महत्वपूर्ण सडकखण्ड कहिले सुधार हुने ?
- आश्विन १३, २०८३
प्रधानमन्त्री केपी ओली एकातिर आफ्नै पार्टीका नेताहरूले केही कामै गर्न दिएनन् भनी फुक्छन् भने अर्काेतिर आफ्नो पालामा जति कुनै सरकारले काम गर्न नसकेको भनी गर्व पनि गर्छन् । आफ्नो पालामा कामै गर्न नदिइएको हो भने कसरी धेरै काम भयो ? काम पनि गर्न दिइएन भन्ने धेरै काम पनि भएको देखाउनुपर्ने के यो प्रम ओलीको द्वैधचरित्र होइन ? नेपाली जनताले कुन कुरालाई विश्वास गर्ने ? आफ्नै दलका नेताहरूले आफूलाई कामै गर्न दिएनन् भनी प्रम ओलीले फुकिरहँदा कुन कुन काममा कुन कुन नेताले बाधा हाले भन्ने कुरा सार्वजनिक गरेर सबैलाई सुसूचित पार्नु के गलत हुन्छ ?
प्रम ओलीले बारम्बार उठाउने एउटा विषय हो, संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिमा बाधा हाल्यो । संवैधानिक आयोग, राजदूत, मन्त्रीहरूको नियुक्ति गर्ने काम प्रमको हो । तर, यो काम प्रमको हो भनेर आफूखुसी नियुक्ति गर्नु स्वेच्छाचारी हो । स्वेच्छाचारी निरङ्कुशतन्त्रको छाया हो । अनि, आफूले भनेका नेताहरूलाई आफूले भने भने ठाउँमा नियुक्ति गरिएन भनेर आफ्नै दलका अध्यक्ष एवम् प्रम ओलीलाई सत्ताच्युत गराउन अविश्वास प्रस्ताव ल्याउनु पनि अर्काे स्वेच्छाचारी हो । जस्तो निरङ्कुश चरित्र केपी ओलीमा देखिएको छ त्यस्तै चरित्र पुष्पकमल दाहालमा पनि देखिएको छ ।
काठमाडौँमा आयोजित नेकपाका दुवै थरीको जनसभामा नेकपाका अध्यक्ष केपी ओलीले पनि ‘म’ या आफूलाई जोड दिए, आफूले नै सबथोक गरेको बताए । अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि ‘म’ लाई जोड दिए । ती दुई अध्यक्षको अभिव्यक्तिमा सामन्ती चिन्तन र सोच रहेको प्रस्ट हुन्छ । जनप्रदर्शनको आधारमा एक पक्षले संसद विघटन सही र अर्काे पक्षले गलत भएको दाबी ग¥यो । जनप्रदर्शनकै आधारमा आफ्नो दल ठूलो र नेकपा भएको दाबी ग¥यो । एकले अर्कालाई चोइटिएर गएको पार्टीको संज्ञा दियो । प्रम ओलीले आवश्यक भएमा दरबारमार्गमात्र होइन राजधानीका मुख्य मुख्य स्थानहरूमा एकै दिन भेला गराएर अर्काे ठूलो प्रदर्शन गर्ने विचार व्यक्त गरे भने दाहालले आवश्यक भएमा सिंहदरबार र बालुवाटार घेरा गर्न दसौँ लाख मान्छे उतार्ने चेतावनी दिए ।
पञ्चायत कालमा पनि पञ्चायती शासकहरू सबै पञ्च नेपाली, सबै नेपाली पञ्च भन्थे । गाउँ–गाउँ र बस्ती बस्ती जहाँ पनि पञ्चहरू रहेको हुँदा कसैको तागतले पञ्चायत ढाल्न नसक्ने बताउँथे । त्यत्रो ठूलो र शक्तिशाली भनिएको पञ्चायती व्यवस्था अन्त्य भयो । जनताले पञ्चायती व्यवस्था ढालेर देशमा गणतान्त्रिक व्यवस्था ल्याए । अहिले गणतान्त्रिक शासक दलका नेताहरूमा त्यस्तै दम्भ छ । त्यही दम्भमा उभेर सत्तासीन नेताहरू मनपरी गर्दै छन्, मनपरी भन्दै छन् । उनीहरूको ध्यान देश र जनतातर्फ होइन दलगत र व्यक्तिगत स्वार्थमा गइरहेको छ । उनीहरूको जनप्रदर्शन सत्ता फाल्ने र सत्ता जोगाउनेतर्फ केन्द्रित छ । दाहाल–नेपाल पक्षको सडक आन्दोलन कुर्सीको लागि होइन, प्रधानमन्त्रीको लागि होइन भने पनि त्यसमा नेपाली जनताले विश्वास गर्ने आधार छैन । यो घटनाक्रमले पुस्टि गरिसकेको छ । प्रमविरुद्धको अविश्वास प्रस्ताव के सत्ता स्वार्थसँग सम्बन्धित छैन भन्न सकिन्छ ?
Leave a Reply