तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २४ माघ । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा नेक्राकिसङ्घका संस्थापक सदस्य कुलबहादुर कवां, अगुवा किसान कार्यकर्ता श्रीप्रसाद प्रजापति र जितलाल मानन्धरको निधनप्रति श्रद्धाञ्जली सभा भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् नेक्राकिसङ्घका केन्द्रीय अध्यक्ष डिल्लीप्रसाद काफ्लेले नेमकिपाले देशको रक्षार्थ बहुमत कामदार वर्गको हितमा सडक र सदनसम्म सङ्घर्ष गर्दै आइरहेको बताउनुभयो । शासक दलका नेता कार्यकर्ताहरू एनजीओ र आइएनजीओ लागेर विदेशी तलब खाइरहेकाले ती नेता, कार्यकर्ताहरूलाई देशको हितभन्दा आफ्नो मालिकको हित खोज्नु स्वाभाविक हो, उहाँले भन्नुभयो ।
देशमै रासायनिक मल कारखाना स्थापना गर्न नेपाल मजदुर किसान पार्टीले आवाज उठाउँदै आइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “कमिसन नपाउला भनी शासकहरूले देशमा मल कारखाना स्थापना गर्न नचाहेका हुन् । सरकारले विदेशबाट म्याद नाघेको मल ल्याएर देशको २१ करोडभन्दा बढी रकम खेर पठाएको छ ।”
उहाँले भन्नुभयो, “भारतीय विस्तारवादले ठाउँ–ठाउँमा अतिक्रमण गरेको छ । शासकहरूले देशका युवा शक्तिलाई विदेशमा बेचेर देशलाई परनिर्भर बनाएको छ । हुनेखाने वालाहरू काठमाडौँको कृषिभूमि कब्जा गरी महल ठड्याउन लागिपरेका छन् ।”
नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला सदस्य नारायणबहादुर दुवालले अगुवा किसानहरूको योगदान खेर गएको छैन, नयाँ पुस्ताका कार्यकताहरू पार्टीको निर्देशनअनुसार देश र जनताको निःस्वार्थरूपले सेवा गर्दै छन् भन्नुभयो । नेमकिपाले विगतदेखि आजसम्म बहुमत कामदार वर्गको पक्षमा निःस्वार्थरूपले सेवा गरिरहेको उहाँले बताउनुभयो ।
उहाँले नेमकिपाका अग्रजहरूले नयाँ पुस्ताले पनि सङ्घर्षशील भावनालाई कायम राख्दै अघि बढिरहनुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य सुलोचना छ्वाजूले अगुवा किसान कार्यकर्ताहरूको सङ्घर्ष, त्याग, तपस्या र इमानदारीताको कारण महिलाले पनि शिक्षा क्षेत्रमा अगाडि बढ्न सकेको हो भन्नुभयो । भक्तपुरको किसान आन्दोलनबारे प्रशिक्षित गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले विगतको सङ्घर्षशील भावनाबारे घर, टोलहरूमा अगुवाहरूले बताउँदै जानुपर्छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घका उपेन्द्र सुवाल, गंगाराम ज्याख्व, नारायणभक्त न्हेम्हाफुकीलगायतले आ–आफ्नो विचार राख्नुभएको थियो ।
Leave a Reply