भर्खरै :

नपलीमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

भक्तपुर, २५ माघ । नेमकिपाको ४७ औँ स्थापना दिवसको अवसरमा भनपा वडा नं. १ व्यापी पुरूष जोडी ब्याडमिन्टन प्रतियोगिता शनिबार सम्पन्न भयो । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् भनपा प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, पुनःनिर्माणलाई जोड दिनुका साथसाथै युवा तथा विद्यार्थीहरूको अनुशासन र स्वास्थ्य जीवनको लागि विभिन्न खेलकुदहरूको प्रशिक्षण दिंदै आएको बताउनुभयो ।
भनपाले खेलकुदको विकासको लागि अन्तरनगर खेलकुद प्रतियोगिता र नगरस्तरीय विद्यालयहरूको खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।
भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, नेमकिपा १ नं. वडा पार्टी इन्चार्ज लक्ष्मीनारायण राजलवट, नपली सिर्जना सेवा समाजका अध्यक्ष राममणि पोखरेल, खेलाडी राजन दाहाल, आयोजक समितिका संयोजक सूर्यप्रसाद श्रेष्ठ र चेतनाथ कट्टेलले पनि बोल्नुभएको थियो ।
प्रतियोगितामा नपली व्याड मिन्टन क्लवका राजन दाहाल र केशव बस्नेत प्रथम र भार्वाचो व्याडमिन्टन क्लबका कृष्ण पौडेल र दामोदर बाइजु दोस्रो भएका थिए ।
विजयी खेलाडीहरूलाई भनपा प्रमुख सुनिल प्रजापतिले पुरस्कार वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *