तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भनपा ९ दत्तात्रय समितिको आयोजनामा भएको एक हप्ता उद्घोषण तालिमको उद्घाटन नेमकिपा केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले प्रशिक्षक हरिकृष्ण दुवाललाई माइक्रोफोन हस्तान्तरण गरी एक समारोहबीच सोमबार गर्नुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य ज्याख्वले मधेसका जनता पनि नेपाली भएकाले होच्याउने कार्य गर्न नहुने बताउँदै तराईका जनताका दुःखकष्ट, दहेज प्रथा, शिक्षा, सीमामा भारतीय प्रहरीको ज्यादतीविरुद्ध सङ्घर्ष गरिरहेको बताउनुभयो । उहाँले स्रोता, स्थान, समय परिस्थितिअनुसार आफू प्रस्तुत हुनुपर्ने बताउनुभयो ।
नेमकिपा भनपा ९ दत्तात्रय समितिका अध्यक्ष सञ्जय मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा प्रशिक्षक हरिकृष्ण दुवाल, रामकृष्ण प्रजापति र विद्यार्थी प्रनिस नखेत्रुले पनि बोल्नुभएको थियो ।
Leave a Reply