के ‘गाँसे गुसे एकै नासे’ हो ?
- असार १५, २०८३
भक्तपुर, २२ माघ । भक्तपुर नपा वडा नं. १ दूधपाटीस्थित भाजु पोखरीको मध्य भागमा अवस्थित जलेश्वर मन्दिरको शिलान्यास कार्यक्रम पोखरी परिसरमा सम्पन्न भयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार जलेश्वर मन्दिरको शिलान्यास गर्नुभएको हो ।
सो अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाकाले गरिरहेको सम्पदा संरक्षण कार्यले भक्तपुरको आन्तरिक र बाह्य पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
भक्तपुरका मूर्त अमूर्त सम्पदा संरक्षण नै भक्तपुर नपाले हासिल गरेको विशेषता भएको बताउँदै ऐतिहासिक र सांस्कृतिक हिसाबले पनि भाज्या पोखरी गौरवको योजना भएको बताउनुभयो ।
जलेश्वर मन्दिर भक्तपुरकै गहनाको रूपमा रहनेमा जोड दिँदै उहाँले साँस्कृतिक महत्व बोकेको काठमाडौँको रानीपोखरी पुनःनिर्माणमा भक्तपुरका जनताको योगदान रहेको र देशको सम्पदा संरक्षणमा भक्तपुरले सहयोग गर्न पाउनु भक्तपुरबासीको लागि गौरवको कुरा भएको बताउनुभयो ।
नगर क्षेत्रभित्र रहेका सार्वजनिक मठ मन्दिर जीर्णोद्धार र पुनःनिर्माण गरेर मात्र नपुग्ने भन्दै प्रमुख प्रजापतिले त्यस्ता सांस्कृतिक संरचनाहरूको दिगो संरक्षणमा नगरपालिका जुटिरहेको र नपाको कार्यमा स्थानीयबासीहरूको पनि साथ र सहयोग रहँदै आएको बताउनुभयो ।
प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले भाज्यापोखरीको अध्ययन अनुसन्धान गर्ने मौका पाएकोमा गौरवान्वित महशुस भएको बताउनुभयो । भाज्या पोखरीको अध्ययन अनुसन्धानकै क्रममा पोखरीको मध्य भागमा पश्चिमाभिमुख शिखर शैलीको मन्दिर भएको थाहा हुन आउने बताउँदै उहाँले भक्तपुर नपाले भाज्या पोखरीको जीर्णोद्धार एवम् मन्दिरको पुनःनिर्माण मौलिक शैली र स्वरूपमा गरिरहनु सुन्दर पक्ष रहेको बताउनुभयो ।
भाज्या पोखरीको जलेश्वर मन्दिर पुनःनिर्माणको निम्ति मन्दिरको उत्खननमा फेला परेका अवशेषहरूबाट निकै सहयोग पुगेको बताउँदै उहाँले उत्खनन्कै क्रममा भेटिएका शिलालेखले पनि उक्त मन्दिरबारे तथ्यहरू पत्ता लगाउन मद्दत पु¥याएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले जलेश्वर मन्दिर र भाज्या पोखरी पुनःनिर्माण कार्यमा स्थानीय जनताको साथ र सहयोग रहँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा जलेश्वर मन्दिर पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण खत्री, समितिका कोषाध्यक्ष कृष्णप्रसाद दुमरु र रामगोपाल बमनूले पनि बोल्नुभएको थियो ।
Leave a Reply