भर्खरै :

स्तालिनका अङ्गरक्षकको संस्मरण – ७

(स्तालिनका अङ्गरक्षक ए.टी. रेबिनले लेख्नुभएको पुस्तक ‘नेक्स टु स्तालिन नोट्स अफ अ बडीगार्ड’ को पहिलो प्रकाशन रुसी भाषामा सन् १९९२ मा मस्कोको भेटेरान प्रकाशन गृहले गरेको थियो । सो पुस्तकको अङ्ग्रेजी अनुवाद नर्थस्टार कम्पास जर्नलका सम्पादक माइकल लुकासले गर्नुभएको थियो । नर्थस्टार कम्पास जर्नलले नै अङ्ग्रेजी अनुवादको प्रकाशन गरेको थियो । सो पुस्तक स्तालिनको व्यक्तित्व, निजी जीवनका विभिन्न आयाम र स्वभावबारे बुझ्ने सान्दर्भिक कृति हो । स्तालिनबारे पश्चिमा सञ्चारमाध्यमले फैलाइरहेका भ्रम र झूटको खण्डन गर्न यो पुस्तकको पठन उपयोगी हुने देखिन्छ । नेपालकै पनि केही वामपन्थी भनिने नेता र कथित बुद्धिजीवीहरू स्तालिनबारे भ्रममा छन् । पश्चिमा दुष्प्रभारको शिकार बनेका छन् । त्यस्ता पूर्वाग्रह र भ्रमको खण्डन गर्न यसअघि वर्कर्स पब्लिकेसनले नेपाली भाषामा प्रकाशन भएको ‘गोप्य दस्तावेज’ कृति नेपाली बौद्धिक जगतले निकै रुचाए । यो छलफललाई गहकिलो बनाउन आर टी रेबिनको यो पुस्तक मजदुर दैनिकमा धारावाही प्रकाशन गर्दै जाने छ । आशा छ, पाठकहरूको निम्ति यो रुचिकर र जानकारीमूलक हुनेछ–सम्पादक)
सन् १९४२ को वसन्तयाममा हाम्रा डिजाइनरहरूले एउटा नयाँ खालको सैनिक ट्याङ्क बनाए । हामीसँग भनेजति ट्याङ्क नहुँदा लडाइँमा धेरै क्षति भोग्नुपरेको थियो । स्तालिनसहित विज्ञहरू क्रेमलिन ल्याइपु¥याइएको त्यो नमुना ट्याङ्कका कमी कमजोरी र सम्भावित समस्या अनुगमनतिर लाग्नुभयो । उहाँहरूले शत्रुका ट्याङ्कको तुलनामा हाम्रो त्यो ट्याङ्क कस्तो होला भनी लेखाजोखा गर्नतिर लाग्नुभयो । त्यो ट्याङ्क निःसन्देह राम्रो खालको थियो, तर केही कमी कमजोरी भने पक्कै थिए । डिजाइनरले त्यो ट्याङ्क प्रत्येक पटक ३–४ गोला हानिसकेपछि एकपल्ट रोकिने जानकारी दिए । स्तालिनलाई यो कुरा पटक्कै चित्त बुझेन । अनि हातहतियार बनाउने कामका जिम्मेवार जनरललाई ताकेको वस्तुमाथि भनेकै समयमा हमला गर्नसक्ने हतियार भएका जर्मनहरूलाई यस्तो ट्याङ्कले कस्तो असर पार्ला भनी सोध्नुभयो । डिजाइनरलाई स्तालिनको यो कुराले दुःखी तुल्यायो । तर, स्तालिनले उनलाई सोध्नुभयो,“यो कमजोरी सच्याउन कति समय लाग्ला त ?”
“एक महिना त लाग्छ, कमरेड स्तालिन !”
“हामी तपाईंलाई तीन महिनाको समय दिन्छौँ । हामीलाई दुःखी नबनाउनुहोला । लडाइँको मोर्चामा एउटा ट्याङ्कको अत्यन्त खाँचो परेको छ । भिरालोमा गुड्दै गोलाको वर्षा गर्नसक्ने क्षमता भएको ट्याङ्क बनाउनुहोस् । ट्याङ्क कमान्डर सही हुनुहुन्छ । उहाँसँग असहमत नहुनुहोस् । …उहाँ र उहाँका कमरेडहरूको जीवन यही नयाँ ट्याङ्कमा निर्भर छ ।”
त्यहाँबाट स्तालिन गोकी पार्कमा जर्मनहरूबाट कब्जा गरिएका युद्ध सामग्री हेर्न जानुभयो । त्यहाँ उहाँले जनरल ख्मेलनेत्स्कीलाई जर्मनी प्रविधिबाट उपयोग गर्न सकिने केही कुरा छ कि भनी सोध्नुभयो । स्तालिन जहाँ पनि लान सकिने सानो तोपबारे उत्सुक हुनुहुन्थ्यो । के हामीले त्यस्तै तोप वा जर्मनीको भन्दा सुधारिएको तोप डिजाइन गर्न सक्दैनौँ ? हतियार डिजाइनरले त्यस्तो तोप बनाउन कोसिस गर्ने वचन दिए । नभन्दै केही समयपछि चलाउन जान्ने मान्छेसहित एउटा नयाँ हलुका पाङ्ग्रा भएको तोप क्रेमलिनमा ल्याइयो । स्तालिनले फेरि सोध्नुभयो,“तपाईंको विचारमा यो तोप किन राम्रो छ ? ”
“अहँ ¤ कमरेड स्तालिन, यो तोप काम लाग्ने खालको छैन । ओरालो लाग्दा यसबाट गोला हान्न असम्भव हुने गरेको छ”, चलाउने मान्छेले नै त्यसको नराम्रो पक्ष उजागर गरिदिए ।
स्तालिनले यो पटक पनि डिजाइनरलाई अर्को मौका दिनुभयो र पुनःडिजाइन गर्न आग्रह गर्नुभयो ।
यी सबै घटनाक्रमले स्तालिन लडाइँका हरेक पक्षमा निकै उत्सुक र चासो राख्नुहुन्थ्यो भन्ने कुरा देखिन्छ । हो, उहाँ वास्तवमै सबै पक्षमा उत्सुक हुनुहुन्थ्यो । जस्तै सन् १९४३ मा उहाँले आफ्नो ग्रीष्मकालीन आवास ‘डाचा’ खोल्न लगाउनुभयो । त्यहाँ उहाँले कोठाहरू मिलाएर ठूलो कोठा बनाउन लगाउनुभयो । भित्ता र फराकिलो टेबुलमा ठूल्ठूला नक्सा राख्न मिल्ने गरी त्यो कोठालाई ठूलो बनाइएको थियो । उहाँ त्यो कोठामा बसेर नक्साहरूको अध्ययन गर्नुहुन्थ्यो र सैनिक अधिकारीहरूको बैठक आयोजना गर्नुहुन्थ्यो । नक्साको अध्ययन गरेर उहाँ लडाइँका मोर्चामा भइरहेका परिवर्तनबारे गहन अध्ययन गर्नुहुन्थ्यो र आफ्नो बुझाइ नक्साहरूमा लेख्नुहुन्थ्यो । उहाँ कतिबेला आराम गर्नुहुन्थ्यो हामीलाई थाहा पाउन असम्भव थियो । उहाँको कोठामा सधैं बत्ती बलिरहेकै हुन्थ्यो, उहाँ सदैव नक्सामा घोतलिरहनुहुन्थ्यो । लडाइँका मोर्चा कमान्डरहरूसँग लगातार कुराकानी गरिरहनुहुन्थ्यो । कमान्डरहरूसँग लडाइँ मोर्चाको अवस्थाबारे जानकारी लिने र आवश्यक सरसल्लाह दिइरहनुहुन्थ्यो ।
उहाँ आफ्नो ओभरकोटमै सुत्नुहुन्थ्यो र सुत्दा बुट जहिले पनि लगाएकै हुन्थ्यो ।
उहाँ बस्ने ठाउँको भित्तामा लेनिनको तस्वीर जहिल्यै हुन्थ्यो । लेनिनको त्यो तस्वीर सधैँ प्रकाशले चम्किरहेको हुन्थ्यो । जब स्तालिन लडाइँको मोर्चामा जानुहुन्थ्यो वा कुनै सरकारी कामको शिलशिलामा कहीँ जानुहुन्थ्यो, सधैँ लेनिनको सानो प्रतिमा बोकेर जानुहुन्थ्यो ।
त्यो समय तेहरान बैठकको तयारीको बैठक थियो । तेहरानमा सोभियत राजदूतहरूको बैठक बसिएको थियो । ती बैठकहरूमा स्तालिनले चर्चिल र रुजवेल्टलाई दोस्रो मोर्चा खोल्न आह्वान गर्नुभएको थियो ।
तेहरान बैठक सकिएपछि स्तालिनले इरानका राजालाई भेट्नुभयो । हाम्रा नेताको सम्मानमा इरानका राजाले यस्तो उपहार दिनुभएको थियो, त्यो उपहार ओर्लोभ र तुकोभलाई बोकेर गाडीमा ल्याइपु¥याउन धौ धौ भएको थियो ।
तेहरान बैठकपछि स्तालिन स्तालिनग्राड जानुभयो । त्यहाँ उहाँले ध्वस्त सहर देख्नुभयो । त्यहाँ उहाँले सोभियत सेनाले कब्जा गरेका जर्मनी कमान्डर पाउलसका मुख्यालयहरू र जताततै जर्मन टोपी र अन्य युद्धसामग्रीले भरिएका सहरहरूको निरीक्षण गर्नुभयो । ती दृश्य देखेर स्तालिनले लामो श्वास तानेर खुइøया गर्नुभयो । “उफ्, ¤ उनीहरू लडे र यो अवसाद भोग्नुप¥यो । हामीले यो सहरलाई पहिलेभन्दा अझ सुन्दर तरिकाले पुनःनिर्माण गर्नुपर्छ । हाम्रो जनताको साथमा हामीले जस्तोसुकै अप्ठ्यारो काम पनि फत्ते गर्नसक्छौंँ ।”
भग्नावशेषहरूबीच हाम्रो गाडी जाँदै गर्दा हाम्रो गाडी एउटा महिलाले चलाएको गाडीसँग ठोकिन पुग्यो ¤ तिनी महिला चालकले लालसेनाको पोशाक लगाएकी थिइन् । उनले आफ्नो गाडी स्तालिनको गाडीसँग ठोकिएको थाहा पाएर गाडीबाहिर निस्केर रुन पो थालिन् । यो देखेर स्तालिन पनि गाडीबाट बाहिर निस्कनुभयो र उनलाई सजिलो बनाउने प्रयास गर्नुभयो ।
“नरुनुस् । हाम्रो गाडी गोली नपस्ने गाडी हो । तपाईंको गाडी चाँडै नै मर्मत हुनेछ”, स्तालिनले भन्नुभयो ।
केही बेरमा त्यहाँ मिलिसियाहरू आइपुगे । उनीहरू त महिला चालकमाथि झम्टन गए । स्तालिनले तत्कालै उनीहरूलाई रोक्नुभयो ।
“उहाँको केही दोष छैन । उहाँलाई केही नगर्नुस्”, स्तालिनले मिलिसियालाई भन्नुभयो ।
त्यसपछि हामी हाम्रो बाटो लाग्यौँ ।
पत्यार नलाग्न सक्छ, तर फासीवादसँग लडाइँ चलिरहेको बेलामा नै सोभियत कार उद्योगले कारको नयाँ डिजाइन गरेर उत्पादनसमेत गरेको थियो । सन् १९४३ को वसन्तयाममा पोलिटब्युरोका सबै सदस्यहरूले ‘जेडआइएस ११०’ नामको नयाँ कार पाएका थिए । त्यो सवारी साधन ‘भिक्टरी एन्ड मोस्कोवीच’ नामले चिनिन्थ्यो । ती सवारी साधनहरू देखेर स्तालिन निकै खुसी हुनुभएको थियो । त्यसमा बसेर चक्कर लगाएर उहाँले खुसी व्यक्त गर्नुभएको थियो । स्तालिनले सोध्नुभयो,“यसको मूल्य कति हो र ?”
निर्देशकले गौरवका साथ हरेकको ६० देखि ७५ हजार रुबल पर्ने जानकारी दिए ।
“यो त निकै महँगो भयो । अचाक्ली महँगो”, स्तालिनले भन्नुभयो ।
“तै पनि केही छैन । हाम्रा जनताले त्यस्तो युद्धमा जीत हासिल गरे । अब हामी उत्पादनमा भिखारी भएर पक्कै बस्ने छैनौँ । यसको मूल्य घटाउन र यसको पूर्ण क्षमतामा उत्पादन गर्नु । अपुग रकम राज्यले व्यहोर्नेछ”, स्तालिनले थप भन्नुभयो ।
महान् देशभक्तिपूर्ण युद्धको बीचमा यी हलुका खालका कारहरूको उत्पादन थालिएको थियो ।
…………….
सन् १९४१ को अक्टोबर २८ साँझ ४ बजे बोल्शोई थिएटर अगाडि आकाशबाट खसेको एउटा जर्मन बम विस्फोटन भयो । विस्फोटनले तत्कालै थिएटरको अघिल्लो भागलाई क्षतिग्रस्त बनायो । डबु नजिकै बसेको म मुस्किलले जोगिएँ । थिएटरको एउटा छाना उडायो भने थिएटर वरपर हिँडिरहेका धेरै मानिस मारिए । स्तालिनले क्षतिग्रस्त क्षेत्रको भ्रमण गर्नुभयो । अनि अमेरिकी राजदूतलाई भेट्न होटल मेट्रोपोल जानुभयो ।
शत्रुका विमानले लगातार मस्कोमाथि हमला गरिरह्यो । तर डिसेम्बरमा जर्मनहरूले भोगेको पराजयपछि बमबारी अलि कम भयो । बोल्शोई थिएटरको तत्काल पुनःनिर्माण गर्ने निर्णय भयो । वास्तुकारहरूले ध्वस्त भएका थिएटरका अघिल्लो भागका खम्बाहरू जीर्णोद्धार गर्ने वा नगर्ने विषयमा छलफल गर्दै थिए । त्यही खम्बाले थिएटरको अघिल्लो हिस्सा भव्य देखिएको थियो । जीर्णोद्धारको योजना बनाइयो । नक्सा पनि तयार भयो । लघु नमुना पनि बनाइयो । तर, कसैलाई पनि त्यो नयाँ ढाँचा चित्त बुझेन । स्तालिन त्यो नक्सा र ढाँचा निर्माणमा प्रत्यक्षरूपमा संलग्न नभए पनि सबै जना उहाँकै नाम जोडेर भन्थे, “हो त । यो नमुना त राम्रो छैन । जोसेफ भिस्सारिओनोवीच (स्तालिन) ले ठिक्कै भन्नुभएको रहेछ ।”
“हाम्रो इतिहाससँग गाँसिएको त्यो अगाडिका खम्बा किन निकाल्नु र ? त्यसो ग¥यौँ भने हामीलाई इतिहासले कहिल्यै माफी गर्नेछैन ।”
बोल्शोई थिएटर बन्दै गर्दा सांस्कृतिक गतिविधिहरू सबै क्रेमलिनमा गरियो । हरेक सांस्कृतिक कार्यक्रमपछि कलाकारहरू स्तालिनसँग भेट्थे र आफूलाई लागेको विषयमा उहाँसँग छलफल–विमर्श गर्थे । कलाकार र संस्कृतिकर्मीहरूप्रति स्तालिनको कति चासो थियो र उहाँ कति प्रभावकारीरूपमा आफ्ना कुरा राख्नुहुन्थ्यो भन्ने कुरा दर्शाउन म धेरै घटना सुनाउन सक्छु । सबै कलाकारहरूका नाम स्तालिनलाई कण्ठस्थ थियो, उनीहरूका समस्याबारे जानकारी थियो, अनि कमी कमजोरी पनि थाहा थियो । उहाँ कोही पनि कलाकारमा अहम्भाव विकास हुनसक्ने विषयमा सजग हुनुहुन्थ्यो । कदाचित कोही कलाकारमा त्यस्तो खालको अहम् भावना देखिहाले पनि उहाँ मीठो पाराले त्यसलाई दबाएर अन्य कलाकारहरूबीच शान्ति र सद्भाव कायम गर्ने प्रयास गर्नुहुन्थ्यो । उहाँलाई सबै कलाकारहरूको स्वभावगत भावना राम्ररी बुझ्नुहुन्थ्यो ।
सांस्कृतिक कार्यक्रममा सहभागी हुने क्रममा एकआपसमा कुराकानी गरिरहने पार्टी केन्द्रीय समितिका केही सदस्यहरूको त्यस्तो व्यवहार स्तालिन मन पराउनुहुन्नथ्यो । त्यसरी बीचमा खासखुस कुराकानी हुँदा आफूले जस्तो प्रस्तुति गर्नुपथ्र्यो, त्यस्तो दिन नसकेको भनी सोच्ने कलाकारहरू अझ हतासिएर गल्ती गर्नसक्थ्यो । स्तालिन कलाकारहरू र सांस्कृतिक कार्यक्रममा सहभागी बन्दा कति सजग हुनुहुन्थ्यो भन्ने विषयमा अर्को एउटा घटना स्मरण गर्नु उपयुक्त हुन्छ ।
अब्बल कलाकार ए बेशिभ्स्कायाले निकै असहज मानेर र ज्यादै कमजोर तरिकाले गीत गाएको सुनेर स्तालिनले कार्यक्रमपछि उनको स्वास्थ्य अवस्थाबारे चासो राख्नुभएको थियो ।
“अलेक्सान्द्र एन्ड्रेभ्ना, तपाईँ निकै दुब्लाउनुभयो । अनि यारोस्लाभ्नाको रूपमा तपाईँले त निकै बलियो र पुष्ट नायिकाले जस्तो गाउनुपर्ने थियो”, स्तालिनले भन्नुभयो ।
गहभरि आँसु राखेर बेशिभ्स्कायाले ती कठिन युद्धका दिनहरूमा आफु र आफ्नो श्रीमान् बोबकोभसँग सुत्नको लागि एउटा सानो कोठा र खानको लागि मनग्य खाना पनि नभएको दुःखेसो पोखिन् ।
“लौ त्यसो भए हामी बमले क्षति पुगेको तपाईंको आवास जीर्णोद्धार गरिदिन्छौँ । अनि खानको लागि पुग्दो बन्दोबस्त गरिदिन्छौँ । त्यत्ति भएपछि तपाईं राम्ररी गाउन सक्नुहुनेछ”,स्तालिनले भन्नुभयो ।
स्तालिनले उनको अवस्थामा मात्र सुधार गर्नुभएन बरु राज्यले सबै कलाकारहरूको लागि उचित तलब र खानाको बन्दोबस्त गरिदियो ।
सन् १९४३ को अन्त्यसम्ममा बोल्शोई थिएटरका सबै कलाकारहरू कुइबिशेभबाट मस्को फर्किसकेका थिए । सबैको मिलन वास्तवमै उत्साहपूर्ण र उत्सवमय थियो । सोभियत सङ्घको राष्ट्रिय गान बनाउन स्रष्टाहरूबीच प्रतियोगिता आयोजना गरियो । त्यत्तिञ्जेल ‘अन्तर्राष्ट्रिय गीत’ नै सोभियत सङ्घको राष्ट्रिय गान थियो । लाल सेनाले एकपछि अर्को विजय हासिल गर्दै थियो । सँगै भकाभक राष्ट्र निर्माणको काम पनि भइरहेको थियो । राष्ट्रिय गान बनाउने त्यो निकै उपयुक्त समय थियो ।
राष्ट्रिय गान प्रतियोगिताको घोषणापछि स्तालिन, मोलोतोभ, भोरोशिलोभ र मेलिनकोभले विभिन्न देशका राष्ट्रिय गानहरू पनि सुन्नुभयो । पोलिटब्युरोले प्रतियोगिताको लागि दर्ता भएका सबै गान सुन्नुभयो । अन्ततः ए. अलेक्सान्द्रोभको सिर्जना उपयुक्त भएको निष्कर्ष निकालियो । स्तालिनले भन्नुभयो, “यसको सङ्गीत उत्कृष्ट छ । यसले देशभक्तिपूर्ण भावना जगाउनेछ र थप गौरवपूर्ण उपलब्धिको लागि उत्प्रेरित गर्नेछ ।”
अनि उहाँले आफ्नो मधुरो स्वरमा पुरै राष्ट्रिय गीत गाउनुभयो । सोभियत कम्युनिस्ट पार्टी केन्द्रीय समितिका सबै सदस्यहरू चकित र खुसी भए । त्यसपछि सबै जनता मिलेर सोभियत सङ्घको त्यो नयाँ शक्तिशाली राष्ट्रिय गीत गाएर त्यसको शुभारम्भ गरे ।
सन् १९४४ को जनवरी १ को रात सोभियत सङ्घको त्यो राष्ट्रिय गीत पहिलो पटक रेडियो बज्यो । ए. मेलनेक–पाशेभको निर्देशनमा बोल्शोई थिएटरका कलाकारहरूले पहिलो पटक त्यस गीतको सामूहिक गान गाएका थिए । ‘अन्तर्राष्ट्रिय गीत’ लाई भने सोभियत सङ्घको कम्युनिस्ट पार्टीको गानको रूपमा लिइयो ।
पार्टी केन्द्रीय समितिले स्तालिनलाई ‘समाजवादी नायक’ को पदक दिने निर्णय ग¥यो । सबै पञ्चवर्षीय योजना निर्माण आफू सक्रियरूपमा सामेल भएकोले सो निर्णयलाई स्तालिनले स्वीकार्नुभयो । महान् देशभक्तिपूर्ण युद्धमा खेल्नुभएको भूमिकाबापत पार्टी पोलिटब्युरोले स्तालिनलाई सोभियत सङ्घ पदक दिने प्रस्ताव गरेको थियो । यो कुरा सुनेर स्तालिनले तुकोभबाट सुन्नुभएको थियो । यो कुरा सुनेर स्तालिनले भन्नुभयो, “यो त चाटुकारी भयो ! यस्तो पदक त लडाइँको मैदानमा नायकत्व देखाउने सिपाहींहरूलाई मात्र दिइनुपर्छ ! म कहिल्यै पनि हातमा राइफल बोकेर लडाइँको मोर्चामा कहिल्यै पनि लडिनँ र कुनै वीरता पनि देखाएको छैन !”
यसप्रति स्तालिनको असहज भावना बुझेर उहाँलाई सम्झाउन मालेन्कोभलाई पठाउने निधो भयो । तर, मालेन्कोभले पनि निकै असहज मानेर आफ्नो सट्टा पोस्क्रिबेशेभलाई पठाउन प्रस्ताव गरे । पोस्क्रिबेशेभले पनि यो काम गर्न आँट गरेनन् किनभने उनलाई स्तालिन यस्ता ‘देखावा गौरव’ लाई मन नपर्ने कुरा थाहा थियो । त्यो काम स्तालिनका अङ्गरक्षकहरूका कमान्डर ओर्लोभको काँधलाई राखियो । ओर्लोभलाई यो काम सुम्पियो । तर, उनलाई पनि पदक भनेको दिइँदैन र स्तालिनले त्यो कहिल्यै पनि स्वीकार्नु हुन्न भन्ने कुरा राम्ररी बुझेका थिए ।
सन् १९४५ को विजय परेडअघि पार्टी केन्द्रीय समितिले स्तालिनलाई खुसी बनाउन प्रधानसेनापतिको रूपमा विशेष नयाँ पोशाकको डिजाइन गर्ने निर्णय ग¥यो । त्यत्तिबेला अङ्गरक्षकहरूको प्रमुख खालेभ थिए । स्तालिनको लागि डिजाइन गरिएका तीन थरी पोशाकको नमुना उहाँलाई देखाउने जिम्मेवारी खालेभलाई दिइयो । उनले एक जना युवा र हृष्टपुष्ट सिपाहींलाई ती नमुना पोशाक लगाउन दिएर पार्टी केन्द्रीय समिति अघि देखाए । आफ्नो कार्यालयबाट आउनुभएका स्तालिनले जनरलको पोशाक लगाएका ती गठिला युवकलाई नियालेर हेर्नुभयो । पोशाक विभिन्न आभूषण, पदक, सुनका शृङ्गार र सुनका टाकले झकिझकाउ थियो ।
त्यो देखेर स्तालिनले भन्नुभयो, “यो मयुर यहाँ के गरिरहेको छ ?”
“कमरेड स्तालिन ! विजय परेडमा तपाईंले लगाउन प्रस्तावित पोशाकका यी तीन डिजाइन हुन् ।”
स्तालिनले ती सबै प्रस्ताव अस्वीकार गर्नुभयो । सबै पोशाक त्यहाँबाट बाहिर लान भन्नुभयो । उहाँ आफ्नो सामान्य पोशाकमै परेडमा सहभागी बन्नुभयो । लेनिनको स्मारकमा उहाँले सबै पाहुनाको स्वागत गर्नुभयो । माइक्रोफोनमा आफैले ढकढकाउनुभयो । अनि सञ्चार प्रमुख पतापोभतिर फर्केर सोध्नुभयो, “के तपाईं संसारलाई सबै कुरा जानकारी दिन तयारी हुनुहुन्छ ?”
“अँ कमरेड ¤ सिङ्गो संसारलाई सबै कुरा भन्न हामी तयार छौँ”, पतापोभले भने,“संसारभरका यी युद्धप्रेमीहरूलाई सबै कुरा भनिदिनुहोस् ।”
त्यहाँ भेला भएका कलाकारहरूले गाएको सोभियत सङ्घको राष्ट्रिय गान संसारले सुनिरहेको थियो !
सन् १९४५ को जुलाई १६ मा पोस्टडाम सम्मेलनमा भाग लिन स्तालिन बर्लिन पुग्नुभयो । बर्लिनमा स्तालिनको लागि एफिमोभ र ओर्लोभले एउटा सुविधासम्पन्न होटलको बन्दोबस्त गरे । त्यहाँका सबै फर्निचर सुनले मोडिएको थियो । जब स्तालिनले त्यो सब देख्नुभयो, उहाँले तत्कालै ती सबै फर्निचर बाहिर लान भन्नुभयो । तिनको सट्टामा सामान्य खालका फर्निचर ल्याउन भन्नुभयो । उहाँले उनीहरूलाई चाटुकार भनी झपार्नुभयो र आफूप्रति अतिरञ्जनापूर्ण धारणा राखेको भन्नुभयो ।
तर, तीन दिनमा सबै कुरा बदलियो । बेलायतको चुनावमा चर्चिल हारे । एटलीले अझै पनि पदभार ग्रहण गरिसकेका थिएनन् । स्तालिनले चर्चिलको सम्मानमा बिदाइ कार्यक्रम आयोजना गर्नुभयो । स्तालिन नै त्यो कार्यक्रमका सञ्चालक हुनुहुन्थ्यो । कलाकारहरूले बच, विथोवन, मोजार्ट, त्चाइकोभस्कीलगायतका साङ्गीतिक प्रस्तुतिहरू प्रस्तुत गरे ।
स्तालिनले कलाकारहरूलाई आफ्नो प्रस्तुति दोहो¥याउन आग्रह गर्नुभयो । त्यसले एउटा तरङ्ग नै उठ्यो । उहाँले केही कलाकारहरूलाई केही रुसी लोक भाका प्रस्तुत गर्न आग्रह गर्नुभयो । तर, उनीहरू सबै शास्त्रीय विधाका कलाकारहरू भएकाले कसैलाई पनि स्तालिनले भन्नुभएजस्ता रुसी लोक भाका प्रस्तुत गर्न आएन । धन्न जी बारानोभालाई केही आउने रहेछ । स्तालिन आफै बारानोभासँग पियानोको आडमै उभिनुभयो र उनले गाएको सुन्नुभयो । उहाँको खुसी अनुहारमा छचल्किएको थियो । उहाँ सोभियत गीत र भाकाप्रति गौरव अनुभव गर्दै हुनुहुन्थ्यो । सुन्दर प्रस्तुति गरेबापत स्तालिनले बारानोभालाई गुलाबको गुच्छा दिनुभयो ।
नेपाली अनुवाद : बर्बरिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *