भर्खरै :

नगरव्यापी व्याडमिन्टन चालु

भक्तपुर, २० माघ । संगम युवा खेलकुद समूहद्वारा आयोजित खुला भक्तपुर नगरव्यापी पुरुष जोडी ब्याड्मिन्टन प्रतियोगिता आज पनि जारी रह्यो । आज सम्पन्न भएका ४ वटा खेलमा प्रि क्वाटर फाइनल खेलहरूमध्ये पहिलो खेलमा संगम युवा खेलकुद समूहका राजेश खाइजू र श्यामकृष्ण सुवालको जोडीले हायस वान स्पोर्ट क्लवको ‘सुशान्त नायजु र सुशान्त ग्वाछाको जोडीलाई २१–१५, २१–११ को सोझो सेटमा पराजित गरे । त्यस्तै एबीसी ब्याड्मिन्टन क्लवका कृष्णगोपाल सुवाल र रिर्साेट सुवालको जोडीले केदारनाथ साकोसका किशोर ढुकुछु र सुन्दर कवांलाई २१–७, २१–१४ र एबीसी ब्याड्मिन्टन क्लवकै राजेन्द्र सुवाल र अनिल याकामीको जोडीले भक्तपुर ब्याड्मिन्टन क्लवका आयुस प्रजापति र विष्णुप्रसाद सुवाललाई १९–२१, २१–९ र २१–१५ मा पराजित गरे । आजको अन्तिम खेलमा ब्यासी ब्याड्मिन्टन क्लवका राजु बासुकला र रविन लघुले संगम खेलकुद समूहका रामहरि सिंख्वाल र महेश शिल्पकारलाई २१–७, २१–१५ मा पराजित गरे ।
भोलि प्रि क्वाटर फाइनलका अन्तिम खेलहरू स्वीट सर्कलका सागर सुवाल र राजेन्द्र हाडाविरुद्ध संगम खेलकुद समूहका राधेश्याम ख्याजू र रवि कवां, ब्यासी ब्याड्मिन्टन क्लवका छात्रबहादुर बराम र सानु थापामगरविरुद्ध संगम साकोसका रुकेश कवां र राजेश घ्यमसु, भक्तपुर ब्याड्मिन्टन क्लवका राजन ग्वाछा र राजेन्द्र सुवालविरुद्ध एबीसी ब्याड्मिन्टन क्लवका राजेन्द्र श्रेष्ठ र सवीन्द्र सालिने अनि लोकेश्वर साकोसका विकास पञ्च र पुण्यराम स्वंगमिखाविरुद्ध संगम साकोसका श्यामसुन्दर ख्याजू र बद्री ब्याजुका खेलहरू हुनेछन् ।
=

Leave a Reply

Your email address will not be published. Required fields are marked *