स्तनपानसम्बन्धी सरोकारवाला निकायहरूलाई अभिमुखीकरण
- बैशाख ३१, २०८३
कालीकोट, २ चैत । १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी कालीकोट जिल्ला समितिको आयोजनामा सोमबार खाडाचक्र नगरपालिकाको प्रतिमा चोकमा जनसभा भयो ।
सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले समाज परिवर्तनको लागि कामदार जनता सङ्गठित भई सङ्घर्षशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “शासक दलहरूले सत्ता स्वार्थको लागि आफ्नो सम्पूर्ण शक्ति खर्च गरिरहेका छन् । आफ्नो सरकार बनेमा भारतको लागि ‘कन्फरटेबल’ हुन्छ भनी भारतीय शासक दलबाट आशीर्वाद पाउने लालसामा उनीहरू छन् ।”
नेपाली जनताको हितमा भन्दा भारतीय शासक वर्गको हितमा शासक दलहरूले काम गरिरहेको उहाँको भनाइ थियो ।
कार्यक्रमका सभापति एवम् पार्टीका केन्द्रीय सदस्य नवराज कोइरालाले नेपाली जनताले समाज परिवर्तनका लागि लामो समयसम्म पटक–पटक सङ्घर्ष गरिरहेको तर अझै पनि जनताले परिवर्तनको अनुभूति गर्न नसकेको बताउनुभयो ।
जनतालाई शासक दलहरूले परिवर्तनको अनुभूति नै दिन नसकेको र नचाहेको उहाँको कथन थियो ।
केन्द्रीय सदस्य कोइरालाले भन्नुभयो, “नेकपा नेताहरू प्रधानमन्त्री र मन्त्री बन्नका लागि आफ्नै नेताहरूको विरोधमा तुच्छ विषवमन गरिरहेको घटनाले नेकपा कम्युनिस्ट पार्र्टी नरहेको जनतामा स्पष्ट अनुभूति भयो ।”
उहाँले भन्नुभयो, “भारतले आफ्नो अनुकूलको नयाँ दलालको खोजी गरिरहेको छ भने सत्तासीन पार्टीहरू भारतीय दलाल बन्ने प्रतिस्पर्धामा छन् ।”
केन्द्रीय सदस्य कोइरालाले नेमकिपाले पुँजीवादी संसद्को क्रान्तिकारी उपयोग गर्दै समाजवादी क्रान्तिलाई अगाडि बढाइरहेको बताउनुभयो ।
नेक्रामहिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले श्रमिक महिला दिवस पुँजीवादी शोषणविरूद्धको सङ्घर्षको अभियान भएको उल्लेख गर्नुभयो ।
नेपाली महिलाहरूलाई चुल्हो–चौका चलाउँदैमा, घाँस–दाउरा गर्दैमा फुर्सद नभएको स्थिति औँल्याउँदै उहाँले अझै पनि महिलाहरूको राजनीतिक मताधिकार पुरुषहरूको नियन्त्रणमा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सत्तासीन दलका नेताहरूले आर्थिक प्रलोभन दिएर, डर–धम्की देखाएर सोझा–सीधा पुरूषहरूमार्फत नेपाली महिलाको मताधिकारमाथि नियन्त्रण गरिरहेका छन्, कामदार जनतालाई ठगिरहेका छन् ।”
सरकारमा गएका पार्टीहरूले युवाहरूलाई रोजगार दिन नसकेको, विद्यालय तथा अस्पतालहरू स्थापना नगरेको र सार्वजनिक उद्योगहरू सञ्चालन गर्न नसकेको हुँदा ती पार्टीहरू कामदार जनताको नभएको प्रमाणित भएको केन्द्रीय अध्यक्ष थापामगरले बताउनुभयो ।
उहाँले जोड दिँदै भन्नुभयो, “कामदार महिलाहरू सङ्घर्षमा होमिएमा जस्तोसुकै तानाशाहले पनि घुँडा टेक्नुपर्ने इतिहासले प्रमाणित गरेको छ ।”
भारतीय विस्तारवादको इसारा र संरक्षणमा माओवादीले सोझा–सीधा नेपाली युवाहरूलाई बलिदानी गराएको उहाँको धारणा थियो ।
केन्द्रीय अध्यक्ष थापामगरले भन्नुभयो, “हिजो समाज परिवर्तनको सपना बोकेर बन्दुक बोकेका महिलाहरू आज जीविकोपार्जनको लागि बाध्य भई जाँड–रक्सी उत्पादन गरिरहेका छन् । हिजो जाँड–रक्सीको भाँडो फुटाउने अभियानमा लागेका युवाहरू आज जाँड–रक्सीमै डुबेका छन् । शासक दलको अकर्मण्यताको कारण देशमा सामाजिक विकृति र अपराध बढिरहेको छ ।”
“बलात्कारी र अपराधीहरूलाई शासक दलहरूले बालुवाटार र सिंहदरबारमा संरक्षण दिइरहेका छन् । बलात्कारी र महिला हिंसाका जघन्य अपराधीहरूलाई फाँसीको सजाय दिइनुपर्छ”, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले पुँजीवादको विकृति – शोषण, दमन, लैङ्गिक हिंसा, भ्रष्टाचारले नेपालमा पनि जरा गाड्दै छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाले संसद् विघटन गरी चुनाव घोषणा गर्नुलाई स्वाभाविक र औचित्यपूर्ण भनी टिप्पणी गर्नु सही विश्लेषण हो । पुँजीवादी प्रजातन्त्रमा संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई हुने गर्छ । निर्वाचन जनतालाई राजनीतिक चेतना दिने विश्वविद्यालय हो । निर्वाचनलाई प्रतिगमन देख्नु राजनीतिक अल्पज्ञान हो ।”
नेमकिपाले पुँजीवादी व्यवस्थाको आधारभूत सिद्धान्तको कुरा गरेको हो, केपी ओलीको समर्थन गरेको होइन, उहाँले बताउनुभयो ।
“नेमकिपा समाजवादी विचारलाई जनतासम्म पु¥याउन चाहन्छ । कामदार जनताको हक स्थापनाको लागि वर्गसङ्घर्षलाई अगाडि बढाउन नेमकिपा क्रियाशील छ । विचारमाथि अङ्कुश लगाउन खोज्नेहरू जनताका मित्र हुनसक्दैनन्”, केन्द्रीय सदस्य ज्याख्वले भन्नुभयो ।
उहाँले स्पष्ट पार्नुभयो, “एमसीसी सम्झौतालाई संसद्बाट अनुमोदन गराउन खोज्ने भ्रष्टाचारी, गुण्डागर्दी र अपराधलाई राजनीतिक संरक्षण गर्ने काम सत्तासीन पार्टीहरूले गरिरहेका छन् । एमसीसी सम्झौता चीनविरुद्ध प्रयोग गर्ने र नेपाललाई रणभूमि बनाउने संरा अमेरिकी षड््यन्त्र हो । अमेरिकी साम्राज्यवाद नेपाललाई उपनिवेश बनाउन खोज्दै छ । युवा शक्तिलाई देशभक्तिपूर्ण आन्दोलन र वर्गसङ्घर्षबाट टाढा राख्दै वैदेशिक रोजगारीको नाममा आधुनिक दास बनाउने षड्यन्त्र शासक दलको हो । युवाहरूलाई विदेशी भूमिमा पसिना बगाउन लगाएर कुनै पनि देश धनी भएको इतिहास छैन ।”
कार्यक्रममा नेक्राशिसङ्घका केन्द्रीय उपाध्यक्ष नरदीप शाही, नेक्रामहिला सङ्घका केन्द्रीय सदस्य रोशनमैँया सुवाल, नेमकिपा कालीकोट जिल्ला समितिका सचिव खड्गराज शाही, रत्ना शाही र धनञ्जय अधिकारीले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो ।
Leave a Reply