भक्तपुर नपा–१ मा विद्यालयस्तरीय फुटसल प्रतियोगिता सम्पन्न
- आश्विन ५, २०८३
भक्तपुर, २९ फागुन । भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तर नगर बुद्धिचाल प्रतियोगिता तथा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शनिबार सुरु भयो । सहिद दिवसको अवसरमा आयोजित खेलकुद प्रतियोगिताको उद्घाटन एक समारोहबीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले गर्नुभएको हो ।
कार्यक्रममा अतिथि बिजुक्छेँले बुद्धिचाल खेल एक प्रकारको वैचारिक लडाइँ हो भन्नुभयो ।
भक्तपुर नपाद्वारा विद्यालयस्तरमा लागू गरिएको स्थानीय पाठ्यक्रममा नागरिक भावना र देशभक्तिपूर्ण पाठहरू समावेश गर्नुपर्ने बताउँदै उहाँले खेलाडीले खेलकुदको माध्यमबाट देशलाई चिनाउने अवसरको रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
बुद्धिचाल खेल बौद्धिक खेल भएको र यसले खेलाडीको मानसिक विकासमा टेवा पु¥याउने बताउँदै अध्यक्ष बिजुक्छेँले खेलकुद मित्रता र शारीरिक स्वस्थताको निम्ति अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
उहाँले भक्तपुर नपाले आयोजना गरेको खेल–खेलको निम्ति मात्र नभई देशको सार्वभौमिकता रक्षाको निम्ति पनि हो भन्नुभयो ।
कार्यक्रमका सभापति एवं भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगर चार दिनसम्म खेलकुदमय हुने बताउँदै प्रतियोगिता व्यवस्थित र अनुशासित ढङ्गले सम्पन्न हुने आशा व्यक्त गर्नुभयो । भक्तपुर नपाले प्रतिकूल अवस्थामा पनि यो वर्ष अन्तर नगर बुद्धिचाल प्रतियोगिता सञ्चालन गरेको बताउँदै उहाँले भक्तपुर नगरलाई बुद्धिचाल खेलमार्पmत चिनाउन र खेलाडीलाई उत्साहित बनाउन यो प्रतियोगिताको आयोजना गरेको बताउनुभयो ।
कार्यक्रममा बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले नयाँ पुस्तालाई भक्तपुरका अग्रज व्यक्तित्व र सहिदहरूको योगदानबारे यथार्थ जानकारी दिनुपर्ने बताउनुभयो । तीस वर्षमा शासक दलहरूले नेपालीको जीवनमा कुनै परिवर्तन ल्याउन नसकेको बताउँदै उहाँले दुर्गम जिल्लामा भोकमरी, अशान्ति, हत्या, हिंसाको समस्या ज्यूँका त्यूँ रहेको बताउनुभयो ।
सांसद गोसाईले युवा विद्यार्थीले देशको राजनीतिलाई अलग्ग राख्न नहुने बताउँदै देशमा अहिले शासक दलका नेताहरूमा नैतिकताको अभाव रहेको बताउनुभयो । उहाँले खेलाडीहरूलाई मित्रवत् एवम् अनुशासित ढङ्गले खेलमा सहभागी हुन खेलाडीलाई आह्वान गर्नुभयो ।
भनपाका उपप्रमुख रजनी जोशीले भनपाद्वारा आयोजित खेल प्रतियोगिताले नगरवासी उत्साहित हुनेमा आशा व्यक्त गर्दै भक्तपुर बुद्धिचाल खेलमा अग्र पङ्क्तिमा रहेको बताउनुभयो । खेलकुद प्रतियोगिता हारजीतभन्दा भाइचारा र सहिष्णुताको लागि खेल्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले खेलकुद प्रतियोगिता र खेलाडी सम्मानले खेलाडीमा उत्साह थपिने र खेल विकासमा टेवा पुग्ने बताउँदै खेलकुद प्रतियोगिताले विद्यार्थीको शारीरिक र मानसिक विकासमा मद्दत पुग्नुका साथै देशको गौरव बढाउने उल्लेख गर्नुभयो ।
नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष एकलाल श्रेष्ठले कोभिडको महामारी कम हुँदै गएको अवस्थामा नेपाल बुद्धिचाल सङ्घले विभिन्न खेल प्रतियोगिताको शुभारम्भ गरिसकेको बताउँदै खेलाडीहरूको बौद्धिक विकासको निम्ति बुद्धिचाल खेलले सघाउने बताउनुभयो ।
उहाँले नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा सर्वाधिक सहभागिता हुने लोकप्रिय खेलको रूपमा बुद्धिचाल रहेको बताउनुभयो ।
कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापाले व्यक्तित्व विकाससँग पनि खेलकुद जोडिएको हुँदा खेलकुदले मानव जीवनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले खेलकुदमा लागेका युवाहरू बिग्रिन्छ भन्ने कथन गलत सावित हुँदै गएको छ भन्दै बौद्धिक खेलमा युवाहरूलाई उत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदिप श्रेष्ठले अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूको व्यक्तित्व विकास तथा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गर्न मद्दत पु¥याउने बताउनुभयो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले प्रतियोगितालाई मित्रताको हिसाबमा लिई खेलमा सहभागी हुन प्रेरित गर्नुभयो । उहाँले विद्यार्थीहरूलाई शिक्षा सँगसँगै खेलकुदमा पनि अगाडि बढाउनु आवश्यक छ भन्नुभयो ।
कार्यक्रममा भनपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने रेफ्रीको तर्पmबाट निरञ्जन प्रजापति र खेलाडीको तर्पmबाट सुमन सुवालले खेललाई अनुशासित र निष्पक्ष ढङ्गले सञ्चालन गर्ने प्रतिबद्धतासहित सपथग्रहण गर्नुभएको थियो ।
अन्तर नगर खेलकुद प्रतियोगिताको उद्घाटन ¥याली भक्तपुर नगरपालिका वडा नं. १ वडा कार्यालय अगाडिबाट सुरु भई भार्वाचो, वंशगोपाल, नासमना, टौमढी, सुकुलढोका, गोल्मढी, इनाचो, दत्तात्रय, सूर्यमढी, च्याम्हासिंह हुँदै माहेश्वरी बैंक्वेटमा पुगी टुङ्गिएको थियो ।
¥यालीमा मूल ब्यानरसहित जनप्रतिनिधि, पूर्वजनप्रतिनिधि, प्लेकार्डसहित सहभागी नगरपालिकाका पदाधिकारी तथा खेलाडीहरू, भनपाका प्रशिक्षार्थीहरू,महिला स्वास्थ्य स्वयम्सेविकाहरू, आत्मरक्षाका प्रशिक्षक, बक्सिङका प्रशिक्षक र प्रशिक्षार्थीहरू, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरू विभिन्न बाजा समूह तथा भनपाका कर्मचारीहरूको सहभागिता थियो ।
२२ वटा नगरपालिकाहरूको सहभागिता रहेको अन्तरनगर बुद्धिचाल तथा विद्यालयस्तरीय प्रतियोगिताका विभिन्न खेल सुरु भएका छन् । प्रतियोगिता चैत ३ गतेसम्म सञ्चालन हुनेछ ।
Leave a Reply