भर्खरै :

चन्द्रागिरीमा ‘श्रमिक’ र ‘मजदुर’ अन्तरक्रिया

नेमकिपा चन्द्रागिरी नगर समितिको आयाोजनामा पार्टी परिषद् सन्देश तथा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकबारे अन्तरक्रिया कार्यक्रम बिहीबार भयो । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले पार्टीको ३१ औँ केन्द्रीय परिषद्बाट गरेका निर्णयबारे जानकारी गराउँदै वर्गीय र पेशागत सङ्गठनको सक्रियता, पार्टी प्रकाशनको निरन्तरतामा सबै साथीहरूबाट सहयोग आवश्यक भएको बताउनुभयो ।
तीन प्रतिशत मत सीामा खारेज गर्न देशव्यापी दबाबमूलक विरोध कार्यक्रम गर्ने परिषद्ले निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले नेमकिपा काठमाडाँै जिल्लाको छैठौँ जिल्ला सम्मेलन फागुन २३ र २४ गते हुने जानकारी गराउँदै सम्मेलन सफल पार्न सबै साथीहरू सक्रिय हुनुपर्ने बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले पुँजीवादी पार्टीले देश र जनताको सेवा नगर्ने भएकोले समाजवादको उदय भएको बताउनुभयो ।
उहाँले संसद् पुनःस्थापनाले देश थप अस्थिरतातर्फ जाने बताउनुभयो ।
नेमकिपा चन्द्रागिरी नगर समितिका उपाध्यक्ष हरिशरण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा हरिकुमार महर्जन, सानुकाजी महर्जन, विश्वक डंगोल, रोजित महर्जन, रवीन्द्र महर्जनलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *