खासाङखुसुङ खोला सफाइ अभियान चासो, बुझाइ र वास्तविकता
- असार १४, २०८३
सर्वप्रथम मार्सी चामलको प्रकाशित खबर तथा जानकारीको लागि ‘मजदुर’ पत्रिकालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
हामीले राष्ट्रिय परीक्षा बोर्डअन्र्तगत कक्षा १२ को Application of Biology को कोर्समा यस्ता भौगोलिक र चामल उत्पादन तथा गुणको बारेमा विद्यार्थीहरूलाई जानकारी गराउनुपर्दछ । यो खबरले सम्बन्धित विद्यार्थी तथा शिक्षकलाई राम्रो ज्ञानबद्र्धक जानकारी हुने कुरामा म विश्वस्त छु । विद्यार्थीहरूलाई तत्काल म आफ्नो कक्षामा राम्रोसँग जानकारी गराउने छु ।
जुम्लामा फल्ने जुम्ली मार्सी धान अथवा मार्सी चामल किन महत्वपूर्ण छ भन्नेबारे यो पत्रिकामार्फत सर्वसाधारण जनतालाई केही जानकारी गराउन चाहन्छु । हाम्रो देशको जुम्लामा फल्ने मार्सी चामल (धान) विश्वमा नै उच्च र चिसो ठाउँमा फल्ने धान हो । यस्तो उच्च र चिसो ठाउँमा फल्ने धान विश्वका अरू भागमा विरलै पाइन्छ । यसकारण यो विश्वसामुन्ने धानको इतिहासमा अति महत्वपूर्ण छ ।
यो चामल ‘नेपाल फूड’ ब्रान्डबाट बिक्री वितरण गरिँदा प्रत्यक्ष अथवा परोक्षरूपमा नेपाल राष्ट्रको IPR(Intelectual Property Right) को रूपमा दर्ता हुन गएको कुरा बुझ्न सकिन्छ अथवा यो नेपालको आफ्नै रैथाने धान हो भन्ने दाबीलाई बल तथा टेवा पुगेको हुनुपर्दछ । यस्तो कामलाई अगाडि ल्याउने सम्बन्धित निकाय र स्थानीय मेहनती किसानलाई धन्यवाद दिनै पर्दछ । नेपालको तराई र पहाड दुबै ठाउँमा अहिलेसम्ममा जङ्गली धानको ६ वटा प्रजातिबारे जानकारी भइसकेका छन्, जसबाट नयाँ प्रजातिका थप वर्णसङ्कर (Hybrid) धान निकाल्न सकिन्छ ।
अझ सम्बन्धित निकायहरूलाई यो धानको बीउलाई थप संरक्षण र सम्वद्र्धन गर्न अनन्त कालसम्म जोगाइ राख्नुपर्ने कुरामा थप ध्यान दिनुपर्छ । यही सन्दर्भमा अलिकति ऐतिहासिक कुरा पनि जोड्न चाहन्छु । तत्कालीन नेपालका प्रधानमन्त्री श्री ३ जुद्धशमशेर जबराले हरेक छाकमा अथवा हररोज यही चामलको नयाँ नयाँ माटोको हाँडीमा भात पकाउन लगाएर खानुहुन्थ्यो भनेर मेरो बुबाले ५०–५५ वर्षअघि बताउनुभएको थियो । यो चामलको पोषणको बारेमा परापूर्वकालदेखि नै नेपाली जनतामा जानकारी भएको पुष्टि हुन्छ ।
यहीँ सन्दर्भमा, मेरो एउटा सानो नम्र निवेदन पत्रिकालाई गर्न चाहन्छु । यो पत्रिकाले अधिकतम विषयहरू जस्तैः इतिहास, भूगोल, राजनीति, आर्थिक, सामाजिक, शैक्षिक, विज्ञान, संस्कृति, धर्म, न्याय, शिल्प, उद्योग, वातावरण तथा विभिन्न विधाहरूमा नेपाली जनतासामु खबर पस्कने गरेको छ र जनतालाई सुसूचित तथा जानकारी योग्य बनाउँदै जनताको चेतनास्तर बढीभन्दा बढी वृद्धि गराउनमा सा¥है मिहेनत गरेको देख्दछु । यस कार्यलाई थप मेहनतसाथ निरन्तरता दिइयोस् ।
यो पत्रिकामा मिहेनत सबै सम्बन्धित व्यक्तिको उत्साह दिनप्रति दिन अझ वृद्धि हुँदै जाओस् । नेपाली जनतालाई माथि भनिएका विधाहरूमा थप सत्य तथ्य समाचारहरूद्वारा सुसूचित गराउन सकोस् भनी हार्दिक कामना गर्दछु ।
Leave a Reply