सुकुमवासी र राजनीति
- बैशाख २५, २०८३
यस्तो चमकदमकबीच
तिम्रो दिन, तिम्रो जीवन सजीव बनाउने
यति धेरै प्रश्नहरूबीच
तिमी किन एक्लै छौ मेरो मित्र ?
ती युवाहरू
जो कविता लेख्न र
चर्काचर्की बहस गर्दै हुनुपथ्र्यो
आज किन सडकमा
बटुवाहरूलाई सोध्दै छन्
महाशय ! केही काम पाइन्छ कि ?
ती युवतीहरू
जसको भागमा जीवनका सारा खुसी हुनुपथ्र्यो
उनीहरू किन आज उदास छन् ?
किन निराश निराश छन् ?
तेजिलो प्रकाशको
बाँकी विचार पनि
जब अँध्यारो बादलबाट
छोपिएको हुन्छ
जवाफ हावामा तैरिरहेको छ ।
मेरो मित्र
जसरी हरेक मानिसलाई
दैनिक खाना चाहिन्छ
महिलालाई आफ्नो अधिकार चाहिन्छ
कलाकारलाई चाहिन्छ
रङ र कुची
त्यसरी नै
हाम्रो समयको सङ्कटको लागि चाहिएको छ
एउटा विचार र आह्वान ।
अन्त्यहीन सङ्घर्ष
अनन्त भावना,
सपनामा कैद भएर
यथास्थितिको आकारमा आफ्नो आकार नबदल
बरु संसारलाई आफ्नो लयमा तान
आफूभित्रको सबै ज्ञानलाई आलिंगनमा बेर
घुँडा रगटेर आफ्नो शक्ति नसिध्याऊ
उठ ! गीत, कला र सच्चाइका
सबै गहिराइ नाप ।
(विश्व सर्वहारा वर्गका गुरु कार्ल माक्र्सले रचना गर्नुभएको यो कविता ‘अदर आस्पेक्ट’ अनलाइनमा हिन्दी भाषामा प्रकाशित छ । यसको शीर्षक अनुवादकले राखेका हुन् ।–सम्पादक)
नेपाली अनुवाद :सुमन
Leave a Reply