तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
स्थानीय बजारमा सुनको मूल्य तोलामा रु. एक हजार १०० ले उकालो लागेको छ । सोमबार स्थिर रहेको सुनको मूल्यमा रु. एक हजारभन्दा बढीले सुधार आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार रु. ८९ हजार ९०० मा कारोवार भएको छापावाला सुन आज भने तोलामा रु. ९० हजार १०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।
यस्तै तेजाबी सुन सोमबार तोलामा रु. ८८ हजार ५५० मा कारोबार भएकामा आजका लागि भने रु. ८९ हजार ६५० मा कारोबार भएको छ । तेजाबी सुनसमेत तोलामा रु. एक हजार १०० ले उकालो लागेको हो ।
चाँदीको मूल्यमा समेत आज रु. २५ ले वृद्धि भएको छ । तोलामा रु. एक हजार ३३५ मा सोमबार कारोबार भएको चाँदी मङ्गलबार भने रु. एक हजार ३६० मूल्य कायम भएको छ । रासस
Leave a Reply