भर्खरै :

उखुको भुक्तानी नपाउँदा किसान घरबारविहीन

“समुदायको उद्देश्य प्राप्तिको लागि सङ्गठन र राजनीतिक लक्ष्य प्राप्तिको लागि पार्टी बन्छ । पार्टी कुनै राजनीतिक विचार लिएर स्थापना भएको हुन्छ । नेपाल मजदुर किसान पार्टी माक्र्सवाद–लेनिनवाद र माओ विचारधारालाई नेपालको परिस्थिति सुहाउँदो प्रयोग गर्न चाहन्छ ।”
उक्त भनाइ नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले पार्टी स्थापना दिवसको अवसरमा मोतीपुरमा बुधबार आयोजित कार्यकर्ता भेलामा राख्नुभएको हो ।
उहाँले भन्नुभयो, “नेकपाले संशोधनवादी नीति लिएर कम्युनिस्ट आचरणविपरीत भ्रष्टाचार, कमिसन, नवउदारवादलाई प्रशय दिँदा कम्युनिस्टप्रति नै घृणा पैदा हुने अवस्था छ ।”
ओली सरकारप्रति नेमकिपाको समर्थन नरहेको स्पष्ट पार्दै केन्द्रीय सदस्य कवांले ओलीको संसद् विघटनको कदम स्वाभाविक र औचित्यपूर्ण भएको बताउनुभयो ।
तराईका उखु किसानहरूको आन्दोलनलाई सरकारले सम्बोधन नगरेकोमा विरोध गर्र्दै उहाँले चिनी मिलका मालिकहरूले उखुको भुक्तानी समयमा नगर्दा किसानहरू घरवारविहीन हुने अवस्थामा पुगेको बताउनुभयो ।
पार्टीका पूर्वकेन्द्रीय सदस्य नरेन्द्र हुमागाईँले कामदार जनतालाई सैद्धान्तिकरूपमा सङ्गठित बनाउने काममा नेमकिपा लागिपरेको छ भन्नुभयो ।
पार्टी विस्तारको नाममा नेमकिपाले भीडतन्त्रलाई प्राथमिकता दिँदैन, नेमकिपा सिद्धान्त र विचारमा निष्ठावान पार्टी हो, उहाँले स्पष्ट पार्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय सदस्य राजकृष्ण गोराले समाजमा शोषक र शोषित वर्ग हुने चर्चा गर्दै शोषक वर्गविरूद्ध वर्गीय सङ्घर्ष गर्नु आवश्यक छ भन्नुभयो । कृषकहरूलाई समयमै गुणस्तरयुक्त बीउबिजन, मलखाद् र कृषिमा सिंचाइ सुविधा पु¥याउन सके देश कृषिमा आत्मनिर्भर हुने उहाँले बताउनुभयो ।
नेमकिपा मोरङका अध्यक्ष सालिकराम राउतको सभापतित्वमा भएको उक्त कार्यक्रममा यमबहादुर नेपाली, परशुराम विश्वाणलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *