भर्खरै :

आफ्नै आँगनभित्र

सानैदेखि सिकाएको
आदर, सद्भावका कुरा
ठूला हुँदा सकिए कि
सपना भए अपूरा ।
पीडामा छट्पटाउँदै
मृत्यु अँगाल्दै,
मेरो पनि सुन्दर सपना
छ भन्दै चिच्चाउँदै ।
कसले बुझ्ने होला अब
नारीका व्यथा,
पmरक–फरक परिवेश
फरकै छ कथा ।
सहरिया नारा जुलुसले
खै के पो गर्ला र ?
गाउँका कुना कन्दरामा
आवाज के पुग्ला र ?
औँलामा गन्न सक्नेमात्र
शिक्षित छन् महिला ।
आफ्नो हक अधिकार लिन पनि
दिनुपर्ने जीवन बैना ।
घरका चुला चौकाबाट
कहिले हो स्वतन्त्र हुने,
आफ्ना मनका दुःख कुण्ठा
कहिले हो खोल्न पाउने ।
आधुनिक समाजको
चर्चा सबैतिर,
असुरक्षित बन्दै चेली
आफ्नै आँगनभित्र ।
विकृतिले गाँज्दै छ नि
हाम्रो परिवेश,
यस्तै कुरा बढ्दै गए
के बच्ला हाम्रो अवशेष ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *