भर्खरै :

महामारीको यथार्थलाई भुल्ने बेला भएको हो र ?

विश्वमा कोरोनाको सङ्क्रमणको लहर कायमै छ, दक्षिण एसिया र हाम्रो देशमा पनि यही अवस्था छ । यद्यपि हाल यो केही ओरालो लाग्ने क्रममा छ । गत वर्ष मार्च महिनाको पहिलो सातादेखि विश्वमा कोरोना सङ्क्रमण क्रमशः बढ्दै जाने क्रम सुरु भई हालसम्म यसको यात्रा निरन्तर रहेको छ ।
यसै क्रममा नेपाल सरकारको पछिल्लो तथ्याङ्क र जानकारी अनुसार नेपालमा हालसम्म २ लाख ७४ हजार जनाभन्दा बढी मानिसलाई कोरोना सङ्क्रमण भइसकेको छ जसमा समग्रमा करीब ३५ प्रतिशत महिला र ६५ प्रतिशत पुरुष छन् । पछिल्लो समयमा पनि सङ्क्रमितहरूमध्ये करीब ३५ प्रतिशत महिला र ६५ प्रतिशत पुरुष छन् । कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २६ सत्न्दा माथि पुगिसकेको छ ।
पछिल्लो समयमा काठमाडौँपछि कास्की र चितवनमा कोरोना सङ्क्रमण अत्यधिक देखिएको छ । त्यस्तै दक्षिण एसियाली देशहरूमा नेपाल हाल सक्रिय सङ्क्रमण दर सबैभन्दा कम भएको देश जो जुन हाल ०.६ प्रतिशत रहेको बताइएको छ भने पाकिस्तानमा यो दर २९.८ प्रतिशत छ जुन दक्षिण एसियामा हाल सबैभन्दा उच्च हो । त्यस्ता केसहरूलाई सक्रिय सङ्क्रमित भनिन्छ जो हाल उपचाररत छन् र सङ्क्रमण मुक्त भइसकेका छैनन् । त्यस्ता व्यक्तिले सङ्क्रमण अरु व्यक्तिलाई सजिलै सार्न सक्दछन् ।
हालसम्म नेपालमा २१ लाख ३६ हजार जनाभन्दा केही बढीको पीसीआर परीक्षण गरिएको छ भने औसतमा समग्र सङ्क्रमण दर अर्थात् पोजिटिभिटी १२.९ प्रतिशत जति देखिएको छ ।
तथ्याङ्कले दक्षिण एसियाका अन्य देशहरूमा जस्तै नेपालमा पनि कोरोना सङ्क्रमण घट्दै जाने क्रम जारी छ । जनजीवन निकै सामान्यजस्तो देखिन थालेको छ । यतिखेर एउटा प्रश्न उठेको छ – के हामीले कोरोना महामारीको यथार्थलाई भुल्नेबेला भएको हो र ?
तथ्याङ्कले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई भुल्ने बेला भइसकेको छैन । पीसीआर परीक्षण नै कम गरेको कारणलेपनि सङ्क्रमितको सङ्ख्या कम भएको हुनसक्छ । त्यसैले हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, साबुन पानीले हात राम्ररी धुने, अनावश्यक भिडभाड नगर्ने आदि सावधानीका कुराहरू कायमै राख्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *