काठमाडौँ उपत्यकामा लागूपदार्थको कारोबार बढ्दै !
- बैशाख २८, २०८३
नेपालमा रासायनिक मल कारखाना खोल्ने माग नेपाल मजदुर किसान पार्टीको हो । पार्टी स्थापनाकालदेखि नै नेमकिपाले देशमै रासायनिक मल कारखाना खोल्नुपर्ने माग राख्दै आएको हो । नेमकिपाको भ्रातृ सङ्गठन नेपाल क्रान्तिकारी किसान सङ्घले पनि बरोबर सरकारको ध्यानाकर्षण गर्दै मल कारखाना खोल्न सडक सङ्घर्ष गर्दै आएको हो । कृषिप्रधान देशमा मल कारखाना जरूरी भएरै उक्त कुरा उठाउँदै आएको हो ।
आफ्नै देशमा मल कारखाना नहुँदा बाली लगाउने समयमा मल पुग्दैन । प्राप्त मल कहिले म्याद नाघेको हुन्छ त कहिले तौल पुगेको हुँदैन । मल पठाउँदा मल गुणस्तरीय हो, होइन, तौल पुग्छ पुग्दैन कुनै परीक्षण हुँदैन । यसको कारण उत्पादनमा समस्या हुन्छ, किसानले क्षति भोग्नुपर्ने हुन्छ । खेतीपातीको लागि आवश्यक मल समयमै उपलब्ध होस्, मल गुणस्तरीय होस्, देशको आय बढोस् र विकासमा टेवा पुगोस् भन्ने ध्येयले नेमकिपा र नेक्राकिसङ्घले स्वदेशमै मल कारखाना खोल्न जोड दिँदै आएका हुन् ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मल कारखाना स्थापना गर्ने प्रक्रिया सुरू गर्न निर्देशन दिएको खबर छ । रासायनिक मल कारखाना खोल्न गठित कार्यदलले प्रमसमक्ष प्रतिवेदन बुझाएपछि प्रम ओलीले उक्त निर्देशन दिएका हुन् । यसअघि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा एक तीन सदस्यीय कार्यदल गठन गरेको थियो । सञ्चार माध्यममा आएअनुसार उक्त कारखाना प्राकृतिक ग्यास प्रविधिमा आधारित हुनेछ । अध्ययन समितिले ‘वाटर इलेक्ट्रोसिस प्रविधिको आधारमा पनि मल कारखाना खोल्न सक्ने प्रतिवेदन पेश गरेको छ ।
समितिले पेश गरेको प्रतिवेदन दराजमा थन्काउने होइन । स्वदेशमै प्राप्त स्रोत र साधन अधिकतम प्रयोग गरी सरकारले शीघ्रातिशीघ्र मल कारखाना खोल्न पहल गर्नुपर्छ । मल कारखाना स्थापना भए कृषकहरूको लागि मात्र फाइदा होइन देशकै लागि ठूलो फाइदा हुन्छ या मल कारखाना पनि देशको ठूलो आम्दानीको स्रोत बन्छ । मलमा विदेशीको भर पर्नु पर्दैन । मल कहिले पाउने र नपाउने या ढिलो आउने समस्या हुँदैन । पानीको भण्डार रहेको यो देशमा विद्युतीय शक्ति उपयोग गरी मल कारखाना खोल्नु उपयुक्त हुने जलस्रोतविद् र राजनीतिक विश्लेषकहरूको माग छ । यसका लागि आवश्यक कच्चा पदार्थ पर्याप्त व्यवस्था गर्नुपर्ने हुन्छ । विश्वास छ, सरकारले नेमकिपाको मागबमोजिम छिटोभन्दा छिटो मल कारखाना स्थापना गर्नेछ ।
Leave a Reply