तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १६ माघ । नेमकिपाको ४७ औँ स्थापना दिवसको अवसरमा बाल विकास सेकेन्डरी स्कूलमा शुक्रबार विचार गोष्ठी भयो ।
कार्यक्रममा पार्टीका सचिव प्रेम सुवालले राजनीतिक दल निश्चित सिद्धान्त र राजनीतिक दर्शन तथा विचार बोकेर स्थापना हुने र त्यसले आफ्नो विचार र सिद्धान्तको आधारमा कुनै न कुनै वर्गको सेवा गर्ने बताउनुभयो ।
उहाँले तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमा देखापरेका खोटा विचारको विरोध गर्दै मजदुर, किसान, शोषित–पीडित कामदार वर्गका जनताको मुक्तिको लागि सङ्घर्ष गर्ने उद्देश्यले नेमकिपा स्थापना भएको बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “नेमकिपाले स्थापनाकालदेखि निरन्तररूपमा कामदार वर्गको सेवा गर्दै आइरहेको छ । भारतीय विस्तारवादले नेपालको कहिल्यै भलो गर्ने छैन । भारतीय विस्तारवादले नेपालको ६० हजार हेक्टरभन्दा बढी भूमि अतिक्रमण गरे पनि शासक पार्टीहरूले विरोध गर्न सकेका छैनन् ।” पुँजीवादी व्यवस्थामा शासक पार्टीहरूले चुनावमा सोझा जनतालाई भोज खुवाएर, पैसा, लत्ताकपडा, मासु, जाँड–रक्सी, मोटर बाइक, पेट्रोल आदि बाँडेर चुनाव जित्ने गरेको दृष्टान्त प्रस्तुत गर्दै उहाँले त्यस्ता पार्टी र नेताबाट देशको हित नहुने भएकोले नेमकिपाका कार्यकर्ताहरू जनतालाई सचेत र सङ्गठित गर्ने काममा लागेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले पार्टी कार्यकर्ताहरू अध्ययनशील हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले पार्टीको सदस्य बन्न पार्टीको नीति–नियम र अनुशासन बुझेको तथा माक्र्सवाद–लेनिनवाद र माओ विचारधारा बुझेको हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
केन्द्रीय सदस्य गोसाईंले नेपालको राजनीतिक इतिहासमा नेमकिपामात्र सच्चा कम्युनिस्ट पार्टी र दूरदृष्टि बोकेको पार्टी साबित हुँदै आएको बताउनुभयो ।
कार्यक्रममा शिक्षकहरू शङ्कर आचार्य, जयराम कोजू, सुलोचना छ्वाजू, गङ्गा वैद्यलगायतले बोल्नुभएको थियो ।
Leave a Reply