भर्खरै :

क्या फसाद !

मेरो एक जना
छिमेकी छ ।
माना पाथी सहयोग गरेर
मुरीका मुरी असुल्न खप्पिस ।
ज्यान हेर्दा हात्ती जस्तो
बानी व्यहोरा दुश्मन जस्तो
लोभी पापीको पिण्डै जस्तो
गफ लगाउँछ मित्र जस्तो
मेरो एक जना
छिमेकी छ ।
सङ्गकटको घडीमा
सहयोगको नाममा
उद्धारकर्ताको बहानामा
छिमेकीको मुकुण्डोमा
भान्छाकोठादेखि ढुकुटीसम्म
राइँदाइँ गर्न माहिर
अचम्मको छिमेकी ।
मेरो एक जना
छिमेकी छ ।
२०७२ सालको भूकम्पको बेला
दुःखको सागरमा डुबेको बेला
सहयोग,
उद्धार,
आदिको बदलामा
नाकाबन्दी गरेर
ब्याजसमेत असुलउपर गरेरै छोड्यो ।
अहिले पनि
खोइ के ?
खोइ के ?
कोरोना भाइरसको खोप भन्छन् ।
खोइ के ?
खोइ के ?
खोपमै पनि
औषधि कम भारत भक्तिको मात्रा
बढ्ने पो हो कि ?
भारत भक्तिको बुटीमात्र
बन्ने पो हो कि ?
नखाउँ दिनभरिको सिकार
खाउँ कान्छा बाको अनुहार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *