमा अगाडि बढिरहेको यो घढीमा नेमकिपा आफ्नो ४७ औँ स्थापना दिवसमा कामदार जनताको माझमा छ । सही विचार बोकेको नेमकिपाको झन्डामुनि गोलबन्द हुनु नेपाली जनताको आजको आवश्यकता हो ।
Leave a Reply