भर्खरै :

पाँगामा सहिद दिवस

कीर्तिपुर, १६ माघ । विसं १९९७ मा राणाविरोधी सङ्घर्षमा शहादत्त प्राप्त सहिदहरू गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, शुक्रराज शास्त्री र धर्मभक्त माथेमाको सम्झनामा पाँगा सहिदपथमा एक कार्यक्रम भयो ।
२०१३ साल मंसिर १८ गते स्थापित सहिदहरूको प्रतिमामा स्थानीय बुद्धिजीवी, शिक्षासेवी, समाजसेवी अर्जुन महर्जन, प्राध्यापक रामकृष्ण महर्जन, सहिद स्मृति व्यवस्थापन समितिका नारायण महर्जन, रामभोला महर्जन, सहिद स्मारक व्यवस्थापन समितिका श्रीकृष्ण महर्जन, मेनुका महर्जन, डा. ईश्वरलाल महर्जनलगायतले सहिद प्रतिमामा पुष्प गुच्छा अर्पण गर्नुभएको थियो ।
समाजसेवी अर्जुन महर्जनले सहिदहरूको योगदानको कदर गर्दै देश र जनताको सेवामा लाग्न प्रेरणा प्राप्त होस् भन्नुभयो । कीर्तिपुर नगरपालिका वडा नं. ३ स्थित खासीबजारमा पनि २०४६ सालको जनआन्दोलनमा शहादत हुनुभएका सहिदको प्रतिमामा माल्यार्पण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *