भर्खरै :

चिनियाँ कम्युनिस्ट पार्टीको एक सय वर्ष

गत बुधबार चिनियाँ कम्युनिस्ट पार्टीको इतिहासबारे व्याख्यान सुन्दा म निःशब्द भएँ । चिनियाँ जनताले आफ्नो देशको बागडोर आप्mनै हातमा फिर्ता लिएको पनि एक सय वर्ष पुगिसकेछ । चिनियाँ जनताले बाह्य अपमानविरुद्ध लडे, गरिबी निर्मूलन गरे र आत्मसम्मान हासिल गरे ।
सन् १९५४ ताका चीनले एउटा हवाइजहाज, कार र ट्र्याक्टरसमेत बनाउन सक्दैनथ्यो । तर, सन् १९६४ मा उसले आफ्नो पहिलो परमाणु बम विस्फोटन गर्न सफल भयो । सन् २०१० सम्म आइपुग्दा चीन विश्वको दोस्रो ठुलो अर्थतन्त्रको देश बन्यो । आज चीन विश्वकै सबभन्दा ठूलो व्यापारिक मुलुक बनेको छ । सन् २०२० मा विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको महामारीबीच चीनले विश्वप्रति उत्तिकै खुलस्त व्यवहार देखायो । महामारीको समयमा कोरोनासँग लड्ने देशहरूमध्ये उदाहरण पेश गर्न चीन सफल भयो । विश्वमा कोरोना महामारीप्रतिरोधी वस्तु वितरण गर्ने देशहरूमा सबैभन्दा अगाडि चीन नै छ । त्यसैगरी कोरोनाविरुद्धको खोपको विकास र उत्पादनमा पनि चीन तत्पर भएर लागेको छ ।
सन् १९४९ मा चीनका जनवादी गणतन्त्र स्थापना नहुँदासम्म चीनको विकास न्यूनतम थियो । चीन आफै एउटा ठूलो समाज हो । आजको दिनसम्म आइपुग्दा लामो यात्रा पार गरिसकेको छ । चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरूको चीनको विकासमा उल्लेखनीय योगदान छ । पार्टीले आफ्नो काँधमा देश विकास गर्ने जिम्मेवारी रहेको र कुनै पनि हालतमा यो जिम्मेवारीबाट च्युत हुन नहुने कुरा राम्ररी बुझेको छ । चिनियाँ कम्युनिस्ट पार्टी स्थापना हुँदा चीनमा करिब तीन सय वटा राजनीतिक पार्टीहरू थिए । यदि त्यत्तिबेला चिनियाँ कम्युनिस्ट पार्टीले देश र जनताको मुक्ति र चीनलाई समृद्ध र शक्तिशाली देश बनाउन सक्षम नभएको भए सम्भवतः चिनियाँ कम्युनिस्ट पार्टीको अस्तित्व इतिहासमा मात्र सीमित हुने थियो ।
चीनका जनता महान् छन् । चिनियाँ गणतन्त्र स्थापनाको लागि कैयौँ कम्युनिस्ट पार्टीमा सदस्य नभएका व्यक्तिहरूले पनि आफ्नो जीवन दिए । गणतन्त्र स्थापना भइसकेपछि पनि चीनको उद्योग र राष्ट्रिय रक्षा प्रणाली सक्षम बनाउन उपयुक्त ढाँचा तयार गर्न धेरै चिनियाँ जनताले कठिन जीवन बिताए । उत्कृष्ट पार्टी र चिनियाँ जनताको एकीकृत प्रयासले चीन दयनीय परिस्थितिबाट उठ्न सफल भएको छ ।
हामीले आफ्नो जीत र देशले भोगेको कष्टबारे पछाडि फर्केर हेर्दा चीनको विजयको लागि कति रगत आँसु बगेको थाहा हुन्छ । कति मानिसहरूले हाम्रो देशको दुःखान्तको सम्झनामात्रले पनि आक्रोशित र उत्तेजित बनाउन सक्छ ।
तथापि, ठुलठुला जीतहरूले स–साना त्यागको माग गरिरहेको हुन्छ नै । हरेक विषयमा आँसु र हाँसो दुवैको सम्मिश्रण हुन्छ । विजयको पथमा भएको बलिदानलाई याद गरेर बस्नुभन्दा जीतलाई आत्मसात गरेर अगाडि बढ्नुपर्छ ।
विगत एक सय वर्षको अन्तरालमा पश्चिमा देशहरूको चीनप्रतिको दृष्टिकोण फेरिएको छ । पहिले ती देशहरूले चीनलाई हेप्ने गर्थे । तर, अहिले धेरै पश्चिमा देशहरू चीनसँग सहकार्य र प्रतिस्पर्धा गर्दै अघि बढ्दैछन् । कुनै कुनै देशका टकरावपूर्ण टिप्पणीहरूले उनीहरू चीनको भविष्यप्रति आशावादी भएको देखाउँछ । बितेका दिनहरूका आधारमा आफ्नो भविष्य निर्धारण नगरौँ । बरु भविष्यमा हुने विकासको आधारमा भूतलाई निर्धारण गरौं । त्यसपछि हामीले आज कहाँ आएर उभिएका छौँ भन्ने कुरा स्पष्टरूपमा देख्न सक्नेछौँ ।

(लेखक ग्लोबल टाइम्सका सम्पादक हुुनुहुन्छ ।)
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः दिपिका 

Leave a Reply

Your email address will not be published. Required fields are marked *