स्तनपानसम्बन्धी सरोकारवाला निकायहरूलाई अभिमुखीकरण
- बैशाख ३१, २०८३
कुनै पनि समाज वा देशलाई आफ्नो अधीनमा ल्याउनु छ भने सबभन्दा पहिले त्यहाँको मौलिक संस्कृतिलाई छिन्नभिन्न बनाइन्छ । आफ्नो संस्कृति गुमाएको समाज पिँध नभएको वस्तुजस्तै हुन्छ । त्यसको कुनै आधार हुँदैन र सजिलै कसैले पनि अधीनमा पार्न सक्छ । अफ्रिकी देशहरूलाई उपनिवेश बनाउन युरोपेली देशहरूले सुरुमा त्यहाँको संस्कृतिमाथि हमला गरेका थिए । जुन दिन अफ्रिकीहरूले आफ्नो संस्कृति त्यागे, त्यही बेलाबाट अफ्रिका उपनिवेश बन्यो । हतियार नचलाएर नै उपनिवेशवादी देशहरूले संसारका विभिन्न देशमाथि कब्जा जमाए ।
उपनिवेश देशहरूमा त्यस्ता मानिसहरूको कमी हुँदैनथ्यो, जो आफूमाथि उपनिवेशवाद लाद्न आएको शक्तिलाई आफूभन्दा अब्बल ठान्थे ।
प्रभुत्ववादी सोचले कुन समाज अब्बल, कुन समाज दुर्बल, कुन समाज होचो र कुन समाज उँचो भन्ने कुराको मापनमा समेत उपनिवेशवादी तरिका अवलम्बन गर्ने गर्छ । कतिसम्म भने उपनिवेशवादी शक्तिले भनेको कुरा मानेर उत्पीडित शक्तिभित्रै एकले अर्कालाई होचो र दुर्बल, असभ्य र जङ्गली देख्ने गर्छ । सभ्यताको लामो कालखण्डमा एकअर्काको परिपुरक बनेका समुदायहरूसमेत आपसमा तल र माथिको खोट लगाएर झगडिने गर्छन् । प्रभुत्ववादको शक्तिले मानिसहरू आफ्नो मौलिक संस्कृति के हो र आयातीत कुरा के हो भन्ने कुरा अलग बनाउनसमेत असमर्थ हुन्छन् । प्रभुत्ववादी चिन्तनलाई नाफाखोर पुँजीपति वर्गले आफ्नो बजार विस्तार र नाफाको लागि उपयोग गर्ने गर्छन् । फलाना देश वा कम्पनीको सामान बलियो र राम्रो भन्ने सोच प्रभुत्ववादकै संस्करण हो ।
उनीहरूको लघुताभासी सोचको कारण उपनिवेशवादी शक्तिहरूका भाषा, साहित्य, विज्ञान, कला, भेषभूषा, गीत–सङ्गीत, रहनसहन नै अब्बल ठान्थे । उपनिवेशवादी शक्तिहरूले उपनिवेश देशका मानिसको दिमागमा शिक्षा, प्रचारमाध्यम, साहित्यमार्फत शासकहरू वास्तवमै आफूभन्दा अब्बल भएको चिन्तन राखिदिन्थे । अनि उत्पीडित जनता त्यसैलाई सत्य ठानेर स्वीकार्थे । इटालीका माक्र्सवादी चिन्तक एन्टोनिओ ग्राम्स्कीले यसलाई ‘प्रभुत्ववाद’ भने । उपनिवेशवादी देशहरूले उत्पीडित देशका धर्मदेखि विश्वविद्यालयका पाठ्यपुस्तकसम्मलाई प्रभुत्ववाद लाद्ने हतियार बनाएका हुन्छन् । यस्तो प्रभुत्ववाद अस्थायी हुँदैन, युगौँ युगसम्म त्यो समाजको जरा–जरासम्म उखेल्नै नसक्ने गरी बसेको हुन्छ । बेलायतीहरूले भारत छोडेर गएको ७० वर्ष बितिसकेको छ । तर, भारतीय चिन्तन प्रणालीमा अझै पनि बेलायती वा पश्चिमा कुरालाई अब्बल र सत्य ठान्ने चिन्तन अझै छँदै छ । भारतीय समाजमा बलियो जरा गाडेको यो प्रवृत्तिबाट नेपाली समाज पनि सङ्क्रमित छ ।
प्रभुत्ववादी सोचले कुन समाज अब्बल, कुन समाज दुर्बल, कुन समाज होचो र कुन समाज उँचो भन्ने कुराको मापनमा समेत उपनिवेशवादी तरिका अवलम्बन गर्ने गर्छ । कतिसम्म भने उपनिवेशवादी शक्तिले भनेको कुरा मानेर उत्पीडित शक्तिभित्रै एकले अर्कालाई होचो र दुर्बल, असभ्य र जङ्गली देख्ने गर्छ । सभ्यताको लामो कालखण्डमा एकअर्काको परिपुरक बनेका समुदायहरूसमेत आपसमा तल र माथिको खोट लगाएर झगडिने गर्छन् । प्रभुत्ववादको शक्तिले मानिसहरू आफ्नो मौलिक संस्कृति के हो र आयातीत कुरा के हो भन्ने कुरा अलग बनाउनसमेत असमर्थ हुन्छन् । प्रभुत्ववादी चिन्तनलाई नाफाखोर पुँजीपति वर्गले आफ्नो बजार विस्तार र नाफाको लागि उपयोग गर्ने गर्छन् । फलाना देश वा कम्पनीको सामान बलियो र राम्रो भन्ने सोच प्रभुत्ववादकै संस्करण हो ।
नेपाली समाजमा प्रभुत्ववाद र सांस्कृतिक हमलाको आरम्भ धेरै अघिबाट भएको भए पनि यतिबेला नेपालको मौलिक संस्कृति क्रमशः छायामा पर्दै गएको अनुभव गरिँदै छ । भाषा, साहित्य, कलादेखि विज्ञानसम्ममा आज नेपालका आफ्ना पौरखलाई हामी पछौटे भन्दै त्याग्दै छौँ भने विदेशी कुरालाई नै अब्बल र सत्य मानेर स्वीकार्दै छौँ । नेपालका विभिन्न जातजातिका भाषा, संस्कृति, विज्ञान, कला, भेषभूषालाई त्याग्दै पराया संस्कृतिलाई अपनाइरहेका छौँ । राज्यसँग यस्ता सांस्कृतिक हमला र प्रभुत्ववादी चिन्तनको प्रतिरोध गर्ने कुनै सोच र सामथ्र्य छैन । टेलिभिजनको पर्दादेखि विश्वविद्यालयको पाठ्यक्रमसम्ममा राज्यले प्रभुत्ववादी चिन्तनलाई फल्न फुल्न दिइरहेको छ । यी विषयमा बहस र छलफल गर्न राज्यका प्राज्ञिक निकायले आवश्यक ठानेका छैनन् । नयाँ पुस्ताले क्रमशः हाम्रो आफ्नो पौरख र विदेशी आयातबीच भिन्नता देख्न छोड्दै छन् ।
प्रभुत्ववादको प्रतिरोध गर्नु र अन्धराष्ट्रवादी वा सङ्कीर्ण राष्ट्रवादी हुनु भने फरक फरक विषय हुन् । अन्धराष्ट्रवाद र सङ्कीर्ण राष्ट्रवादले हामीलाई यथास्थितिमा कैद राख्छ भने प्रभुत्ववादको प्रतिरोधले हामीलाई अघि जाने बाटो देखाउने गर्छ ।
Leave a Reply