तीन मुक्तक
- आश्विन ९, २०८३
भ्रम फैलाउने मूर्ख
भ्रममा बहकिने महामूर्ख ।
यसो गर्न खोज्दै छ ।
उसो गर्न खोज्दै छ ।
मार्न खोज्दै छ ।
खान खोज्दै छ ।
भित्रभित्रै जलिरहन्छ ।
दिन–रात बर्बराइरहन्छ ।
अर्को पक्ष नाकले जोतेर
टाउकाले टेकेर
लागिपर्छ
मिल्नुपर्छ
मिलाउनैपर्छ
मिल्नैपर्छ
मिल्नुको विकल्प छैन ।
सद्भावले खान दिए विष देख्छ
खान नहुने खान खोज्छ
सचेत गराउँदा मरिहत्ते गर्छ ।
यस्तै हो
भ्रमको जालोमा अड्किएको शिकारको नियति
आफू पनि बन्दैन
अरूको पनि देखिसहँदैन ।
जब सबै ‘कू’ छर्ल· हुन्छ
सत्य—तथ्य बाहिर आउँछ
विडम्बना १ समयले कोल्टे फेरिसकेको ह¬न्छ
मिलनका आधार भत्ताभ¬· भइसकेको ह¬न्छ ।
भ्रम फैलाउने मूर्ख
भ्रममा बहकिने महामूर्ख ।
Leave a Reply